पुरानो सदरमुकाम उदयपुर गढीदेखि नेपालटार जोड्ने सडक कालोपत्रे गर्ने निर्णय गर्दै उदयपुर गढी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति कार्यक्रम तथा सवा ८० करोडको बजेट पारित गरेको छ।
असार ८ गते सुरु भई १० गते सम्पन्न ‘१५ औँ गाउँ सभा’ ले गाउँपालिकाको आगामी वर्षको नीति कार्यक्रम र बजेट पारित गरेको हो।
गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार अध्यक्ष मानबहादुर केप्छाकी मगरले पेस गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष जीतबहादुर खड्काले प्रस्तुत गरेको बजेट ८० करोड २७ लाख ४४ हजार ५ सय रुपैयाँको बजेट पारित गरेको हो।
गाउँ सभामा अध्यक्ष मगरले वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष खड्काले अनुमानित वार्षिक आयव्यय पेस गरेको र व्यापक छलफल र बहसपछि सर्वसम्मत पारित भएको गाउँपालिकाका प्रवक्ता सहेक विश्वकर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिका अनुसार गाउँपालिकाले पारित गरेको कुल बजेटको ३२.२६ प्रतिशत हिस्सा पुँजीगत र ६७.६४ प्रतिशत चालुतर्फ विनियोजन गरिएको छ।जस अनुसार पुँजीतर्फ २५ करोड ९० लाख २९ हजार विनियोजन गर्दा चालुतर्फ ५४ करोड ३७ लाख १५ हजार ५ सय छुट्याइएको छ।
गाउँ सभाले आर्थिक ऐन २०८० र विनियोजन ऐन २०८० समेत स्वीकृत गरेको विज्ञप्तिमा उल्लेख छ। आगामी वर्षको बजेटमा गाउँ सभाले साना टुक्रे योजनालाई प्राथमिकता बाहिर राख्दै दीर्घकालीन र उपलब्धिमूलक योजनालाई मात्र बढी स्थान दिएर बजेट बाँडफाँड गरेको छ।
कनिका छरेजस्तो ससाना टुक्रे योजनाका कार्यक्रममा जनताले खासै विकासको अनुभूति गर्न नसक्ने भएकाले उपलब्धि र प्रभावकारी नीति कार्यक्रमको कार्यान्वयन गर्न गराउन दीर्घकालीन उपलब्धिका योजनाहरूलाई प्राथमिकता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश राईले बताए।
विगत वर्षहरुमा थुप्रै टुक्रे योजनाहरु सञ्चालन गरिए पनि त्यसको खासै प्रभावकारिता नदेखिएको अनुभवलाई सँगाल्दै आगामी वर्षको बजेटमा ठूला योजनाहरूलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको राईले बताए।
‘विगत वर्षहरुको अनुभवमा टुक्रे योजनाहरुको संख्यामा धेरै भए पनि प्रभावकारी र दीर्घकालीन उपलब्धिमूलक देखिएनन्’ प्रमुख प्रशासकीय अधिकृत राईले भने ‘त्यसैले आगामी वर्षको योजना छनौट गर्दा वडास्तरबाटै दीर्घकालीन उपलब्धि देखिने खालका योजना ल्याउन लगाइएको हो।’
गाउँ सभाले जिल्लाको सबभन्दा पुरानो उदयपुर गढी–नेपालटार खण्डको सडकलाई स्तरोन्नति कालोपत्रे गर्न बजेट विनियोजन गरेको छ। गाउँपालिका अध्यक्ष मगरले गढीदेखि नेपालटारसम्म मदन भण्डारी लोक मार्गसँग जोड्ने ९ किलोमिटर सडकको स्तरोन्नतिसहित कालोपत्रे गर्नका लागि १ करोड बजेट विनियोजन गरिएको बताए।
उनका अनुसार सो सडक कालोपत्रे गर्न संघ र प्रदेश सरकारले समपूरक अनुदान १ करोड ७० लाख बजेटको सुनिश्चित गरेका छन्। संघीय सरकारले १ करोड र प्रदेश सरकारले ७० लाख दिने भए पछि गाउँपालिकाले साझेदारीमा लागत सहभागिता जनाउन १ करोड बजेट छ्ट्याएको अध्यक्ष मगरले बताए। प्रदेश र संघको बजेटमा गाउँपालिकाको साझेदारीबाट ३ करोड बजेटले क्रमगत योजना अन्तर्गत सडकको स्तरोन्नति कालोपत्रे गर्ने गाउँ सभाले निर्णय गरेको मगरले बताए।
सदरमुकाम हुँदा २०२९ सालमै गढीमा जिप पुगेको थियो। गाईघाटमा सदरमुकाम सरेसँगै सम्पूर्ण सरकारी कार्यालयहरु विस्थापित भएपछि बढ्दो बसाइसराइले आबादी पातलिँदा गढी क्षेत्र खण्डहर बन्न पुगेको थियो। तर, ०७३ सालमा स्थानीय तह पुनर्संरचना भएपछि गाउँपालिका केन्द्र कायम गरेसँगै गढी क्षेत्र पुनः गुल्जार बन्दै गएको छ।
पुरानो सदरमुकाम भएकाले मन्दिर, देवल तथा धार्मिक तथा ऐतिहासिक संरचनाहरु रहेको गढी क्षेत्रमा कक्षा १२ सम्मको माध्यमिक विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, हुलाक कार्यालय यथावत् छन्।
०७४ को चुनावपछि गाउँपालिकाले त्यहाँ पुरानो गढीको पुनर्संरचना र पुनः निर्माण गर्दै पर्यटकीय स्थल बनाउने योजना अघि बढाएको छ। साथै गढीमै भ्यु टावर निर्माण गर्नुका साथै ८ वटै वडासँग सडक यातायातको सञ्जाल जोडिँदै गएपछि आउजाउ बाक्लो हुने भए पनि गढीसम्म पुग्ने सडक भने कच्ची र साँघुरो भएकाले आउजाउको समस्या दीर्घकालीन रुपमा टार्न क्रमगत योजना अन्तर्गत भए पनि कालोपत्रे गर्न लागिएको हो।
सुनसरी–चतरा गाईघाट कटारी हुँदै हेटौँडा जोड्ने निर्माणाधीन गौरवको आयोजना मानिएको मदन भण्डारी लोकमार्गले छोएको वडा नं. ६ को नेपाटारदेखि उदयपरगढीसम्म सडकको दूरी ९ किलो मिटर लम्बाईको छ।
स्थानीय राजनीतिक अगुवा बोधकुमार घिमिरेका अनुसार गढीमा गाडी पुर्याउन पुरानो सदरमुकाम हुँदा जनताले कोदालो र झम्पलको सहायताले श्रमदानमा ४ मिटर चौडाइको १८ किलोमिटर सडक ०२३ सालमै खनेका थिए।
सोही सडकलाई गाउँपालिकाले ०७४ देखि हालसम्म मर्मत सुधार गर्दै लाँदा ९ किलोमिटरमा छोटिएको घिमिरेले बताए।