खोटाङको साकेला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आइतबार पेश गरेको झण्डै ३४ करोड बराबरको अनुमानित आयव्यय सर्वसम्मत पारित भएको छ।
‘सु-संस्कृत, संस्थागत र समृद्ध साकेला’ भन्ने नाराका साथ मानेभन्ज्याङस्थित गाउँपालिकाको सभाकक्षमा आयोजित ‘१३ औं गाउँ सभा अधिवेशन’ मा उपाध्यक्ष विर्सिका राईले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र अनुमानित बजेट आवश्यक छलफलपछि पारित भएको हो।
उपाध्यक्ष राईद्वारा प्रस्तुत ३३ करोड ८८ लाख ८१ हजारको अनुमानित बजेटमा गाउँपालिकाले आगामी वर्षका लागि मुख्य आयस्रोतको आधार संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई मानेको छ। जस अनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ७ करोड ११ लाख, राजश्व बाँडफाँड ६ करोड ७९ हजार, सशर्त अनुदान १६ करोड ४१ लाख, समपूरक अनुदान १ करोड ३५ लाख रुपैंया र विशेष अनुदान १ करोड ५० लाख रुपैंया प्राप्त हुने प्रक्षेपण गरिएको छ।
त्यसैगरी अन्य आमदानीतर्फ प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण ४० लाख ९४ हजार, सवारी कर २७ लाख ५३ हजार, सशर्त २९ लाख २५ हजार र पुँजीगत ३८ लाख ३० हजार प्राप्त हुने अनुमान छ। त्यसैगरी गाउँपालिकाले आगामी वर्ष आन्तरिक आम्दानी १५ लाख रुपैंया गर्ने प्रक्षेपण बजेटमा गरिएको छ।
चालु वर्ष २०७९/०८० मा ३७ करोड ७४ लाख ७५ हजारको वार्षिक बजेट कार्यान्वयन गरिरहेको गाउँपालिकाले आगामी वर्षका लागि ३ करोड ८५ लाख ९४ हजार सानो आकारको बजेट पेश गरेको छ। चालु वर्षको बजेट कार्यान्वयनको क्रममा असार ८ गतेसम्म २६ करोड ४७ लाख १८ हजार रुपैयाँ अर्थात् प्रक्षेपित अंकको ६२.४५ प्रतिशत हिस्सा खर्च भइसकेको।
गाउँ सभामा अध्यक्ष रविप्रकाश राईले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउँदा गाउँपालिकाले भर्खरै निर्माण गरेको ‘५ वर्षे आवधिक योजना’ को धरातलमा टेकेर बनाइएको बताए। आवधिक योजनाले निर्दिष्ट गरेका पालिका स्तरीय गौरवका योजनाहरुलाई प्राथमिकता दिएर बनाइएको नीति तथा कार्यक्रम अक्षरशः सफल पार्न सम्पूर्ण साकेलावासी नागरिकमा अनुरोध गर्दै अध्यक्ष राईले आगामी ५ वर्षभित्र जिल्लाको मात्र नभएर प्रदेश र देशकै उत्कृष्ट स्थानीय तहमा गणना गर्न लायक गाउँपालिका बनाउने प्रतिबद्धता जनाए।
अध्यक्ष राईले पर्यटनको विकासमार्फत गाउँपालिकाको आर्थिक, सामाजिक पक्षलाई सबल बनाउँदै लानुपर्ने आवश्यकता अनुसार तावा भञ्ज्याङक्षेत्रमा वृहत् पर्यटन पूर्वाधार विकास गर्ने लक्ष्य अन्तर्गत हाल तावा ताल निर्माणको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भइसकेको बताए। यसै वर्षदेखि सो ठाउँको थप अध्ययन गरी आवश्यक परिमार्जन गर्दै निर्माण कार्य अघि बढाउने योजना रहेको उनको भनाई थियो।
मपारुङ, धन्नेश्वरी गुफा, साकेला पार्क, लामदुवाली र तावा दोभान पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी नीति कार्यक्रममा समेटिउको अध्यक्ष राईको भनाई थियो।
समग्रमा साकेलालाई वृहत् पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आगामी ४ वर्षभित्र नमुना गाउँ गाउँपालिमा रूपान्तरण गर्न आवधिक योजनामा समेटिएका पूर्वाधारहरू निर्माणमा जोड दिइएको उनले बताएका छन्। जसमध्ये गाउँपालिकाको सीमानामा साकेला ट्रेल र सांस्कृतिक ग्राम (कल्चरल भिलेज) निर्माण गर्ने, गाउँपालिकालाई पूर्ण डिजिटल स्थानीय तह बनाउने कार्यलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने वाचा अध्यक्ष राईले गरेका छन्।
पछिल्लो समय सहर केन्द्रित मानसिकताका कारण गाउँबाट बसाई सर्दै बढ्दो बसाई सर्ने क्रमलाई रोक्न अन्यत्र ठाउँबाट साकेलामा बसाई सरेर आउनेहरुलाई प्रोत्साहन दिने कार्यक्रमको घोषणा नीति तथा कार्यक्रममा समेटिएको छ। त्यसका लागि साकेलामा बसाई सरी आउने प्रत्येक परिवारलाई प्रोत्साहन स्वरूप ५ हजार रुपैयाँ दिने नयाँ योजना नीति तथा कार्यक्रममा समेटिएको छ।
यसले गाउँपालिकाको वर्षेनी घट्दो जनसङ्ख्यालाई स्थिर राख्दै आगामी दिनमा वृद्धि भएर सन्तुलन कायम हुन योगदान पुग्ने अपेक्षा अध्यक्ष राईको छ। त्यसैगरी गाउँमै आधुनिक उपकरणसहितको स्वास्थ्य सेवा, घरघरमा रोजगारी, गुणस्तरीय शिक्षा, सडक पूर्वाधारजस्ता सुविधा दिने गरी गाउँपालिका अघि बढ्ने विषय नीति तथा कार्यक्रम र बजेटले समेटेको अध्यक्ष राईले बताएका छन्।
अध्यक्ष राईले साकेलाको गौरवका योजनाहरुलाई पूरा गर्न अध्यक्षको नाताले संघीय सरकार तथा प्रदेश सरकारसँग निरन्तर समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउँदै त्यो सत्कर्ममा साथ दिन सरोकारवाला सबै पक्षसँग आग्रह गरे। उनले गत १२ औं गाउँ सभादेखि १३ औँ सम्म आइपुग्दा समग्र साकेलाको विकास निर्माण प्रक्रियामा प्रत्यक्ष र परोक्ष सहयोग गर्न आवश्यक अमूल्य सुझाव सल्लाह दिने विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बुद्धिजीवी, पत्रकार, नागरिक समाज र समग्र साकेलावासीप्रति आभार प्रकट गरे।
गाउँ सभामा पेश भएको नीति तथा कार्यक्रम र बजेट १० गते नै सर्वसम्मत पारित भएको प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताएका छन्। उनका अनुसार नीति, कार्यक्रम तथा बजेटसँगै उपाध्यक्ष राईले पेश गरेको विनियोजन विधेयक २०८० र आर्थिक ऐन २०८० समेत सोही दिन सर्वसम्मत पारित गरेको छ।