सिक्टालाई बर्सेनि बजेट प्रगति निराशाजनक
२८ जेष्ठ २०८०
•
३ मिनेट पाठ
सिक्टालाई बर्सेनि बजेट प्रगति निराशाजनक
सरकारले आर्थिक वर्ष २०६३/६४ मा आफ्नै लगानीबाट राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्माण कार्य अगाडि बढायो। सुरुको गुरुयोजना अनुसार बाँकेको अगैयास्थित राप्ती नदीमा हेडवर्कस् निर्माण गरी आयोजनाको काम गर्न थालिएको थियो। आयोजना आर्थिक वर्ष २०७०/०७१ मा सम्पन्न हुँदा १२ अर्ब ८० करोड रूपैयाँ मात्र खर्च हुने अनुमान सरकारले गरेको थियो। उक्त गुरुयोजना अनुसार ४२.२५० किमी पश्चिम मूल नहरमार्फत ३३ हजार ७ सय ६६ हेक्टर क्षेत्रफललाई सिञ्चित गर्ने सरकारको लक्ष्य थियोे।  




तोकिएको समयभित्र सम्पन्न नभएपछि संशोधन गरिएको दोस्रो गुरुयोजनामा साढे ५३ किलोमिटर पूर्वी मूल नहर निर्माण गर्ने लगायतका योजना समेटिएको थियो। उक्त नहरबाट राप्तीपारीको ९ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखियो। आयोजनाका शाखा र प्रशाखा नहर निर्माणको काम पनि थप गरियो। संशोधित दोस्रो गुरुयोजना अनुसार २०७६/०७७ भित्र काम सम्पन्न गर्ने गरी आयोजनाको कुल लागत २५ अर्ब २ करोड अनुमान गरियो। उक्त समयअवधि भित्र पनि सरकारले आयोजनाको काम सम्पन्न गर्न सकेन।  

त्यसपछि संशोधित तेस्रो गुरुयोजना अनुसार आर्थिक वर्ष २०८९/९० भित्र काम सम्पन्न गर्न सरकारले ५२ अर्ब ६४ करोड लागत अनुमान गरेको छ। आयोजना निर्देशक रमेशकुमार सिंह अहिले संशोधित तेस्रो गुरुयोजना अनुसार नै काम भइरहेको बताउँछन्। संशोधित तेस्रो गुरुयोजना अनुसार पहिलो चरणको काम सम्पन्न भइसकेको र दोस्रो चरणको काम चलिरहेको सुनाए। ‘पहिलो फेजको काम सम्पन्न भएर दोस्रो फेजको काम चलिरहेको छ, तेस्रो फेजको काम सुरु हुन बाँकी छ,’ उनले भने ‘तेस्रो संशोधित गुरुयोजना अनुसार आयोजनाको अवधि अझै ९ वर्ष बाँकी छ।’

सिक्टालाई चाँडो सम्पन्न गर्ने भन्दै सरकारले बर्सेनि बजेट विनियोजन गर्दै आएको छ तर आयोजना निर्माणको कामले गति लिन सकेको छैन। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि पनि सरकारले सिक्टालाई ८० करोड रूपैयाँ विनियोजन गरेको छ।  

उक्त बजेटमार्फत सिक्टाको पश्चिम मूल नहर मर्मत गर्ने, पूर्वी मूल नहरको ३७ किलोमिटर क्षेत्रसम्म पानी सञ्चालन गर्ने र साढे ५३ किलोमिटर क्षेत्रको निर्माण कार्य सम्पन्न गर्ने सरकारको योजना छ। सरकारले सिक्टालाई बर्सेनि बजेट विनियोजन गरे पनि कार्य प्रगति निराशाजनक देखिएको छ। सिक्टाले ‘पर्याप्त’ मात्रामा बजेट पाउँदा पनि बाँकेका किसान उत्साहित देखिँदैनन्। ‘सरकारले सिक्टालाई हरेक वर्ष बजेट दिएको मात्रै सुनिन्छ तर त्यो बजेट कहाँ–कहाँ खर्च हुन्छ, भौतिक प्रगति नै देखिँदैन,’ बैजनाथ–७ का किसान बिनोद थारुले भने ‘हामी किसानले आशा गरे अनुसार सिक्टाबाट काम हुन सकेन।’

सिक्टाको पश्चिम मूल नहरबाट ५० क्युमेक्स पानी बग्ने क्षमता भए पनि यसअघि परीक्षणका क्रममा २ देखि ४ क्युमेक्स पानी छाड्दा पटक–पटक भत्किएको थियो। राज्यको अर्बौ रूपैयाँ लगानी भएको सिँचाइ नहर पटक–पटक भत्किएपछि तत्कालीन संसदीय समिति, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सिँचाइ मन्त्रालय, विभाग, विदेशी विज्ञ टोली लगायतले लामो समयसम्म अध्ययन तथा अनुसन्धान गरेका थिए।  

लामो अनुसन्धान पश्चात अख्तियारले सिक्टामा साढे आठ अर्ब बराबर भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन आयोजनाका कर्मचारी, ठेकेदार, परामर्शदाता कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले करिब साढे ३ वर्षपछि सबै आरोपीलाई सफाइ दिए पनि अख्तियारले पुनः सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेको छ। उक्त मुद्दा अहिले सर्वोच्चमा विचाराधीन अवस्थामा छ।

एकातिर आयोजनाभित्रको भ्रष्टाचार, अनियमितता र बेथिति अर्कोतिर निर्माण कार्य लम्बिँदै जाँदा सिक्टाप्रति किसानको विश्वास घट्दै गएको देखिन्छ। बाँकेका अधिकांश किसानले सिक्टाबाट पर्याप्त मात्रामा सिँचाइ सुविधा पाउन सकेका छैनन्। ‘सिक्टाको पानी पर्खिंदा पर्खिंदै हाम्रो आधा उमेर गइसक्यो, अझै पानीका लागि कति वर्ष कुर्नुपर्ने होला ?’ डुडुवाका किसान रामकुमार यादवले भने।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४४ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
यो पनि पढौँ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस