१० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने मोदीको प्रतिवद्धता
१९ जेष्ठ २०८०
•
४ मिनेट पाठ
१० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने मोदीको प्रतिवद्धता
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रतिवद्धता जनाएका छन्। नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारका लागि प्रारम्भिक सम्झौता भए पछि भारतीय प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन्।




प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चार दिने भारत भ्रमणको क्रममा बिहीवार दुवै मुलुकका ऊर्जा सचिवले दीर्घकालीन विद्युत् व्यापार(लङटर्म पीपीए) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ।

नेपालका प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपालका ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरे र भारतका ऊर्जा मन्त्री सचिव आलोककुमारले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर गरिएको यो सम्झौता हालसम्म सार्वजनिक भने भएको छैन।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रतिवद्धता जनाएका छन्।
प्रधानमन्त्री दाहालले दुवै मुलुका राष्ट्र प्रमुखले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दीर्घकालीन ऊर्जा व्यापारमा सम्झौता भएको जानकारी दिएका हुन्। ‘यो सम्झौताअनुसार भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्नेछ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी प्रेस वक्तक्यमा भनिएको छ।

भारतीय प्रधानमन्त्री मोदीले पनि १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे। मोदीले दुवै मुलुकका राष्ट्र प्रमुखले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भारतले नेपालबाट ४५० मेगावाट बिजुली आयात गरेको बताउँदै १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने बताए।

प्रधानमन्त्री दाहालले दुवै मुलुका राष्ट्र प्रमुखले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दीर्घकालीन ऊर्जा व्यापारमा सम्झौता भएको जानकारी दिएका हुन्।
सोही भम्रणकै क्रममा नेपालबाट भारत हुँदै बंगलादेशमा ५० मेगावाटसम्मको विद्युत् निर्यात गर्न छिट्टै त्रिपक्षीय सम्झौता हुनेसहमति पनि भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको दौरानमा बिहीवार नयाँ दिल्लीमा तल्लो अरूण जलविद्युत् आयोजनाको पिडिए सम्झौता भएको हो। ६६९ मेगावाटको तल्लो अरूण जलविद्युत् परियोजनाको विकासका लागि परियोजना विकास सम्झौता (पिडिए) भएको छ।

नेपालका प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा परियोजनाको पिडिए सम्झौता भएको हो। लगानी बोर्डका कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट र सतलज विद्युत् निगम (एसजेभिएन) का अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दलाल शर्माले पिडिएको समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

पिडिए सम्झौता अनुसार एसजेभिएन कम्पनीले सो जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुलीको २१ प्रतिशत अर्थात् १४०.९ मेगावाट बिजुली निःशुल्क उपलब्ध गराउनेछ।

लगानी बोर्डको जेठ १४ गते बसेको ५४ औं बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत् परियोजनाको विकास गर्न सतलज विद्युत् निगम तल्लो अरूण पावर डेभलपमेन्ट कम्पनीसँग गर्ने पिडिए सम्झौताको मस्यौदा स्वीकृत गरेको थियो। सो परियोजना निर्माणका लागि आवश्यक पर्ने ९२.६८ अर्ब बराबरको लगानी स्वीकृत गरिसकेको।

नेपालका प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा परियोजनाको पिडिए सम्झौता भएको हो।
बिहीवार नै ४८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी एनएचपीसीले निर्माण गर्ने सम्झौतासमेत भएको छ। दुवै मुलुकका प्रधानमन्त्रीको उपस्थितिमा सो सम्झौता भएको हो। विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद रिजाल र एनएचपीसीका प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका हुन्। यस परियोजनाको लागत ६१ अर्ब ८६ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

यो परियोजनामा भारतीय कम्पनीको ५१ प्रतिशत र विद्युत् उत्पादन कम्पनीको सेयर भने ४९ प्रतिशत रहनेछ। प्रधानमन्त्री दाहालले दुवै मुलुकका प्रधानमन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै तीन महिनाभित्रै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर पूरा गरेर अघि बढ्ने सहमति भएको बताएका छन्।

‘प्रधानमन्त्री मोदीजी र म तीन महिना भित्र डीपीआर पूरा गरेर पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाउन सहमत भयौं,’ प्रम दाहालले भने, ‘यसका लागि हामीले हाम्रा सम्बन्धित अधिकारीहरूलाई द्विपक्षीय छलफललाई तीव्रता दिन निर्देशन दिएका छौं। दुई सरकारले डीपीआर स्वीकृत गरेपछि एक वर्षभित्र कार्यान्वयनको मोडालिटी टुंगिनेछ।’

प्रधानमन्त्री दाहालले दुवै मुलुकका प्रधानमन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै तीन महिनाभित्रै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर पूरा गरेर अघि बढ्ने सहमति भएको बताएका छन्।
प्रधानमन्त्री दाहालले दुवै मुलुका राष्ट्रप्रमुखको भेटमा जलविद्युत् आयोजनाहरूको कार्यान्वयन र अन्तरदेशीय प्रसारण लाइनहरूको निर्माणमा भएको प्रगतिको बारेमा समीक्षा गरेको बताउँदै सहकार्य गरेर अघि बढ्ने बताए। ‘भारतले नेपालबाट ४५२ मेगावाट विद्युत् आयात गरेकोमा म प्रशंसा गर्न चाहान्छु,’ प्रम दाहालले भने, ‘४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित नेपालबाट थप १२०० मेगावाट विद्युत् आयातको स्वीकृतिका लागि प्रधानमन्त्री मोदीजीसँग अनुरोध गर्दछु।’
अर्को समाचार
दुई पेट्रोलियम पाइपलाइन र टर्मिनल बनाउन भारतसँग सम्झौता
१९ जेष्ठ २०८०
•
३ मिनेट पाठ
दुई पेट्रोलियम पाइपलाइन र टर्मिनल बनाउन भारतसँग सम्झौता
फाइल तस्वीर
भारतले नेपालमा दुई पेट्रोलियम पाइपलाइन र एउटा ग्रीन फिल्ड टर्मिनल निर्माण गरिदिने भएको छ। नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न भारतको सिलुगढीदेखि झापासम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन, झापामा ग्रिनफिल्ड टर्मिनल (भण्डारण स्थल) निर्माण गर्न सम्झौता भएको नेपाल आयल निगमले जनाएको छ।




प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र भारतका पेट्रोलियम एवं ग्यास मन्त्री हर्दिप सिंह पुरीले हस्ताक्षर गरे। सम्झौता पत्रमा दुई पाइपलाइन र झापाको टर्मिनल भारतको लगानी र चितवनको लोडरमा ग्रीन फिल्ड टर्मिनल नेपाल आयल निगमको लगानीमा निर्माण गर्ने उल्लेख छ। यो टर्मिनल निर्माणमा इन्डियन आयल कर्पोरेसनले प्राविधिक सहयोग गर्नेछ।

भारतले नेपालमा दुई पेट्रोलियम पाइपलाइन र एउटा ग्रीन फिल्ड टर्मिनल निर्माण गरिदिने भएको छ।
भारतसँगको सम्झौताले इन्धन आपूर्तिमा व्यवस्थित गर्न सघाउ पुग्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले बताए। ‘पाइपलाइन बनेपछि ढुवानीमा खर्च हुँदै आएको अर्बौं रूपैयाँ जोगिन्छ,’ थानीले भने, ‘भण्डारण स्थल निर्माणले इन्धन आपूर्तिमा सहज हुन्छ।’

कुल २६ अर्ब ९३ करोड रूपैयाँका दुई पाइपलाइन र दुई टर्मिनलमा भारतले करिब १७ अर्ब रूपैयाँ लगानी गर्ने भएको छ। दुई देशबीच सम्झौता भएपछि यी सबै परियोजनाको निर्माण भने भारत सरकार स्वामित्वको आइओसीले गर्नेछ।

नेपाल आयल निगम र आइओसीले संयुक्त रूपमा सन् २०२१ मा तयार पारेको प्रतिवेदनअनुसार यी चार परियोजनाको कुल लागत २६ अर्ब ९३ करोड रूपैयाँ रहेको छ। प्रतिवेदन सन् २०२१ मा तयार गरिएकाले मूल्यवृद्धिसँगै लागत बढ्ने अनुमान छ। अमलेखगन्जदेखि लोथरसम्मको ६२ किलोमिटर लामो पाइपलाइन निर्माण लागत २७४ करोड भारु छ।

चितवनको ग्रिनफिल्ड टर्मिनल निर्माणको लागत ६१८ करोड भारु छ। यो टर्मिनल निर्माण खर्च निगमले बेहोर्नेछ। त्यसैगरी ५० किलोमिटर लामो सिलगुढी–झापा पाइपलाइनको लागत २८८ करोड भारु र झापाको टर्मिनल निर्माण लागत ५०२ करोड भारु छ।

नेपाल आयल निगम र आइओसीले संयुक्त रूपमा सन् २०२१ मा तयार पारेको प्रतिवेदनअनुसार यी चार परियोजनाको कुल लागत २६ अर्ब ९३ करोड रूपैयाँ रहेको छ।
यी परियोजनाको आइओसी र निगमले संयुक्त रूपमा अध्ययन गरेका थिए। झापाको इन्धन भण्डारण टर्मिनलको क्षमता ४२ हजार किलोलिटर र लोथर टर्मिनलको क्षमता १ लाख ३ हजार १५० किलोलिटर हुनेछ। निगमको समेत लगानीमा आइओसीले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरेपछि अहिले भारतबाट पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ।

नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन बनाउने विषय डेढ दशकदेखि चल्दै आए पनि २०७६ भदौ २४ गतेदेखि मोतिहारी–अमलेखगन्ज पाइपलाइन सञ्चालनमा आएको हो। पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्दा दर्जनौं फाइदा देखिएपछि निगमले नयाँ पाइपलाइन परियोजना निर्माण गर्न लागेको हो।

पाइपलाइन निर्माणले ढुवानी भाडा बचत हुनुका साथै नेपालमा आउने पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न र चुहावट नियन्त्रणमा सहयोग पुग्छ। पाइपलाइनबाट ल्याउँदा पेट्रोलियम पदार्थ सस्तो हुने, चोरी, चुहावट र मिसावटमा समस्या हुँदैन। तेल ट्यांकर हिँड्दाको ट्राफिक जामको समस्यासमेत हल हुनेछ भने वातावरण प्रदूषणसमेत घट्ने विज्ञहरू बताउँछन्।

नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन बनाउने विषय डेढ दशकदेखि चल्दै आए पनि २०७६ भदौ २४ गतेदेखि मोतिहारी–अमलेखगन्ज पाइपलाइन सञ्चालनमा आएको हो।
सिलगुढी–झापा पाइपलाइनले पूर्वी नेपाल र त्यसमा पनि कोसी प्रदेशमा आपूर्ति व्यवस्थापन गर्न सहज हुन्छ। अहिले सञ्चालनमा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनले मुलुकको माग धान्न नसक्ने भएपछि निगमले पूर्वी भागलाई समेट्ने गरी यो पाइपलाइन निर्माण गर्न लागेको हो।

सिलगुढी–झापा पाइपलाइनमा करिब ३५ किलोमिटर भाग भारत र १५ किलोमिटर भाग नेपालमा पर्छ। भारतले पाइपलाइन निर्माण गरेर आफ्नो धेरै भूभागमा आपूर्तिको व्यवस्था गरिसकेको छ। पाइपलाइन सिलगुढीसम्म पनि जोडिइसकेकाले झापासम्म थप विस्तार गर्न सहज भएको निगमका अधिकारी बताउँछन्। 
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ सेकेन्ड अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस