भरतपुरमा एकीकृत सहरी पूर्वाधार अन्तर्गतका ११ आयोजनाको निर्माण कार्य सुरु
०८ चैत्र २०७९
•
२ मिनेट पाठ
भरतपुरमा एकीकृत सहरी पूर्वाधार अन्तर्गतका ११ आयोजनाको निर्माण कार्य सुरु
भरतपुर महानगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका आयोजनाको निर्माण कार्य सुरु भएका छन्। 




सघन सहरी तथा भवन निर्माण आयोजना अन्तर्गत सञ्चालित ११ वटा आयोजनाको काम सुरु भएका हुन्। एकीकृत सहरी पूर्वाधार निर्माण आयोजना अन्तर्गत सडक कालोपत्रे, नारायणी नदी तट र देवघाट बसपार्क निर्माण रहेका छन्।

यस आयोजना अन्तर्गतका दुई वटा सडकको बुधवार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी छन्। भरतपुर महानगरपालिका २५को विशाल चोक–कुमारी चोक हुँदै देविथान छतले चोकदेखि बेतली खोलासम्मको सडक र भरतपुर महानगरपालिका ९ स्थित काँडा घारी देखि वडा नम्बर ८ को सिमानासम्मको सडक शिलान्यास गरेकी हुन्।  

कार्यक्रममा बोल्दै प्रमुख दाहालले एकीकृत सहरी पूर्वाधार योजना अन्तर्गत दोस्रो प्याकेजका रुपमा भरतपुर महानगरपालिकामा सडक निर्माणका साथै बसपार्क निर्माणका लागि योजना ल्याएको बताएकी छन्। अघिल्लो वर्ष सघन सहरी तथा भवन निर्माण आयोजनाबाट भरतपुरमा दुई अर्बका योजना सुरु भएका थिए। यी आयोजना समपन्नको चरणमा रहेको उनले बताइन्।

दोस्रो प्याकेजका रुपमा शिलान्यास भएका योजनाहरु समयमै सम्पन्न गर्न उनले निर्माण कम्पनीलाई आग्रह समेत गरिन्।

‘यसअघिका निर्माण कम्पनीले पूर्वाधार निर्माणमा ढिलासुस्ती गरेका छन्,’ उनले भनिन् ‘तोकिएकै समयमा काम सम्पन्न गर्न अनुरोध छ।’ 
उनले समयमा काम नसक्ने १४ वटा कम्पनीलाई कारबाही गरेको समेत जानकारी दिइन्। 

एकीकृत सहरी पूर्वाधार निर्माण आयोजना अन्तगतका सबै योजना संघन सहरी तथा भवन निर्माण आयोजनाले एउटै कम्पनीलाई ४१ करोड १९ लाख रुपैयाँमा ठेक्का दिएको छ। आयोजनाका लेखा अधिकृत ओम बहादुर खड्काका अनुसार भरतपुरको महालक्ष्मी, ओम सत्य साई जेभीसंग फागुन १० गते ठेक्का सम्झौता गरिएको हो।

यी योजनाको म्याद २०८१ भदौ ९ गतेसम्म रहेको खड्काले जानकारी दिए। योजना अन्तरगत सडक कालोपत्रे १८ किलोमिटर हुनेछ। त्यसमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिका २५को विशाल चोक–कुमारी चोक हुँदै देविथान छतले चोकदेखि बेतली खोलासम्म सडक कालोपत्रे उनले बताए। त्यहाँ साढे ६ मिटर चौडाइ सहितको ५ किलोमिटर पिच हुनेछ। त्यहाँ सडक नाली सहित कुनै ठाउँमा हिम पाइप राखिने उनले बताए। यस सडकबाट भरतपुर २३, २६ र २७का वडा बासी लाभान्वित हुनेछन्।

त्यस्तै भरतपुर १० स्थित इन्द्रचोक–शान्ति चोकसम्मको २९० मिटर सडक पिच, भरतपुर १२को वसन्त चोकदेखि उत्तर तर्फको सडक, भरतपुर २०को पौडेल चोकको सडक, भरतपुर १३ र १४ स्थित दवाडी चोकदेखि पातल हारा सडक, महेन्द्र चोकदेखि मंगलपुर बजारसम्मको सडक, आदर्शनगर सडक कालोपत्रे हुँदैछ। 

सामुदायिक संरचना अन्तर्गत १ करोड ३४ लाख ७३ हजार रुपैयाँको लगानीमा नारायणी सी ब्याचको आयोजना निर्माण हुँदैछ। आर्थिक पूर्वाधार तर्फ  १ करोड ७५ लाख ८३  करोड लागतमा देवघाटमा बसपार्क निर्माण गर्न लागिएको उनले बताए। 
अर्को समाचार
जनताको चाहना पूरा गर्न एकजुट हौँ :राष्ट्रपति
१७ चैत्र २०८०
•
४ मिनेट पाठ
जनताको चाहना पूरा गर्न एकजुट हौँ :राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्। चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने त्रिशूली नदीमा बनेको पुलको शनिबार उद्घाटन गदैँ उनले देशको समृद्धिको मुख्य आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकाससँगै सुशासनको खाँचो औँल्याए।  




राष्ट्रपति पौडेलले केही भएन होइन,केही भएको छ र केही हुँदैन होइन, केही हुँदैछ भन्ने आश र विश्वासको जगमा नेपाली जनताको समयअनुसारको विकासको चाहना पूरा गर्न सबै एक भएर जुट्नुपर्नेमा जोड दिए। 

लोकतन्त्रप्राप्तिसँगै क्रमशःभएको विकासको गति र त्यसको स्तरोन्नतिलाई यस्ता पूर्वाधारका कामले भविष्यको बृहत्तर विकासको आयामलाई बढावा दिन आशा एवं भरोसा जगाएको उनको भनाइ थियो।  

राष्ट्रपति पौडेलले माथिल्लो जिम्मेवारीमा बसेकाहरुबाट काम सम्पन्न भएको छ कि स्थानीय जनताको मेहनतबाट मात्रै काम सम्पन्न भएको छ भन्ने कुराको अब मूल्याङ्कन गर्नुपर्ने बेला भएको बताए।

‘सरकारले धेरै योजनामा धेरै ठाउँमा धेरै बजेट राखेको छ, तर ती योजना अलपत्र छन्, तर जहाँ स्थानीय जनताले मेहनत गरेका छन्,त्यहाँ मात्रै काम सम्पन्न भएका छन्’,उनले भने,‘त्यसैले अब मूल्याङ्कन हुनुपर्छ कि माथिल्लो जिम्मेवारीमा बसेकाले काम सम्पन्न गरेका छन् कि स्थानीय जनताको मेहनतबाट मात्र काम सम्पन्न भएका छन्।’

ठूलो त्याग, बलिदान र सङ्घर्षबाट हामीले नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले आत्मनिर्भर नेपाली र समृद्धिसहित विकसित आधुनिक नेपाल निर्माण नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुख्य लक्ष्य भएको बताए। ‘सफल राजनीतिक आन्दोलनको कार्यभार पूरा गरेपछि अब हाम्रो ध्यान सुशासन, विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्छ,यसमा कहीँ कतै द्विविधा हुनुहुँदैन’,उनले भने।  

‘म त्यहीँ एजेण्डामा आज पनि उभिएको छु,राष्ट्रपतिमा निर्वाचित भएपछि मैले भनेको पनि छु म राजनीतिमा हात हाल्दिन र विकासबाट टाढा पनि भाग्दिन,अर्थात् देश विकास नै मेरो अभिष्ट तथा अभिभावकीय भूमिका र चाहना हो’,राष्ट्रपति पौडेलले भने। यस अर्थमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई समावेशी,उदार,एकताबद्ध र समन्वयात्मक हुन प्रेरित गर्ने उनको भनाइ थियो।  

उत्पादन,रोजगारी, उद्योगधन्दासहितका आर्थिक क्रियाकलाप र निर्यातमुखी अर्थतन्त्रको विकास समयको माग भएको राष्ट्रपति पौडेलको भनाइ थियो। ‘यस क्षेत्रको  विकासका लागि यो पुल कोसेढुङ्गा सावित हुनसक्छ भन्ने मलाई लाग्छ, किनभने यहीँबाट यस क्षेत्रको व्यवसायीकरणसहित तीव्ररुपमा कृषि उत्पादन अनि त्यसको बजारीकरण, ऊर्जा र पर्यटन क्षेत्रको विकास र विस्तार तथा शालिग्राममार्गलाई कालीगण्डकी करिडोर हुँदै उत्तर दक्षिण जोड्ने एउटा कडी बनाउन सकिने मैले देखेको छु’,उनले भने।

मुलुककै महत्वपूर्ण केन्द्र मानिएको चितवन,नवलपरासी र तनहुँको सङ्गमस्थल पवित्र तपोभूमि देवघाटमा उपस्थित भएर यस क्षेत्रका बासिन्दासँग भेटघाट गर्न पाउँदा आफूलाई खुसी लागेको उल्लेख गदैँ राष्ट्रपति पौडेलले यहाँसम्म आइपुग्दा गर्नुपरेका सङ्घर्ष र अनेक अवरोध तपाईहरूबाट छिपेको छैन भने। 

उनले दामोदर कुण्डबाट बगेर आएको कृष्णा (कालीगण्डकी) र गोसाइँकुण्डबाट बगेर आएको त्रिशूलीजस्ता पवित्र नदीको सङ्गम देवघाटधाम क्षेत्रको व्यापक प्रचार गरी यसलाई राष्ट्रिय गौरवको योजनामा समेटेर यहाँको विकास गर्न आवश्यक भएको धारणा व्यक्त गरे।

‘ऋषिमुनिहरूले तपस्या गरेको यहाँका प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राचीन महत्वको स्थलको संरक्षण र संवद्र्धन गरी सरोकारवालाको सहयोगमा उत्कृष्ट धार्मिक तथा आध्यात्मिक केन्द्र बनाएर विश्वकै ध्यान यसतर्फ केन्द्रित गर्न जरुरी छ,देवघाट धाम, गण्डकी नदी,तीनका सहायक नदीहरू तथा यहाँका विविध क्षेत्रको महत्वबारे परिचित गराउन जरुरी छ’,राष्ट्रपति पौडेलले भने। 

उनले देवघाट क्षेत्र विकास समितिको स्थापनाकालदेखि नै यहाँको समग्र विकासमा आफूले ध्यान दिएको स्मरण गर्दै यसको थप विकासमा पनि सधैँ साथ रहने विश्वास दिए।

राष्ट्रपति पौडेलले यति पवित्र भूमिमा वर्षौंदेखि एउटा झोलुङ्गे पुलको भरमा यस क्षेत्रका वासिन्दा र भक्तजनले आवतजावत गर्नुपर्ने कष्टकर अवस्थाकोे पुल निर्माणसँगै अन्त्य भएको बताए। 

दशक लामो कठिन प्रयत्नपछि बन्दै भत्कँदै बनेको यो केवल एउटा पुल मात्र नभएर यस सेरोफेरोको कृषि, पर्यटन, व्यापार–व्यवसायलगायत विकासको बलियो जग खडा हुनेमा उनले विश्वास व्यक्त बताए।

‘देशविदेशबाट चितवन आउने जोकोहीलाई भरतपुरबाट सहज पहुँचको मार्गप्रशस्त गरेको यस पुलले देवघाटधामको सर्वाङ्गीण विकासको ढोका खोलेको छ,दुई प्रदेश र दुई जिल्ला जोड्ने यो पुल यही क्षेत्र भएर जाने शालिग्राममार्गको प्रस्थान बिन्दु हो’,उनले भने। -रासस
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस