प्राधिकरणको अभियानले विद्युत्लाइन काट्दा गाउँ नै अँध्यारो
२१ मंसिर २०७३
•
५ मिनेट पाठ
प्राधिकरणको अभियानले विद्युत्लाइन काट्दा गाउँ नै अँध्यारो
रमेश गिरी




भक्तपुर-नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाले विद्युत् चोरी गर्ने, मिटर जडान नगरी विद्युत्को प्रयोग गर्ने र कालोसूचीमा रहेकाको विद्युत्लाइन काट्ने अभियान सुरु गरेको छ । विद्युत् चुहावट नियन्त्रण गर्न र बाँकी बक्यौता असुली गर्ने अभियान सुरु गरेको प्राधिकरणले विद्युत्लाइन काट्न थालेपछि सिङ्गो गाउँ नै अध्यारो हुन थालेको छ ।

प्राधिकरणको अभियानअन्तर्गत लाइन काट्न थालेपछि नगरकोट नगरपालिका– ११ र १२ मा पर्ने बेँसीटोलका १०० घरमा विगत नौ दिनदेखि अँध्यारो भएको छ ।

प्राधिकरण भक्तपुर शाखाका प्रमुख विक्रम अमात्यले अत्यधिक हुकिङ गरी विद्युत्चोरी गर्ने गरेको, मिटर नै नहाली विद्युत्को प्रयोग गर्ने गरेको र लामो समयदेखि विद्युत् महसुल नबुझाई कालोसूचीमा परेका ग्राहकको विद्युत् लाइन काटिएको बताए।

उनले भने,“नगरकोटका बेँसी टोलका करिब १०० घरको लाइन काटिएको छ, उनीहरुले कार्यालयमा आएर विद्युत् चुहावट नगर्ने, मिटर जडान गर्ने र महसुल बुझाउने प्रतिबद्धता गर्नुभएको छ, अब केही दिनमै पुनः लाइन सञ्चालन गरिदिन्छौँ ।”

उनका अनुसार कालोसूचीमा रहेका उपभोक्ताले विद्युत् महसुल बुझाउने र मिटर जडानका लागि आवेदन दिएलगत्तै बेँसी टोलमा पुनः विद्युत्लाइन सञ्चालन गरिने भएको छ ।  यता चाँगुनारायण नगरपालिका–१० खोरिया टोल र छापमा करिब १०० घरका काटिएको विद्युत्लाइन प्राधिकरणले नौदिनपछि पुनः सुचारु गरेको छ ।

यस क्षेत्रमा पनि अत्यधिक हुकिङ गरी विद्युत् चोरी गर्ने गरेको, मिटर नै नहाली विद्युत्को प्रयोग गर्ने गरेको र लामो समयदेखि विद्युत् महसुल नबुझाई कालोसूचीमा परेका ग्राहकको विद्युत् लाइन काटिएको थियो ।

लाइन काटिएपछि स्थानीय उपभोक्ताले विद्युत् चोरी नगर्ने प्रतिबद्धता जनाउँदै मिटर जडान गर्न आवेदन दिने र बाँकी महसुल बुझाउन थालेपछि लाइन पुनः सुचारु गरेको शाखा प्रमुख अमात्यले जानकारी दिए।

प्राधिकरण भक्तपुर शाखाले विद्युत् चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत बढी विद्युत् चुहावट हुने क्षेत्र भक्तपुर नगरपालिकाका विभिन्न टोल, नगरकोट, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्रमा आकस्मिक अनुगमन गरी कारबाही गर्ने कार्यलाई तीव्र पारेको छ ।

यसअन्तर्गत हालसम्म विद्युत् चुहावटमा संलग्न रहेकामध्ये ४८ जनालाई कारबाही गरी जरिवाना लगाएको र त्यसमध्ये मङ्सिरमा मात्रै २२ जनालाई कारबाही गरिएको अमात्यले जानकारी दिए।

विद्युत्चोरी गर्ने कारबाहीमा परेकाबाट प्राधिकरणले रु १२ लाख ६४ हजार ७७५ जरिवाना असुल गरेको छ । हालसम्म प्रहरी र प्रशासनको सहयोगमा प्राधिकरणले विद्युत् चुहावटमा प्रयोग भएका करिब ६०० मिटर विभिन्न तार, नौवटा पानी तान्न प्रयोग हुने ठूला पम्प, एकवटा डिस होम, पिठो मिस्ने मेसिनमा प्रयोग हुने मोटर समेत नियन्त्रणमा लिएको छ ।

विद्युत् चुहावट नियन्त्रण अभियानलाई अझै सशक्त बनाउन शाखाले स्थानीय युवा क्लब, राजनीतिक प्रतिनिधि र सामाजिक संस्थासँग समन्वय गर्ने भएको छ ।

हाल भक्तपुरमा ३३ प्रतिशत चुहावटलाई घटाउन सफल भएकोमा क्लबलगायत विभिन्न निकायको साथ लिँदै यस वर्षभित्रमा चुहावटलाई शून्यमा झार्ने उद्देश्य अनुसार काम भइरहेको शाखा प्रमुख अमात्यले जानकारी दिए ।

दिउँसो आफू एक्लै कसैले नचिन्ने गरी विभिन्न क्षेत्रमा गएर चुहावटको अवस्था हेर्ने र त्योलगत्तै टोली मगाएर छापा मार्ने गर्दा अझै प्रभावकारी भएको उनको भनाइ छ । रासस
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस