सहकारीले तिरेनन् स्वरोजगार कोषको ऋण
२८ फागुन २०७९
•
३ मिनेट पाठ
सहकारीले तिरेनन् स्वरोजगार कोषको ऋण
सुर्खेतको गुर्भाकोट नगरपालिकामा रहेको अमरज्योति बहुउद्देश्यीय सहकारी संस्थाले युवा स्वरोजगार कोषबाट सहकारीमा आवद्ध युवाहरूलाई स्वरोजगार बनाउन १० वर्षअघि ५० लाख रूपैयाँ ऋण लियो। सहकारीमा आवद्ध युवाहरूलाई विना धितो दुई लाख रूपैयाँसम्म ऋण दिएर स्वरोजार बनाउने उद्देश्य भए पनि सो अनुसार काम भएन। युवाहरूलाई विना धितो ऋण दिएर स्वरोजगार बनाउने भनिए पनि सहकारीकै अध्यक्ष र केही पदाधिकारीले कोषबाट प्राप्त रकम दुरूपयोग गरे।




चार वर्षभित्र ऋण तिर्ने गरेर सहकारीले कोषबाट ल्याएको ५० लाख ऋण अहिले ब्याजसहित जोड्दा ८० लाख बढी पुगिसकेको छ। मासिक किस्ता र व्याज नबुझाउँदा कोषले ऋण लिँदा राखेको जेथा लिलामीको सूचना निकालिसकेको छ। सहकारीका अध्यक्ष खड्कबहादुर रेग्मी एक वर्षदेखि कोषको  सम्पर्कमा छैनन्।

‘अध्यक्ष वर्ष दिनदेखि सम्पर्कमा हुनुहुन्न,’ कोषका कर्जा असुली सहजकर्ता पार्वती भट्टले भनिन्, ‘उपाध्यक्षलाई सम्पर्क गर्दा ऋण लिएको थाहा छैन् भन्नुहुन्छ।’ कोषका अनुसार अमरज्योतिले २०६९ मंसिरमा ५० लाख रूपैयाँ ऋण लिएको हो।

उक्त ऋण कोषले २०७३ असार मसान्तभित्र तिरिसक्नुपर्ने थियो। ‘ऋण लिएदेखि नै एक किस्ता पनि सहकारीले कोषलाई सावाँ र ब्याज बुझाएन्,’ उनले भनिन्, ‘सहकारीले पुस मसान्तसम्म कोषलाई ८० लाख ५५ हजार १५० रूपैयाँ बुझाउन बाँकी छ।’

सहकारीका उपाध्यक्ष जीतबहादुर घर्ती कोषबाट लिएको ऋण अध्यक्ष रेग्मीले हिनामिना गरेको बताउँछन्। ‘अध्यक्षले कोषबाट लिएको ऋण मात्रै होइन्, शेयर सदस्यले बचत गरेको रकम पनि हिनामिना गरेर सम्पर्कमा छैनन्,’ उनले भने, ‘कोषले सहकारीलाई कालो सूचिमा राखेर सूचना प्रकाशित गरेको छ।’

भेरीगंगा नगरपालिकाको मूलपानी कृषि तथा पशुपालन सहकारी संस्थाले पनि सोही वर्ष कोषबाट ४० लाख रूपैयाँ ऋण लियो। चार वर्षभित्र उसले कोषबाट लिएको ऋणको सावाँ र ब्याज चुक्ता गरिसक्नुपर्ने थियो। युवाहरूलाई स्वरोजगार बनाउन ऋण लगानी गरेको भए असुल भइसक्थ्यो तर सहकारीका पदाधिकारीहरूले उद्देश्य विपरीत कोषबाट लिएको ऋण आफैंले खर्च गरेका छन्। ‘मूलपानीले ४० लाख ३० हजार ९४७ रूपैयाँ तिर्न बाँकी छ,’ उनले भनिन्, ‘हामीले तत्काल कोषको ऋण चुक्ता गर्न ताकेता गरेका छौं, अहिलेसम्म असुल भएको छैन।’

कोषले अमरज्योति, मूलपानी र चिंगाड गाउँपालिकाको चुली कृषि सहकारीलाई कालोसूचीमा राखेर ऋण लिँदा राखिएको अचल सम्पत्तिबाट असुल–उपर गर्ने प्रक्रिया सुरु गरेको छ। कोषका अनुसार चिंगाड गाउँपालिकाको चुली कृषि सहकारीले ४० लाख रूपैयाँ ऋण लिएको छ। उसले कोषलाई २२ लाख २७ हजार ९५९ रूपैयाँ तिर्न बाँकी छ। कोषले १० वर्ष पुगेका ऋणीहरूको अचल सम्पत्तिबाट असुल गर्नका लागि सूचना जारी गरेको छ।

कोषका ऋण असुली सहजकर्ता भट्टका अनुसार ऋण लिएकामध्ये सुर्खेतका तीन वटा सहकारी कालो सूचीमा राखेर सावाँ र ब्याज असुल–उपरको प्रक्रिया सुरु गरिएको बताइन्। ‘१० वर्ष पुगेका तीन सहकारी संस्थालाई कालो सूचीमा राखेर ऋण असुल–उपर गर्ने प्रक्रिया सुरु भएको छ,’ उनले भनिन्, ‘अझै धेरै सहकारीहरूले पनि तोकिएको समयमा सावाँ र ब्याज तिरेका छैनन्।’

भट्टका अनुसार वीरेन्द्रनगरको नागरिक बहुउद्देश्यीय सहकारी संस्था, बराहतालको सोतखोला जडीबुटी बहुउद्देश्यीय सहकारी संस्था, वीरेन्द्रनगरको आदर्श ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था, घरेलु उद्योग सहकारी संस्थालगायतले पनि तोकिएको समयमा सावाँ र ब्याज तिरेका छैनन्।
अर्को समाचार
युवा स्वरोजगार कोष: सहकारी संस्थाले तिरेनन् साँवा र ब्याज
२६ माघ २०७९
•
३ मिनेट पाठ
युवा स्वरोजगार कोष: सहकारी संस्थाले तिरेनन् साँवा र ब्याज
सुर्खेतको गुर्भाकोट नगरपालिकामा रहेको अमरज्योति बहुउद्देश्यीय सहकारी संस्थाले युवा स्वरोजगार कोषबाट सहकारीमा आवद्ध युवाहरुलाई स्वरोजगार बनाउन १० वर्षअघि ५० लाख रुपैयाँ ऋण लियो। सहकारीमा आवद्ध युवाहरुलाई विना धितो दुई लाख रुपैयाँसम्म ऋण दिएर स्वरोजार बनाउने उद्देश्य भएपनि सो अनुसार काम भएन। युवाहरुलाई विना धितो ऋण दिएर स्वरोजगार बनाउने भनिएपनि सहकारीकै अध्यक्ष र केही पदाधिकारीले कोषबाट प्राप्त रकमको दुरुपयोग गरे।




चार वर्षभित्र ऋण तिर्ने गरेर सहकारीले कोषबाट ल्याएको ५० लाख रुपैयाँ ऋण अहिले ब्याजसहित जोड्दा ८० लाख बढी पुगिसकेको छ। मासिक किस्ता र व्याज नबुझाउँदा कोषले ऋण लिँदा राखेको ज्याथा लिलामीको सूचना निकालिसकेको छ। सहकारीका अध्यक्ष खड्कबहादुर रेग्मी एक वर्षदेखि कोषको सम्पर्कमा छैनन्।

‘अध्यक्ष वर्ष दिनदेखि सम्पर्कमा हुनुहुन्न,’ कोषका कर्जा असुली सहजकर्ता पार्वती भट्टले भनिन्, ‘उपाध्यक्षलाई सम्पर्क गर्दा ऋण लिएको थाहा छैन् भन्नुहुन्छ।’ कोषका अनुसार अमरज्योतिले २०६९ मंसिरमा ५० लाख रुपैयाँ ऋण लिएको हो। उक्त ऋण कोषले २०७३ असार मसान्तभित्र तिरिसक्नुपर्ने थियो। ‘ऋण लिएदेखिनै एक किस्ता पनि सहकारीले कोषलाई सावाँ र ब्याज बुझाएन,’ उनले भनिन्, ‘सहकारीले पुस मसान्तसम्म कोषलाई ८० लाख ५५ हजार १५० रुपैयाँ बुझाउन बाँकी छ।’

सहकारीका उपाध्यक्ष जीतबहादुर घर्ती कोषबाट लिएको ऋण अध्यक्ष रेग्मीले हिनामिना गरेको बताउँछन्। ‘अध्यक्षले कोषबाट लिएको ऋण मात्रै होइन, शेयर सदस्यले बचत गरेको रकम पनि हिनामिना गरेर सम्पर्कमा छैनन,’ उनले भने, ‘कोषले सहकारीलाई कालो सुचिमा राखेर सूचना प्रकाशित गरेको छ।’

भेरीगंगा नगरपालिकाको मुलपानी कृषि तथा पशुपालन सहकारी संस्थाले पनि सोही वर्ष कोषबाट ४० लाख रुपैयाँ ऋण लियो। चार वर्षभित्र उसले कोषबाट लिएको ऋणको सावाँ र ब्याज चुक्ता गरिसक्नुपर्ने थियो। युवाहरुलाई स्वरोजगार बनाउन ऋण लगानी गरेको भए असुल भइसक्थ्यो। तर, सहकारीका पदाधिकारीहरुले उद्देश्यविपरित कोषबाट लिएको ऋण आफैले खर्च गरेका छन्। ‘मुलपानीले ४० लाख ३० हजार ९४७ रुपैयाँ तिर्न बाँकी छ,’ उनले भनिन्, ‘हामीले तत्काल कोषको ऋण चुक्ता गर्न ताकेता गरेका छौं, अहिलेसम्म असुल भएको छैन।’  

कोषले अमरज्योति, मुलपानी र चिंगाड गाउँपालिकाको चुली कृषि सहकारीलाई कालोसुचिमा राखेर ऋण लिँदा राखिएको अचल सम्पत्तिबाट असुल–उपर गर्ने प्रक्रिया सुरु गरेको छ। कोषका अनुसार चिंगाड गाउँपालिकाको चुली कृषि सहकारीले ४० लाख रुपैयाँ ऋण लिएको छ। उसले कोषलाई २२ लाख २७ हजार ९५९ रुपैयाँ तिर्न बाँकी छ। कोषले १० वर्ष पुगेका ऋणीहरुको अचल सम्पत्तिबाट असुल गर्नका लागि सुचना जारी गरेको छ।

कोषका ऋण असुली सहजकर्ता भट्टका अनुसार ऋण लिएका मध्ये सुर्खेतका तीन वटा सहकारी कालो सुचिमा राखेर सावाँ र ब्याज असुल–उपरको प्रक्रिया सुरु गरिएको बताइन्। ‘१० वर्ष पुगेका तीन सहकारी संस्थालाई कालो सुचिमा राखेर ऋण असुल–उपर गर्ने प्रक्रिया सुरु भएको छ,’ उनले भनिन्, ‘अझै धेरै सहकारीहरुले पनि तोकिएको समयमा सावाँ र ब्याज तिरेका छैनन्।’  

भट्टका अनुसार वीरेन्द्रनगरको नागरिक बहुउद्देश्यीय सहकारी संस्था, बराहतालको सोतखोला जडिबुटी बहुउद्देश्यीय सहकारी संस्था, वीरेन्द्रनगरको आदर्श ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था, घरेलु उद्योग सहकारी संस्थालगायतले पनि तोकिएको समयमा सावाँ र ब्याज तिरेका छैनन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस