अमरज्योति सहकारीमा बेथिति:९५ लाख लिएर अध्यक्ष बेपत्ता
०२ फागुन २०७९
•
५ मिनेट पाठ
अमरज्योति सहकारीमा बेथिति:९५ लाख लिएर अध्यक्ष बेपत्ता
अमरज्योति बहुउद्देश्यीय सहकारी संस्थाबाट कुखुराको चल्ला लिएर नगद तिरेका स्थानीय आफ्ना गुनासा सुनाउँदै। तस्बिर : नागरिक
सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ गुमीका प्रेमा घर्ती, दिलसरी पुन र मनमाया पुनलाई अमरज्योति बहुउद्देश्यीय सहकारी संस्थाले १० वर्षअघि २०६९ चैतमा सामूहिक कुखुरा पालनका लागि भन्दै ब्रोइलरका २०० चल्ला दियो। चल्ला दिँदा दाना पनि उपलब्ध गराउने, औषधि उपचारसँगै हुर्किएका कुखुरा बिक्रीको ग्यारेन्टी पनि लिने सहकारीले बतायो। पछि वचनअनुसार दाना र औषधि नदिँदा कुखुराका चल्ला मर्न थाले। बचेका केही चल्ला उनीहरूले सहकारीका उपाध्यक्ष जितबहादुर घर्तीको जिम्मा लगाए।




‘सहकारीले चल्ला दिँदा दाना र औषधि उपचार गरिदिन्छौं, ठुलो भएपछि आफैं खरिद गछौं भनेको थियो,’ प्रेमाले भनिन्, ‘सहमतिअनुसार दाना र औषधि नपाइएपछि हामीले १५० जति कुखुरा उपाध्यक्षको जिम्मा लगायौं।’ सात वर्षपछि २०७६ भदौमा सहकारीका अध्यक्ष खड्कबहादुर रेग्मी गाउँ फर्किए। उनले चल्ला लिएकाहरूलाई साँवा र ब्याज बुझाउन ताकेता गर्न थाले। ‘सरकारको पैसा हो, तिरेनौं भने सबैलाई जेल पठाउँछु भनेर धम्की पनि दिए,’ उनले भनिन्, ‘बाध्य भएर लिँदै नलिएको पैसाको साँवा र ब्याज तिर्न बाध्य भयौं।’ प्रेमा, दिलसरी र मनमायाले २०० वटा चल्लाबापत साँवा १ लाख ३ हजार १२५ रूपैयाँ तिरे भने ६ वर्ष ६ महिनाको ब्याजबापत १२ हजार ३२५ रूपैयाँ अध्यक्षलाई बुझाए।

‘उतिबेला ब्रोइलर चल्ला एउटाको २५ रूपैयाँ पथ्र्यो,’ उनले भनिन्, ‘एक महिना पारेर १५० चल्ला फिर्ता गर्दा पनि हामीबाट साँवा र ब्याजसहित सहकारीका अध्यक्ष रेग्मीले १ लाख १५ हजार ४५० रूपैयाँ असुले।’ रेग्मीले कुखुराका चल्ला दिँदा गाउँलेबाट जमिनको लाजपुर्जा पनि लिएका थिए। साँवाब्याज चुक्त गरिसक्दा पनि गाउँलेले लालपुर्जा पाएका छैनन्। गुमीकै दुरपती गुरुङले सहकारीबाट २०७० असारमा ब्रोइलर कुखुराका १०० चल्ला लिइन्। सहकारीले दाना र औषधिको व्यवस्था नगरेपछि उनले पनि उपाध्यक्ष घर्तीलाई नै कुखुरा फिर्ता गरिन्। ६ वर्षपछि गाउँ फर्किएका तिनै अध्यक्ष रेग्मीले दुरपतीबाट १ लाख २९ हजार १९५ साँवा र ३३ हजार २० रूपैयाँ ब्याज असुल गरे। ..

‘कुखुरा दिँदा सहकारीले जग्गाको पुर्जा लिएको थियो, पैसा नदिए बैंकले जग्गा लिलाम गर्ने धम्की दियो,’ दुरपतीले भनिन्, ‘छिमेकीसँग ऋण काढेर २ लाख २२ हजार २१५ रूपैयाँ तिरें।’ अध्यक्ष रेग्मीले ऋण असुल गर्दा युवा स्वरोजगार कोषमार्फत रकम प्राप्त नगर्दै लगानी गरेको भरपाई बनाएका छन्। ‘घरघर आएर तपाईंको साँवाब्याज तिर्नुहोस्, नभए बैंकले जग्गा लिलामी गर्छ भन्दै धम्की दियो,’ दुरपतीले भनिन्, ‘हामीले पैसा देख्नै पाएनौं, ब्रोइलर चल्ला लिएका थियौं, डर र धम्कीले उसले भनेजति रकम ऋण सापट गरेर ति¥यौं।’ उनले मासिक रूपमा सहकारीमा जम्मा गरेको रकम पनि पाइनन्। मासिक ५०० का दरले उनले सहकारीमा ११ हजार रूपैयाँ जम्मा गरेकी थिइन्। पैसा असुल गरेर अध्यक्ष सम्पर्कविहीन भएपछि उनले बचत गरेको रकम पनि पाइनन्। ‘श्रीमान्ले घरखर्च दिएको पैसाबाट सहकारीमा रकम जम्मा गरेकी थिएँ,’ उनले भनिन्, ‘त्यो रकम पनि मैले झिक्न पाइनँ।’

सहकारीका अध्यक्ष रेग्मीले ३८ जनाबाट कुखुरापालन, खुद्रा पसल, बंगुरपालन, भैंसीपालन तथा साना उद्योगमा लगानी गरेको भन्दै ३० लाख ५२ हजार ३२८ साँवा र २० लाख ९८ हजार १९३ ब्याज गरी ५१ लाख ५० हजार ५२१ रूपैयाँ असुल गरिसकेका छन्। सहकारीले १० वर्षअघि युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट तीन किस्ता गरेर ५० लाख रूपैयाँ ऋण ल्याएको थियो। ‘सुरुको र दोस्रो किस्ता आउँदासम्म कृषकहरूलाई नगदै नदिए पनि कुखुरा र बंगुरका चल्लाहरू सहकारीले दिएको थियो,’ स्थानीय जसबहादुर सुनारले भने, ‘तेस्रो किस्ताबापतको २० लाख रूपैयाँ लिएदेखि अध्यक्ष सम्पर्कविहीन भए।’

अध्यक्ष रेग्मीले संस्थाका सेयर सदस्यका नाममा नक्कली हस्ताक्षर गरेर पनि कोषको रकम हिनामिना गरेको देखिन्छ। सहकारीका उपाध्यक्ष घर्तीका अनुसार सेयर सदस्य दलबहादुर खड्का, कल्पना सुनार, हरिमाया पुन, प्रेमबहादुर गुरुङ, डम्बरबहादुर घर्ती र रेशमबहादुर नेपालीका नाममा नक्कली हस्ताक्षर र तमसुक बनाएर ५ लाख ८२ हजार १३५ रूपैयाँ निकासा गरेका थिए।

पदाधिकारीहरूका अनुसार अध्यक्ष रेग्मीले कृषकहरूबाट उठाएको र कोषबाट ऋण ल्याएको सहित ९४ लाख ८१ हजार २५५ रूपैयाँ सहकारीबाट लिएका छन्। ‘कोषबाट लिएको ऋण तिर्ने सर्तमा हामीले कृषकहरूबाट उठेको साँवा र ब्याजसहित सहकारीमा रहेको रकम पनि अध्यक्षको जिम्मा लगाएका हौं,’ उनले भने, ‘अध्यक्षले कोषको साँवा र ब्याज नतिर्दा सहकारीलाई कालोसूचीमा मात्रै राखिएन, सहकारीका पदाधिकारी र सेयरधनी सदस्यहरूको जमिन लिलाम हुने अवस्थामा पुगेको छ।’

कोषका अनुसार अमरज्योति सहकारीले २०६९ मंसिरमा ५० लाख रूपैयाँ ऋण लिएको थियो। उक्त ऋण २०७३ असार मसान्तभित्र तिरिसक्नुपर्ने थियो। अहिले साँवाब्याज गरी ८० लाख ५५ हजार १५० रूपैयाँ पुगेको छ। कोषबाट ऋण लिँदा अध्यक्ष रेग्मीले सहकारीका पदाधिकारी, सेयर सदस्यको जग्गाको लालपुर्जा राखेका थिए। ‘कोषले सहकारीलाई कालोसूचीमा राखेर हाम्रो जग्गाजमिन लिलामी गर्न लागिसक्यो, अध्यक्ष तीन वर्षदेखि सम्पर्कमा छैनन्,’ सहकारीकी सदस्य भूमिसरा फौजाले भनिन्, ‘कोषको पैसा अध्यक्षले चलाए, मारमा पर्ने हामी सोझासाझा भयौं।’

गत चैतमा वडाध्यक्षको उपस्थितिमा बसेको सञ्चालक समिति, सेयर सदस्यसहितको भेलाले सहकारीका अध्यक्ष रेग्मीले कोषबाट रकम लिँदादेखि नै आफूहरूलाई गुमराहमा राखेको भन्दै कारबाही गर्न सरोकारवाला निकायमा पत्राचार गर्ने निर्णय गरेको थियो। भेलाको निर्णयअनुसार उनीहरूले नगरपालिकासहित जिल्ला प्रशासन कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा निवेदन दिएका थिए। ‘कहीँबाट पनि हामीले न्याय पाएनौं,’ उपाध्यक्ष घर्तीले भने, ‘अध्यक्ष पैसा लिएर फरार भए, हामीलाई पैसा तिर्न ताकेता आइरहन्छ।’

कोषका कर्जा असुली सहजकर्ता पार्वती भट्टले १० वर्षसम्म पनि ऋण तथा साँवा नतिरेकाले सहकारीलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको बताइन्। ‘ऋण दिँदा नै सञ्चालक समितिको सम्पत्ति धितो राखिएको हुन्छ,’ उनले भनिन्, ‘१० वर्षसम्म ऋण नतिरेकाले ऋण लिँदा राखिएको धितोबाट असुलउपर गर्ने प्रक्रिया सुरु गरिएको हो।’ कर्जा असुली सहजकर्ता भट्टका अनुसार अध्यक्ष रेग्मी कोषको सम्पर्कमा छैनन्। ‘उपाध्यक्षलाई सम्पर्क गर्दा ऋण लिएको थाहा छैन भन्नुहुन्छ,’ उनले भनिन्, ‘ऋण लिँदा धितो राख्न पुर्जा दिनेले ऋण लिएको थाहा छैन भन्न नसुहाउने हो।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१० घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस