जुम्लाकी हजारीकला कार्की सुर्खेतको वीरेन्द्रनगरमा कोठा भाडामा लिएर बस्छिन्। नातिनातिनासँग बस्दै आएकी कार्कीले वर्षौंदेखि सँगालेर ५० हजार रूपैयाँ जम्मा गरेकी थिइन्। उक्त रूपैयाँ एक वर्षअघि उनले वीरेन्द्रनगरमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा गरिन्।
दमकी बिरामी कार्की आफूले जम्मा गरेको रकम झिक्न एक सातादेखि सहकारीको कार्यालयमा धाइरहेकी छन्। ‘दमको बिरामी छु, सहकारीको कार्यालय रहेको तीन तलामाथि जान र आउन पनि धौधौ हुन्छ,’ हजारीकलाले भनिन्, ‘दिनदिनै आउँछु, रित्तो हात घर फर्किन्छु।’
आकर्षक ब्याज पाउने आशामा सहकारीमा रकम जम्मा गरेकी हजारीकलालाई साँवा पनि नपाइने हो कि भन्ने डर लाग्न थालेको छ। ‘वर्षौं लगाएर जम्मा गरेको पैसा धेरै ब्याज पाइने आशामा सहकारीमा जम्मा गरेकी थिएँ,’ उनले भनिन्, ‘ब्याजको त कुरा भएन, साँवा पाए पनि ठुलो हुन्थ्यो।’ सहकारीका कर्मचारीले भोलि–भोलि भन्दै उनलाई झुलाएको पनि एक साता भइसक्यो। अझै कति दिन आफ्नै पैसा झिक्न सहकारीमा आउजाउ गर्नुपर्ने हो उनलाई पत्तो छैन ।
वीरेन्द्रनगर–४ की सावित्री परियारले पनि एक वर्षअघि सोही सहकारीको मुद्दती खातामा एक लाख रूपैयाँ जम्मा गरिन्। रकम जम्मा गर्दा एक वर्षमा दोब्बर भुक्तानी दिने सहकारीले बताएको थियो। मुद्दती खातामा एक लाख रूपैयाँ जम्मा गरेको एक वर्ष पूरा भएपछि उनी रकम लिन सहकारीको कार्यालय पुगिन्। सहकारीले अहिले पैसा छैन भन्दै सावित्रीलाई पन्छाइरहेको छ।
‘सहकारीका कर्मचारीले एक वर्षमा दोब्बर पैसा पाउनुहुन्छ भनेपछि एक वर्षअघि मुद्दती खाता खोलेर एक लाख रूपैयाँ जम्मा गरेकी थिएँ,’ उनले भनिन्, ‘एक वर्ष पूरा भएपछि पैसा लिन जाँदा अहिले आर्थिक संकट छ भन्दै दिन मानिरहेका छैनन्।’ सावित्री पनि सहकारीमा पैसा लिन धाउन थालेका तीन दिन भयो। पतिले घर खर्च चलाउन दिएको रकम बचत गरेर उनले सहकारीमा जम्मा गरेकी थिइन्। ‘पैसा धेरै भएर सहकारीमा राखेकी होइन, श्रीमान्ले घर खर्च चलाउन दिनुभएको पैसा बचाएर एकमुष्ट एक लाख जम्मा गरेकी हुँ,’ उनले भनिन्, ‘आफ्नै पैसा लिन पनि अहिले धौधौ भइरहेको छ।’ उनले मुद्दती खातासँगै दुई सन्तानका नाममा मासिक बाल बचत गर्दै आइरहेकी छन्। ‘दुई बच्चाको मासिक ६५० रूपैयाँका दरले सहकारीमा जम्मा गर्दै आएकी छु,’ उनले भनिन्, ‘त्यो पैसा पनि १२ हजार पुगेको छ।’
तीन वर्षअघि वीरेन्द्रनगरमा शाखा कार्यालय खोलेको शिवशिखरमा झण्डै छ हजार सर्वसाधारणको बचत छ। सहकारीले विभिन्न सातवटा स्मिकमार्फत सर्वसाधारणबाट निक्षेप जम्मा गर्दै आएको छ। सहकारीको वीरेन्द्रनगर शाखाकी लेखा प्रमुख छवि डाँगीले एकैपटक सेवाग्राही रकम झिक्न आउँदा समस्या भइरहेको बताउँछिन्। ‘सहकारी आर्थिक समस्यामा रहेको भन्ने समाचार आएपछि सयौंको संख्यामा बचतकर्ता एकैपटक रकम झिक्न आउँदा हामीलाई समस्या भइरहेको छ,’ उनले भनिन्, ‘माथिल्लो निकायमा खबर गरेका छौं, निकास आएको छैन।’
वीरेन्द्रनगर शाखामा मात्रै यो सहकारीका २३ जना कर्मचारी छन्। सहकारीले आवधिक बचत, व्यापार धमाका बचत, सुनौलो भविष्य बचत, जीवन अमृत बचत, स्मार्ट बाल उज्ज्वल भविष्य बचत, पेन्सन प्लस बचत र भविष्य सुनिश्चित बचतका नाममा निक्षेप संकलन गर्दै आएको छ। लेखा प्रमुख डाँगीले समय अगावै रकम झिक्नेहरूका कारण समस्या भइरहेको बताइन्। ‘निश्चित समयका लागि फिक्स डिपोजिट गरेकाहरू पनि समय नपुग्दै रकम झिक्न आउँदा अहिलेको समस्या आएको हो,’ उनले भनिन्।
सहकारीले रकम नदिएको भन्दै बचतकर्ताले जिल्ला प्रशासन कार्यालयलाई गुहारेका छन्। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले फोनमार्फत सहकारीका सञ्चालकहरूसँग कुरा गरेका छन्। ‘एक साताभित्र सुर्खेत आएर समस्याको समाधान गछौं भनेर सहकारीका सञ्चालकहरूले भनेका छन्,’ प्रजिअ सापकोटाले भने, ‘गुनासो लिएर आउने सेवाग्राहीलाई पनि एक सातासम्म कुर्र्न भनेका छौं।’ उनले सहकारीले आफ्नो क्षेत्राधिकार बाहिर गएर काम गर्दा र बढी ब्याज पाइने लोभमा बचतकर्ताले बचत गर्दा सहकारी क्षेत्रमा प्रायः समस्या आउने गरेको बताए। भक्तपुरको कौशलटार मुख्य कार्यालय रहेको यो सहकारीका देशभर ३३ भन्दाबढी शाखा छन्।