पहिलो कार्यकाल सकिएसँगै सुस्तायो ‘उदयपुर विकास बोर्ड’
२९ माघ २०७९
•
६ मिनेट पाठ
पहिलो कार्यकाल सकिएसँगै सुस्तायो ‘उदयपुर विकास बोर्ड’
बोर्डले निर्माण गरेको कोभिड अस्पतालमा सञ्चालित तत्कालीन एम्बुलेन्स अहिले थन्किएको अवस्थामा। तस्बिर: महेश्वर।
जिल्लाका स्थानीयतहहरूको आपसी समन्वय र अन्तर स्थानीयतहको समग्र विकास साझेदारीको उद्देश्यले गठित ‘उदयपुर विकास बोर्ड’ ले पाँच वर्ष बिताइसकेको छ।




०७३ को स्थानीय तह पुनर्संरचनापछि ०७४ असारमा सम्पन्न पहिलो स्थानीय तह निर्वाचनबाट विजयी जिल्लाका ४ नगर ४ गाउँपालिकाले समग्र जिल्लाको विकास गर्ने नाराका साथ बोर्ड गठन गरेका थिए।

गाउँ तथा नगरपालिकाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिरका स्थानीयतहहरुसँग अन्तर सम्बन्धित ठुला योजनाहरूको निर्माणमा पहल गर्ने उद्देश्यले गठित बोर्ड त्यस बेला सक्रिय भयो, जति बेला विश्वभर फैलिएको कोभिड १९ कहरले जिल्लालाई आक्रान्त बनायो।

कोभिडको त्रासबाट बाँच्न मास्क, सेनिटाईजर, पिपिईको अभावसँगै क्वारेनटाइन, आइसोलेसन र क्वारेनटाइनमा राखिएकाहरूलाई खाने बस्ने व्यवस्थादेखि सङ्क्रमितलाई उपचार गर्न औषधिको व्यवस्थाका लागि बोर्डको भूमिका खड्कियो।

हरेक स्थानीयतहहरु आ-आफ्नो पालिकावासीलाई बचाउन, सुरक्षित गर्न र उपचारको व्यवस्था मिलाउन व्यस्त थिए। सदरमुकामको नगरपालिका भएकाले त्रियुगामा स्वाभाविक रूपमा सङ्क्रमितहरूको संख्या अन्यको तुलनामा बढ्ने नै भयो। त्यसैले रोकथाम र सुरक्षाको चुनौती पनि उसका अगाडि बढी नै थियो। त्रियुगासँगै अन्य जिल्लासँग सीमा जोडिएका कटारी, चौदण्डी गढी र बेलका नगरपालिका पनि उत्तिकै संक्रमण बढ्ने खतराको सूचीमा थिए।

तत्कालीन त्रियुगा नगरप्रमुख तथा बोर्ड अध्यक्ष बलदेव चौधरीले कोभिडबाट बचाउन आवश्यक सुरक्षा सामग्रीसहित क्वारेनटाइन, आइसोलेसन र सङ्क्रमितहरूको उपचारार्थ औषधि तथा अस्पताल निर्माण गर्न प्रदेश र सङ्घीय सरकारसँग हारगुहार गरे। तर, विश्व नै आक्रान्त भएका बेला बोर्डको कुरा प्रदेश सरकारले सुन्यो न त सङ्घीय सरकारले नै।  कोभिड सङ्क्रमितहरूको संख्या दिनदिनै बढ्दै गइरहेको थियो, नगर र गाउँपालिका प्रमुखहरू हत्तु हैरान भइरहेका थिए।

कोभिड संक्रमण बढ्न नदिन र सङ्क्रमितको उपचार गर्नु अर्को चुनौती आइपरेको बेला सङ्घ र प्रदेशले बेवास्ता गरेपछि जनप्रतिनिधिहरूको दिमागमा ‘उदयपुर विकास बोर्डले आफ्नै पहलमा कोभिड अस्पताल खोल्ने’ उपाय फुराए। जस अनुसार बोर्ड बैठक बोलाइयो र ‘उदयपुरमा कोभिड अस्पताल खोल्ने, त्यसका लागि जिल्लाका ८ वटै स्थानीयतहले लगानी गर्ने।’ निर्णय बमोजिम ४ नगरपालिकाले १५ लाखका दरले ६० लाख तथा गाउँपालिकाले १० लाखका दरले ४० लाख गरी १ करोड जम्मा गरेर उचित ठाउँमा कोभिड अस्पताल निर्माण गर्ने सहमति जुट्यो।

जायज र बस्तुगत प्रस्ताव भएकाले ८ वटै स्थानीयतहले स्वीकार  गरी बजेट निकासा गरे, चौदण्डी गढी नगरपालिका ६ सातधारे बेलटारस्थित निर्माणाधीन सशस्त्र प्रहरी बल बेस क्याम्पस परिसरमा कोभिड अस्पताल निर्माण गर्ने गरी क्वारेनटाइन र आइसोलेसन केन्द्र खडा  गरियो। जसको चाँजोपाँजोको जिम्मा तत्कालीन चौदण्डी गढी नगरप्रमुख खगेन्द्र राईलाई दिइयो। बोर्डले कार्यान्वयन प्रक्रिया अघि बढाउँदै ०७६ को सुरुवातमै अस्पतालको प्रारम्भिक संरचना निर्माण सुरु भयो। प्रदेश र सङ्घीय सरकारको बेवास्ताको उपज देशभर ७७ जिल्लामध्ये उदयपुर पहिलो पटक कोभिड अस्पताल बनाउने जिल्लामा दरियो।

‘एकको थुकी सुकी, सयले थुकी नदी’ भन्ने उखान चरितार्थ गर्दै विकास बोर्डमार्फत स्थानीयतहहरुले गरेको प्रारम्भिक लगानीबाट बेलटारमा कोभिड अस्पतालको पूर्वाधार खडा भयो। स्तरीय क्वारेनटाइन र आइसोलेसन सञ्चालनमा आएपछि जिल्लाका स्थानीयतहका सङ्क्रमितदेखि छिमेकी जिल्लाबाट ल्याइएका बिरामीलाई समेत एकपछि अर्को गरी निको पार्दै पठाउने कामले विकास बोर्डको अर्थ थप प्रष्टिन पुगेको तत्कालीन चौदण्डीगढीका मेयर खगेन्द्र राई बताउँछन्।

स्थानीयतहहरुको १ करोडबाट सुरु कोभिड अस्पतालले प्रभावकारी उपचार गरेको भन्दै दातृ निकाय स्वीस सरकार भवनलाई पूर्णता दिँदै कोभिडविरुद्ध यन्त्र उपकरणका लागि डेढ करोड अनुदान सहयोग गर्ने प्रतिबद्धता जनायो। ०७७/७८ मा प्राप्त उक्त बजेटमा त्रियुगा, चौदण्डी गढी र बेलका नगरले थप १५/१५ लाख र अन्य स्रोतसमेत जुटाएर ४ करोड लागतमा ट्रस प्रविधिको १३ कोठे अत्याधुनिक भवन निर्माण गरेपछि सङ्क्रमितहरूको उपचारमा थप सहजता आएको राईले बताए।

यसरी ४ वर्षे अवधिमा सक्रिय मात्र होइन, अर्थपूर्ण कामसमेत गरेको बोर्ड समितिको कार्यकाल समाप्तिसँगै शून्य गतिविधिमा झरेको जिल्लावासी बताउँछन्। तत्कालीन अध्यक्ष चौधरी कोभिड कहरजस्तो खतरासँग मुकाबिला गर्दै आफ्नो कार्यकाल भरी उत्साहपूर्ण र अर्थपूर्ण काम गरेर बिताएको तर, अहिले बोर्ड के गर्दैछ भन्ने जानकारी नभएको बताउँछन्।

तत्कालीन चौदण्डी गढी नगरप्रमुख राई अघिल्लो कार्यकालमा बोर्डले ऐतिहासिक काम गरेको बताउँदै जनप्रतिनिधिको अवधि सकिएसँगै स्वतः पदीय जिम्मेवारी सकिएकाले नयाँ निर्वाचित जनप्रतिनिधिको काँधमा जिम्मेवारी आएको बताउँछन्। उनले पहिलो कार्यकालमा ठोस् कार्यहरू गरेको बताउँदै अहिलेका जनप्रतिनिधिले पनि चाहे थुप्रै राम्रा र उपलब्धिमूलक कामहरू गर्न सक्ने बताए।

दोस्रो स्थानीय तह निर्वाचनपछि सेलाएको बोर्डलाई त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले पुनः सक्रिय बनाउन लागेको बताएका छन्। पहिलो कार्यकालमा त्रियुगा नगरप्रमुख अध्यक्ष, बेलका नगरप्रमुख सदस्यसचिव तथा कटारी, चौदण्डी गढी नगर प्रमुख र बाँकी ४ गाउँपालिका अध्यक्षहरू सदस्य रहने व्यवस्था रहेको बोर्डमा अहिले समिति नै गठन भइसकेको छैन। मेयर बस्नेतले पहिलेकै जस्तो त्रियुगा नगरप्रमुख भएको नाताले आफै अध्यक्ष भएर काम गर्ने बताए। केही दिनपछि नै सबै पालिका प्रमुखहरूलाई बोलाएर बोर्ड बैठक राख्ने र जिल्लाको जल्दो बल्दो समस्या र सम्भावित योजनाहरू ठोस गरेर बोर्डलाई क्रियाशील बनाउने पनि बस्नेतले बताए।

मेयर बस्नेतले बोर्डलाई उदयपुरका ८ वटै स्थानीयतहलाई आपसी समन्वय र सहकार्य गराउँदै अन्तर पालिकास्तरीय ठुला योजनाहरू सञ्चालन गर्न सङ्घीय सरकार, प्रदेश तथा अन्तर्राष्ट्रिय दातृ निकायसँग स्रोत जुटाउन पहल गर्ने बताएका छन्। उनले छिट्टै बैठक राखेर तत्कालीन र दीर्घकालीन योजना निर्माण गरी बोर्डलाई अघि बढाउने र त्यसका लागि स्थानीयतहहरुको साझेदारीमा काम गर्न आवश्यक कार्यविधि र नियमहरू बनाएर कार्यविधिहरू खोजी गरिरहेको तर, फेला नपरेको उनले बताए। फेला नपरे आवश्यक कार्यविधि बनाएर अघि बढ्ने पनि उनले बताए।

चौदण्डीगढीका पूर्व मेयर राईले अघिल्लो कार्यकालले गरेको सम्पूर्ण गतिविधिहरूको कागजात सुरक्षित रहेको बताएका छन्। खास गरी कोभिड अस्पताल चौदण्डीढीमा निर्माण गरिएकाले बोर्डको गतिविधिका दस्ताबेज र कागजातहरू चौदण्डीगढीमै रहेको हुनसक्ने उनको भनाई छ। ‘बोर्डले गरेका सबै गतिविधिहरूको प्रमाण, कागजात र दस्ताबेजहरू सुरक्षित छन्’ पूर्व मेयर राईले भने ‘समिति गठनदेखि बैठक निर्णय, कामको प्रगति विवरणलगायत सबै दस्ताबेज सुरक्षित छन्। कोभिड अस्पताल चौदण्डी गढीमा निर्माण भएकाले कागजातहरू पनि यहीँ हुनसक्छ।’

मेयर बस्नेतले एउटा मात्र स्थानीयतहले गर्न नसक्ने खालका ठुला र बहु आयामिक योजनाहरू निर्माणमा बोर्डलाई उपयोग गर्ने बताएका छन्। ठुला लगानी र दूरगामी उद्देश्य बोकेका दीर्घकालीन योजनाहरू जस्तै जिल्लाको ऐतिहासिक, पर्यटकीय, धार्मिक तथा सांस्कृतिक र भौतिक पूर्वाधार निर्माणका योजनाहरू बोर्डमार्फत गरिने उनको भनाई छ। त्यसका लागि आफूले खाका बनाइसकेको भन्दै उनले सो खाकालाई कार्यान्वयन गर्न बोर्डलाई सक्रिय गराउने बताए।
अर्को समाचार
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
९ मिनेट अघि
•
१ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
मुस्ताङ। नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य सुरु हुनसकेको छैन।




विसं २०७९ फागुनमा कोरलानाका क्षेत्रमा भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्टलगायतका संरचना निर्माण गर्ने उद्देश्यले सरकारले डिपिआर सर्भे गरेको थियो। त्यसअघि नै नाकाको नेपालतर्फ करिब एक हजार रोपनी जग्गा भन्सारलगायतका संरचना निर्माणका लागि नेपाल सरकारका नाममा प्राप्ति गरिएको थियो।

चीनसँगको व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले गरिएको सर्भे दुई महिनासम्म सञ्चालन भएको थियो। सो क्रममा प्रस्तावित पूर्वाधार निर्माणस्थलको भौगर्भिक अवस्था र माटो परीक्षणसमेत गरिएको थियो। तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास समितिको योजनाअनुसार भन्सारसहितका आवश्यक संरचना निर्माणका लागि डिपिआर तयार गरिएको थियो।

सितारा इन्टुसीप–फुलराइट जेभीले रु एक करोड लागतमा ठेक्का सम्झौता गरी डिपिआर सर्भे सम्पन्न गरेको थियो। प्रतिवेदन सरकारलाई बुझाइएको लामो समय बितिसक्दासमेत पूर्वाधार निर्माणको काम सुरु नहुनु दुखद भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए।

चीनसँग सीमा जोडिएका नाकामध्ये कोरलानाका महत्वपूर्ण वैकल्पिक व्यापारिक नाकाका रूपमा स्थापित भइसके पनि आवश्यक पूर्वाधार नहुँदा निकासी तथा पैठारी व्यापार व्यवस्थापन र पारवहन नाकाका रूपमा विकास गर्न समस्या भइरहेको अध्यक्ष विष्टको भनाइ छ।

नेपाल–चीन उत्तरी कोरलानाका उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरिएको तीन वर्ष भइसकेको छ भने वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालनमा आएको पनि दुई वर्ष बितिसकेको छ। गत वर्ष यस नाकाबाट रु छ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको थियो। चालु आर्थिक वर्षको पहिलो चार महिनामै रु १२ अर्बभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ।

पछिल्लो समय कोरलानाकाबाट दैनिक ६० देखि ७० वटासम्म कन्टेनर र करिब १०० विद्युतीय गाडी नेपाल भित्रिने गरेका छन्। तर, आवश्यक भौतिक पूर्वाधार नहुँदा नाकाको सञ्चालन तथा सवारी व्यवस्थापनमा समस्या देखिएको छ।

तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा बन्द रहेको अवस्थामा नेपाल–चीन जोड्ने कोरलानाकामा व्यापारिक चहलपहल बढेको छ। बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै दैनिक सयौँ कन्टेनर तथा विद्युतीय सवारीसाधन आवतजावत गरिरहेका छन्। नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि लोमान्थाङ–४ न्हेचुङस्थित भन्सार यार्डमा कन्टेनर र विद्युतीय सवारीको चाप बढेको छ। सडकका तीन लेनसम्म ढाकिने गरी कन्टेनर पार्किङ गर्दा कोरलानाका जाने मुख्य सडकमा यातायात आवागमन प्रभावित हुने गरेको छ।

सुक्खा बन्दरगाह नहुँदा कन्टेनर सडकमा अव्यवस्थित रूपमा रोक्नुपर्ने अवस्था रहेको र विद्युतीय गाडीसमेत खोला किनार तथा भिरको छेउमा असुरक्षित रूपमा राख्नुपर्ने बाध्यता रहेको बिवाइडी गाडी आयातकर्ता साइमेक्स इङ्कका प्रतिनिधि धर्मवीर मण्डलले बताए। नाकामा आवश्यक पूर्वाधार र चार्जिङ स्टेसन नहुँदा थप समस्या भइरहेको उनको भनाइ छ।

कोरलानाकाको अवलोकनमा सङ्घ तथा प्रदेशका मन्त्री र विशिष्ट व्यक्तिहरू पुग्ने गरे पनि पूर्वाधार निर्माणका लागि आश्वासनबाहेक ठोस काम अघि बढ्न नसकेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। गण्डकी प्रदेशको आर्थिक गतिविधि र व्यापारका लागि महत्वपूर्ण मानिएको यस नाकाको पूर्वाधार निर्माणमा ढिलाइ गर्न नहुने उनीहरूको माग छ।

यसै साता कोरलानाकाको अवलोकनमा पुगेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीसँग पनि स्थानीय जनप्रतिनिधिले नाकाबाट राजस्व सङ्कलनमा मात्र नभई आवश्यक पूर्वाधार निर्माणमा समेत ध्यान दिन आग्रह गरेका थिए। समितिका सभापति आशिष गजुरेलसमक्ष उनीहरूले कोरलानाकाको पूर्वाधार निर्माण र पहुँचमार्गको सडकलाई जतिसक्दो छिटो सहज बनाउन माग गरेका थिए।

कोरलानाका क्षेत्रमा मात्र नभई मुस्ताङ भन्सार कार्यालय रहेको लोमान्थाङ–४ न्हेचुङमा पनि सरकारी निकायका लागि विसं २०७५ मै जग्गा उपलब्ध गराइएको थियो। कोरलानाकास्थित लोमान्थाङ क्षेत्रमा विभिन्न सरकारी निकायका लागि एक हजार ४३६ रोपनी जग्गा उपलब्ध गराइएको थियो। त्यस्तै, नेपाली सेनालाई लोमान्थाङको थुर्लुङ फाँटमा एक हजार २७१ रोपनी जग्गा उपलब्ध गराइएको थियो।

न्हेचुङमा भन्सार कार्यालयका लागि १०९ रोपनी, अध्यागमन कार्यालयका लागि १२ रोपनी, नेपाल प्रहरीका लागि १३ रोपनी र सशस्त्र प्रहरीका लागि ३३ रोपनी जग्गा उपलब्ध गराइएको थियो। उपलब्ध गराइएको जग्गामध्ये सशस्त्र प्रहरीले भवन निर्माण गरिसकेको छ भने नेपाल प्रहरीले हालै भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ। भन्सार र अध्यागमन कार्यालयका भवन भने अझै निर्माण हुन सकेका छैनन्। भन्सार कार्यालयको स्तरोन्नति कार्य भने आंशिक रूपमा क्रमागत रूपमा भइरहेको छ। रासस
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock २० मिनेट अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस