ठकुरी एक्लैले बेचे २० लाखको सुन्तला
२५ माघ २०७९
•
५ मिनेट पाठ
ठकुरी एक्लैले बेचे २० लाखको सुन्तला
उदयपुरको आँपटारका किसानको बारीमा फलेको सुन्तला। तस्विरः महेश्वर
उदयपुरका एक किसानले यो वर्ष २० लाख रुपैयाँको सुन्तला बेचेका छन्। जिल्लाकै अगुवा कृषकको परिचय बनाईसकेका जिल्लाको ताप्ली गाउँपालिका १ ओख्ले पिपलभज्याङका तोपबहादुर ज्युठकुरीले यो बर्ष ३० क्विन्टल सुन्तला उत्पादन गरेका हुन्।  




केही बर्षयता सुन्तलाको राम्रो उत्पादन गर्दै आएका ठकुरीले यसपालिको बिक्रीबाट २० लाख रुपैयाँ हात पारेका हुन्। दशकयता आफ्नो सबै जमिनमा सुन्तला खेती लगाएका उनले शिक्षण पेशा छाडेर सुन्तलाको स्याहार सुसारमै रमाउने गरेका छन्। बाउबाजेको पुख्र्यौली जमिन र आफूले थपेको सबै १८ रोपनीमा अहिले व्यवसायिक सुन्तला खेती लगाएको उनले बताए।

आफूजस्तै उनले स्थानीयहरुलाई पनि सुन्तला खेतीतर्फ आकर्षित गराउन गाउँमै सुन्तला कृषि सहकारी संस्थासमेत खोलेर सञ्चालन गर्दै आएका छन्। जसमा ३२ जना कृषकहरु सदस्य रहेका छन। सहकारीले आफ्ना सदस्यहरुलाई सुन्तला खेतीबारे बेलाबेलामा आवश्यक तालिम गराउनुका साथै प्राविधिक ज्ञान दिँदै आएको छ। बेर्ना (कलमी) उत्पादनदेखि बिरुवा रोप्ने, हुर्काउने बढाउने, स्याहारसुसार गर्ने तथा फुलेदेखि पाकेर बजार पुर्याउनेसम्मको प्राविधिक ज्ञान सहकारीले कृषकलाई गराउने गरेको छ।  

अध्यक्ष ठकुरीले सुरुमा आफू एक्लैले थालेको सुन्तला खेतीबाट आमदानी हुन थालेको देखेर गाउँलेहरु पनि साथ दिन आएको बताए। खेती थालेको सुरुका केही बर्ष आमदानी नभए पनि बिरुवा हुर्कदै गएर लोभलाग्दो फल्न थालेपछि घरमै बसीबसी रमाउन पाउँदा प्रफुल्लित ठकुरीलाई देखेर गाउँलेहरुले पछ्याउन थालेका हुन्। सुरुका ४–५ वर्षसम्म हुर्काउनै लाग्यो तर, विस्तारै वर्षमा १–२ लाख हुँदै ४–५ लाखसम्म आम्दानी हुन थालेपछि उनलाई गाउँलेले पछ्याउदै खेती गर्न थालेका हुन्। पछिल्लो ४–५ वर्षयता भने उनको वार्षिक आम्दानी १५ देखि २० लाख रुपैयाँसम्म हुन थालेको छ।  

आम्दानी लिन थालेपछि उनले गाउँलेलाई पनि सुन्तला खेतीप्रति आकर्षित गराउँदै व्यवसायिक खेतीतर्फ मोड्दै लगेको बताउँछन्। आफूलाई घरमै बसीबसी पैसा कमाएको देखेर गाउँलेहरुले पनि सिको गरेपछि अहिले ओख्लेको पिपलभन्ज्याङ ताप्ली गाउँपालिकाकै सुन्तला खेतीका लागि ‘हट स्पट’ बन्न पुगेको छ। सुन्तला फलेर नपाकुन्जेलसम्म उनको खेती हेर्न आउने आन्तरिक र बाह्य पर्यटकको ओईरो नै लाग्ने गरेको छ।  

‘कलमी लिन, विरुवा हेर्नदेखि पाकेको सुन्तला किन्न, खान र खरिद गर्न आउनेहरु मात्र होईन, सुन्तला खेतीबारे अध्ययन अनुसन्धान गर्नेहरु पनि आईरहन्छन्’, ठकुरीले भने, ‘विरुवादेखि फलसम्मको सुन्तला खेतीबारे जानकारी लिन आउनेहरुलाई सकेसम्म ज्ञान बाँड्ने गरेको छु।’ खान र किन्न मात्र होईन, हेर्न पनि धेरै मान्छे आउनेहरुलाई ठकुरीले सबै विधि सिकाउने गरेको बताए।

ठकुरीको खेतीबाट हौसिएर १ नं. वडा मात्र नभएर ताप्लीका ५ वटै वडामा सुन्तला फल्ने हावापानी भएका भूगोलमा किसानहरुले व्यवसायिक खेती थालेका छन्। उत्पादनमा लागेका किसानहरुका लागि गाउँपालिकाले प्रधानमन्त्री कृषि परियोजना र कृषि ज्ञान केन्द्र जस्ता तालुक निकायसँग समन्वय गरेर कृषकहरुलाई प्रोत्साहन गर्दै आएको छ। खासगरी यन्त्र उपकरण र प्राविधिक पक्षमा कृषकहरुलाई सहयोग गर्ने वातावरण मिलाएको गाउँपालिका अध्यक्ष ढुंगराज बिकले बताए।  

अध्यक्ष बिकका अनुसार ताप्लीको सबभन्दा बढी सुन्तला खेती लगाउने वडा १ नं. नै हो। सो वडाका पिपलभन्ज्याङ्, शाहीडाँडा र देब्रेका किसानहरु सुन्तलाको व्यवसायिक खेतीमा लागेका छन्। सो वडाबाट मात्र यो वर्ष ६० लाख रुपैयाँ भन्दा बढीको सुन्तला बिक्री भएको अध्यक्ष बिकले बताए। वडा नं. २ को लेखगाउँ, ३ को इनामे, ४ को कटहरे र ५ नं. वडा रुपाटारमा पनि सुन्तलाको छिटफुट खेती सुरु भएको छ। तर, १ नं. को दाँजोमा अन्य वडामा व्यवसायिक खेतीमा कृषकहरु लागिनसकेको उनले बताए।  

व्यवसायिक रुपमा गर्न सके सुन्तला खेतीबाट राम्रै आमदानी हुने देखिएपछि गाउँपालिकाले आगामी वर्षदेखि अनुदान दिने व्यवस्था गर्न लागेको अध्यक्ष बिकले बताए। कृषकहरुलाई आफ्नै जग्गाजमिनमा आत्मनिर्भर बनाउने माध्यमध्ये सुन्तला पनि एउटा महत्वपूर्ण देखिएकाले यसको व्यवसायिक खेतीका लागि किसानलाई प्रोत्साहन गर्ने योजना तर्जुमा गर्न लागेको उनले बताए।  

‘किसानलाई आर्थिक रुपमा आत्मनिर्भर र स्वाबलम्बी बनाउने उपायहरुमध्ये सुन्तला खेती पनि एउटा महत्वपूर्ण देखिएको छ’, अध्यक्ष बिकले भने, ‘त्यसैले आगामी वर्षदेखि बार्षिक कार्यक्रममै समेटेर सुन्तलाको व्यवसायिक खेतीतर्फ किसानलाई आकर्षित गराउन अनुदानको व्यवस्था गरिनेछ।’ सुन्तलासँगै अन्य कृषि व्यवसायमा पनि गाउँपालिकाले ठोस योजना अघि सार्ने तयारी गरिरहेको उनले बताए।  

कृषि ज्ञान केन्द्र उदयपुरकी बाली संरक्षण अधिकृत फूलमाया शेर्पाका अनुसार चालु वर्ष उदयपुरमा ३ हजार ५ सय ७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। यो वर्ष ६ सय ७९ हेक्टर जमिनको खेतीमध्ये ३ सय ५० हेक्टरमा उत्पादन भएको शेर्पाले बताईन्। उनका अनुसार गतवर्ष ६ सय ८० हेक्टरमा खेती लगाइएमो यसवर्ष केही घटेको तथ्यांक कार्यालयमा प्राप्त भएको छ। ज्ञान केन्द्र प्रमुख भोगेन्द्र यादवले ताप्ली गाउँपालिकाबाहेक रौतामाई र लिमचुङबुङका केही वडाहरुमा पनि व्यवसायिक सुन्तला खेती फस्टाउँदै गएको बताए।  

यादवका अनुसार उदयपुृरको सुन्तला गुणस्तरीय रहेकाले पछिल्लो दुईवर्षयता लेबल लगाउने (ब्राण्डिङ) गर्न थालिएको छ। ताप्लीसागै रौतामाई २, ३, ४ र ५ नं. वडाहरुमा बिगत ५ वर्षयता व्यवसायिक सुन्तला उत्पादन भईरहेको छ। उदयपुृरमा फलेको सुन्तला गुणस्तरीय रहेकाले सदरमुकाम गाईघाट, कटारी, बेलटार, मुर्कुची हुँदै सप्तरी, सिराहा, सुनसरी बिराटनगरदेखि काठमाडौँ र भारतीय बजारसम्म निकासीसमेत हुन थालेको यादवले बताए। सुन्तला खेतीलाई ‘अमिलो जातको फलफुल खेती’ बर्गमा राखेर त्यसको उत्पादन, भण्डारण र बिक्री बितरणको व्यवस्थित बजारीकरणका लागि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना (जोन)ले कृषकलाई बिभिन्न किसिमको सहयोग गर्दै आएको छ।
अर्को समाचार
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
९ मिनेट अघि
•
१ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
मुस्ताङ। नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य सुरु हुनसकेको छैन।




विसं २०७९ फागुनमा कोरलानाका क्षेत्रमा भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्टलगायतका संरचना निर्माण गर्ने उद्देश्यले सरकारले डिपिआर सर्भे गरेको थियो। त्यसअघि नै नाकाको नेपालतर्फ करिब एक हजार रोपनी जग्गा भन्सारलगायतका संरचना निर्माणका लागि नेपाल सरकारका नाममा प्राप्ति गरिएको थियो।

चीनसँगको व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले गरिएको सर्भे दुई महिनासम्म सञ्चालन भएको थियो। सो क्रममा प्रस्तावित पूर्वाधार निर्माणस्थलको भौगर्भिक अवस्था र माटो परीक्षणसमेत गरिएको थियो। तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास समितिको योजनाअनुसार भन्सारसहितका आवश्यक संरचना निर्माणका लागि डिपिआर तयार गरिएको थियो।

सितारा इन्टुसीप–फुलराइट जेभीले रु एक करोड लागतमा ठेक्का सम्झौता गरी डिपिआर सर्भे सम्पन्न गरेको थियो। प्रतिवेदन सरकारलाई बुझाइएको लामो समय बितिसक्दासमेत पूर्वाधार निर्माणको काम सुरु नहुनु दुखद भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए।

चीनसँग सीमा जोडिएका नाकामध्ये कोरलानाका महत्वपूर्ण वैकल्पिक व्यापारिक नाकाका रूपमा स्थापित भइसके पनि आवश्यक पूर्वाधार नहुँदा निकासी तथा पैठारी व्यापार व्यवस्थापन र पारवहन नाकाका रूपमा विकास गर्न समस्या भइरहेको अध्यक्ष विष्टको भनाइ छ।

नेपाल–चीन उत्तरी कोरलानाका उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरिएको तीन वर्ष भइसकेको छ भने वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालनमा आएको पनि दुई वर्ष बितिसकेको छ। गत वर्ष यस नाकाबाट रु छ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको थियो। चालु आर्थिक वर्षको पहिलो चार महिनामै रु १२ अर्बभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ।

पछिल्लो समय कोरलानाकाबाट दैनिक ६० देखि ७० वटासम्म कन्टेनर र करिब १०० विद्युतीय गाडी नेपाल भित्रिने गरेका छन्। तर, आवश्यक भौतिक पूर्वाधार नहुँदा नाकाको सञ्चालन तथा सवारी व्यवस्थापनमा समस्या देखिएको छ।

तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा बन्द रहेको अवस्थामा नेपाल–चीन जोड्ने कोरलानाकामा व्यापारिक चहलपहल बढेको छ। बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै दैनिक सयौँ कन्टेनर तथा विद्युतीय सवारीसाधन आवतजावत गरिरहेका छन्। नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि लोमान्थाङ–४ न्हेचुङस्थित भन्सार यार्डमा कन्टेनर र विद्युतीय सवारीको चाप बढेको छ। सडकका तीन लेनसम्म ढाकिने गरी कन्टेनर पार्किङ गर्दा कोरलानाका जाने मुख्य सडकमा यातायात आवागमन प्रभावित हुने गरेको छ।

सुक्खा बन्दरगाह नहुँदा कन्टेनर सडकमा अव्यवस्थित रूपमा रोक्नुपर्ने अवस्था रहेको र विद्युतीय गाडीसमेत खोला किनार तथा भिरको छेउमा असुरक्षित रूपमा राख्नुपर्ने बाध्यता रहेको बिवाइडी गाडी आयातकर्ता साइमेक्स इङ्कका प्रतिनिधि धर्मवीर मण्डलले बताए। नाकामा आवश्यक पूर्वाधार र चार्जिङ स्टेसन नहुँदा थप समस्या भइरहेको उनको भनाइ छ।

कोरलानाकाको अवलोकनमा सङ्घ तथा प्रदेशका मन्त्री र विशिष्ट व्यक्तिहरू पुग्ने गरे पनि पूर्वाधार निर्माणका लागि आश्वासनबाहेक ठोस काम अघि बढ्न नसकेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। गण्डकी प्रदेशको आर्थिक गतिविधि र व्यापारका लागि महत्वपूर्ण मानिएको यस नाकाको पूर्वाधार निर्माणमा ढिलाइ गर्न नहुने उनीहरूको माग छ।

यसै साता कोरलानाकाको अवलोकनमा पुगेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीसँग पनि स्थानीय जनप्रतिनिधिले नाकाबाट राजस्व सङ्कलनमा मात्र नभई आवश्यक पूर्वाधार निर्माणमा समेत ध्यान दिन आग्रह गरेका थिए। समितिका सभापति आशिष गजुरेलसमक्ष उनीहरूले कोरलानाकाको पूर्वाधार निर्माण र पहुँचमार्गको सडकलाई जतिसक्दो छिटो सहज बनाउन माग गरेका थिए।

कोरलानाका क्षेत्रमा मात्र नभई मुस्ताङ भन्सार कार्यालय रहेको लोमान्थाङ–४ न्हेचुङमा पनि सरकारी निकायका लागि विसं २०७५ मै जग्गा उपलब्ध गराइएको थियो। कोरलानाकास्थित लोमान्थाङ क्षेत्रमा विभिन्न सरकारी निकायका लागि एक हजार ४३६ रोपनी जग्गा उपलब्ध गराइएको थियो। त्यस्तै, नेपाली सेनालाई लोमान्थाङको थुर्लुङ फाँटमा एक हजार २७१ रोपनी जग्गा उपलब्ध गराइएको थियो।

न्हेचुङमा भन्सार कार्यालयका लागि १०९ रोपनी, अध्यागमन कार्यालयका लागि १२ रोपनी, नेपाल प्रहरीका लागि १३ रोपनी र सशस्त्र प्रहरीका लागि ३३ रोपनी जग्गा उपलब्ध गराइएको थियो। उपलब्ध गराइएको जग्गामध्ये सशस्त्र प्रहरीले भवन निर्माण गरिसकेको छ भने नेपाल प्रहरीले हालै भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ। भन्सार र अध्यागमन कार्यालयका भवन भने अझै निर्माण हुन सकेका छैनन्। भन्सार कार्यालयको स्तरोन्नति कार्य भने आंशिक रूपमा क्रमागत रूपमा भइरहेको छ। रासस
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock २० मिनेट अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस