लामा खोला र ज्यामिरे पुलको एप्रोच सडक कालोपत्रे
२३ माघ २०७९
•
३ मिनेट पाठ
लामा खोला र ज्यामिरे पुलको एप्रोच सडक कालोपत्रे
लामा खोलामा निर्मित पुलको एप्रोच सडक कालोपत्रे गर्दै। तस्बिरः महेश्वर
राष्ट्रिय महत्त्व बोकेको ‘मदन भण्डारी लोक मार्ग’को गाईघाट–बसाहा खण्डमा पर्ने लामा खोला र ज्यामिरे खोलामा निर्मित पक्की पुलको एप्रोच कालोपत्रे काम सकिन लागेको छ। भर्खरै निर्माण सकिएर सञ्चालनमा आएको चौदण्डीगढी नगरपालिका ४ बसाहा बर्खेडाँडास्थित लामा खोला र चौदण्डी गढीकै ९ को हडियास्थित ज्यामिरे खोला पुलको एप्रोच सडक कालोपत्रे काम सकिने चरणमा पुगेको हो।




८० मिटर  लामो २ स्पानको लामा खोला पुलको दुवैतर्फ एप्रोच सडकको कालोपत्रे कार्य भर्खरै सकिएको मदन भण्डारी लोक मार्ग योजना कार्यालय प्रमुख (सिडिई) गोपाल खकुरेलले बताए। उनका अनुसार लामा खोलाको एप्रोच कालोपत्रे ३ दिनअघि नै सम्पन्न भईसकेको छ भने ४० मिटर लामो १ स्पानको ज्यामिरे पुलको एप्रोच कालोपत्रे पनि ९० प्रतिशत सकिइसकेको छ। यो एप्रोचको काम साता दिनभित्र सकिने उनले बताए। दुवै पुलका दुवैतर्फ करिब २ सय मिटर एप्रोच सडक कालोपत्रे भएको सिडिई खकुरेलले बताए।  

यता सोही खण्डमा पर्ने थप २ वटा पुल भने निर्माण सम्पन्न हुन बाँकी छन्। सदरमुकाम त्रियुगा नगरपालिका १३ स्थित असारी खोलाको पक्की पुलको काम सम्पन्न भईसके पनि एप्रोच सडक कालोपत्रे हुन बाँकी छ। त्यसको एप्रोच कालोपत्रे गर्ने तयारी भइरहेको छ। ३५ मिटर लम्बाइको १ स्पानको असारीमा एप्रोच कालोपत्रेका लागि रिटेनिङ वाल निर्माण अन्तिम चरणमा पुगिसकेको छ। सो पुलको एप्रोच सडक आउँदो फागुनभित्र कालोपत्रे गरिसक्न गरी धमाधम काम भइरहेको छ। 

उता चौदण्डी गढीकै ९ नं। वडाको खैराहा खोलामा निर्माणाधीन पुलका लागि पिल्लर उठाएर स्ल्याब ढलानको तयारी भइरहेको छ। सो ठाउँको पुल पनि यसअघि नै सक्ने गरी निर्माण थालिए पनि जग खन्ने क्रममा चट्टान भेटिएपछि केही माथि सारेर जग राख्नुपर्दा ढिला हुन गएको हो। पहिला पिल्लर उठाउनका लागि जग खन्ने क्रममा कडा चट्टान फेला परेपछि अर्को ठाउँ सार्नुपरेकाले पुलको काम थाल्न झण्डै ६ महिना ढिला भएको कार्यालयले जनाएको छ।

गाईघाट–चतारा ७२ किलोमिटर दूरीको गाईघाट–बसाहा खण्डका दर्जन हाराहारी खोला खहरेमध्ये लामा र ज्यामिरेमा पुल नहुँदा वर्षा याममा सवारी आउजाउ गर्न अत्यन्त कष्टकर अवस्था थियो। भर्खरै ती दुवै पुल बनेपछि वर्षा याममा सहजसँगै गाईघाटदेखि धरान, बिराटनगर आउजाउ गर्न झण्डै आधा घण्टा समय छोटिएको छ। एकैचोटी सबै खोलामा पुल निर्माण गर्ने लोक मार्ग आयोजना कार्यालयले ठेक्का लगाए पनि विविध प्राविधिक कारणले ती २ सहित ४ वटा खोलामा पुल बन्न ढिलाई भएको थियो।  

योजना कार्यालयका सूचना अधिकारी प्रभात किरण राईले चालु आर्थिक वर्षको अन्तिम अर्थात आउँदो असारभित्रै दुवै पुल निर्माण गरिसक्ने गरी काम भइरहेको बताए। बसाहा– गाईघाट खण्डमा दोस्रो चरणमा निर्माण गरिएका ८ वटा पुलहरूमध्ये सुन्दरी, लामा र ज्यामिरे खोलाका पुल निर्माणको जिम्मा सपना–हिन्दुङ–थोकर निर्माण कम्पनीले लिएकोमा सुन्दरी ६ महिनाअघि नै एप्रोच कालोपत्रेसमेत निर्माण भईसकेको छ। त्यस्तै असारी, खैराहा, मौवासी र अर्ने खोला पुल बनाउने ठेक्का भने लामा–शर्मा जेवीले पाएको इन्जिनियर राईले बताए। 

मौवासी र अर्ना खोलाका पुलहरु भने गाईघाट–कटारी खण्डमा निर्माणाधीन हुन्। जसमध्ये मौवासीको पुलको स्ल्याब ढलान भइरहेको छ भने अर्नामा पिल्लर गाड्न जग खन्ने काम भइरहेको छ। कटारी–गाईघाट खण्डमै पर्ने अन्य २ वटा पुलहरु धराप र रातु खोलाका पुलहरु पनि स्ल्याब ढलान सकिएर अन्य काम सुरु भएको छ। कटारी–गाईघाट खण्डका धराप र रातु तथा कटारी–सिन्धुली खण्डमा पर्ने सुनखानी, पँधेरे र थनाहा खोलाका पुलहरु बनाउने ठेक्का चाहिँ लुम्बिनी–खानी–समानान्तर जेवीले लिएको इन्जिनियर राईले बताएका छन्। 
अर्को समाचार
लामा खोला र ज्यामिरे पुलको एप्रोच सडक कालोपत्रे
२४ माघ २०७९
•
३ मिनेट पाठ
लामा खोला र ज्यामिरे पुलको एप्रोच सडक कालोपत्रे
लामा खोलामा निर्मित पुलको एप्रोच सडक कालोपत्रे गर्दै। तस्बिरः महेश्वर/नागरिक
राष्ट्रिय महत्व बोकेको ‘मदन भण्डारी लोकमार्ग’को गाईघाट–बसाहा खण्डमा पर्ने लामा खोला र ज्यामिरे खोलामा निर्मित पक्की पुलको एप्रोच कालोपत्रे गर्ने काम सकिन लागेको छ। भर्खरै निर्माण सकिएर सञ्चालनमा आएको चौदण्डीगढी नगरपालिका ४ बसाहा बर्खेडाँडास्थित लामा खोला र चौदण्डीगढीकै ९ को हँडियास्थित ज्यामिरे खोला पुलको एप्रोच सडक कालोपत्रे गर्ने काम सकिने चरणमा पुगेको हो।




८० मिटर लामो २ स्पानको लामा खोला पुलको दुवैतर्फका एप्रोच सडकको कालोपत्रे कार्य भर्खरै सकिएको मदन भण्डारी लोकमार्ग योजना कार्यालय प्रमुख (सिडिई) गोपाल खकुरेलले बताए। उनका अनुसार लामा खोलाको एप्रोच कालोपत्रे ३ दिनअघि नै सम्पन्न भइसकेको छ भने ४० मिटर लामो १ स्पानको ज्यामिरे पुलको एप्रोच कालोपत्रे पनि ९० प्रतिशत सकिइसकेको छ। यो एप्रोचको काम सातादिनभित्र सकिने उनले बताए। दुवै पुलका दुवैतर्फ करिब २ सय मिटर एप्रोच सडक कालोपत्रे भएको सिडिई खकुरेलले बताए।  

यता सोही खण्डमा पर्ने थप २ वटा पुल भने निर्माण सम्पन्न हुन बाँकी छन्। सदरमुकाम त्रियुगा नगरपालिका १३ स्थित असारी खोलाको पक्की पुलको काम सम्पन्न भइसके पनि एप्रोच सडक कालोपत्रे हुन बाँकी छ। त्यसको एप्रोच कालोपत्रे गर्ने तयारी भइरहेको छ। ३५ मिटर लम्बाइको १ स्पानको असारीमा एप्रोच कालोपत्रेका लागि रिटेनिङ वाल निर्माण अन्तिम चरणमा पुगिसकेको छ। सो पुलको एप्रोच सडक आउँदो फागुनभित्र कालोपत्रे गरिसक्ने गरी धमाधम काम भइरहेको छ।  

उता चौदण्डीगढीकै ९ नं. वडाको खैराहा खोलामा निर्माणाधीन पुलका लागि पिल्लर उठाएर स्ल्याब ढलानको तयारी भइरहेको छ। सो ठाउँको पुल पनि यसअघि नै सक्ने गरी निर्माण थालिए पनि जग खन्ने क्रममा चट्टान भेटिएपछि केही माथि सारेर जग राख्नुपर्दा ढिला हुन गएको हो। पहिला पिल्लर उठाउनका लागि जग खन्ने क्रममा कडा चट्टान फेला परेपछि अर्को ठाउँ सार्नुपरेकाले पुलको काम थाल्न झण्डै ६ महिना ढिला भएको कार्यालयले जनाएको छ।

गाईघाट–चतारा ७२ किलोमिटर दूरीको गाईघाट–बसाहा खण्डका दर्जन हाराहारी खोला खहरेमध्ये लामा र ज्यामिरेमा पुल नहुँदा वर्षायाममा सवारी आउजाउ गर्न अत्यन्त कष्टकर अवस्था थियो। भर्खरै ती दुवै पुल बनेपछि वर्षायाममा सहजसँगै गाईघाटदेखि धरान, बिराटनगर आउजाउ गर्न झण्डै आधाघण्टा समय छोटिएको छ। एकैचोटी सबै खोलामा पुल निर्माण गर्ने लोकमार्ग आयोजना कार्यालयले ठेक्का लगाए पनि विविध प्राविधिक कारणले ती २ सहित ४ वटा खोलामा पुल बन्न ढिलो भएको थियो।  

योजना कार्यालयका सूचना अधिकारी प्रभातकिरण राईले चालु आर्थिकवर्षको अन्तिम अर्थात् आउँदो असारभित्रै दुवै पुल निर्माण गरिसक्ने गरी काम भइरहेको बताए। बसाहा– गाईघाट खण्डमा दोस्रो चरणमा निर्माण गरिएका ८ वटा पुलहरूमध्ये सुन्दरी, लामा र ज्यामिरे खोलाका पुल निर्माणको जिम्मा सपना–हिन्दुङ–थोकर निर्माण कम्पनीले लिएकोमा ६ महिनाअघि नै एप्रोच कालोपत्रेसमेत निर्माण भइसकेको छ। त्यस्तै असारी, खैराहा, मौवासी र अर्ने खोला पुल बनाउने ठेक्का भने लामा–शर्मा जेवीले पाएको इन्जिनियर राईले बताए। मौवासी र अर्ना खोलाका पुलहरू भने गाईघाट–कटारी खण्डमा निर्माणाधीन हुन्। जसमध्ये मौवासीको पुलको स्ल्याब ढलान भइरहेको छ भने अर्नामा पिल्लर गाड्न जग खन्ने काम भइरहेको छ। कटारी–गाईघाट खण्डमै पर्ने अन्य २ वटा पुलहरू धप्पर र रातु खोलाका पुलहरू पनि स्ल्याब ढलान सकिएर अन्य काम सुरु भएको छ। कटारी–गाईघाट खण्डका धप्पर र रातु तथा कटारी–सिन्धुली खण्डमा पर्ने सुनखानी, पँधेरे र थनाहा खोलाका पुलहरू बनाउने ठेक्का चाहिँ लुम्बनी–खानी–समानान्तर जेवीले लिएको इन्जिनियर राईले बताएका छन्।
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस