कोरोनाका कारण रोकिएको प्याराग्लाइडिङ सुर्खेतमा पुनः सुरु भएको छ। बेलकम प्याराग्लाइडिङ प्रालिले शुक्रबारदेखि प्याराग्लाइडिङको व्यवसायिक सुरुवात गरेको हो। कीर्तिमानी पाइलट सानुबाबु सुनुवारको नेतृत्वमा तीन जना प्याराग्लाइडरले दैनिक उडान गरिरहेका छन्।
सुनुवारका अनुसार पोखरापछिको आकर्षक गन्तव्य प्याराग्लाइडिङका लागि सुर्खेत हो। पोखरा र सुर्खेतको उपत्यका उस्तै छ। सुर्खेतको वीरेन्द्रनगर–१४ को गढीबाट सुरु हुने प्याराग्लाइडिङ यात्रा वीरेन्द्रनगर–१ को देउतीथानमा आएर टुंगिन्छ।
कीर्तिमानी पाइलट सुनुवारले सुर्खेतमा व्यवसायीक प्याराग्लाइडिङका लागि बेलकम प्याराग्लाडिङको स्वामित्व लिएका छन्। ‘कोरोनाका कारण धेरै समय व्यवसाय बन्द रहन पुग्यो,’ सुनुवारले भने, ‘अव नियमित व्यवसायिक उडानहरु हुन्छन्।’ उनले प्याराग्लाइडिङका लागि सुर्खेत उत्कृष्ट गन्तव्य भएको बताए।
‘संभावना देखेरै यहाँ लगानी गरेर उडान सुरु गरिएको हो,’ उनले भने, ‘भूगोलका हिसावले पनि प्याराग्लाइडिङका लागि सुर्खेत उत्कृष्ट गन्तव्य हो।’ सुनुवारले शुक्रबारदेखि सुरु भएको कर्णाली महोत्सव अवधिभरका लागि तीन हजार पाँच सय रुपैयाँ र अरु बेला चार हजार पाँच सय रुपैयाँमा उडान गरिने जानकारी दिए। उनले तत्कालका लागि तीन वटा प्याराग्लाइडिङमार्फत व्यवसायिक उडान सुरु गरिएको बताए। ‘मागका आधारमा थप गर्दै जाने सोच बनाएका छौं,’ उनले भने, ‘अहिलेलाई तीन वटा प्याराग्लाइडिङमार्फत उडान भइरहेको छ।’
सुनुवारले गढीबाट सुरु हुने प्याराग्लाइडिङ यात्रा १५ देखि ४० मिनेटसम्म यात्रुहरुलाई आकासमा उडाएर वीरेन्द्रनगरको देउतीथानमा झारिने बताए। ‘यात्रुको मागका आधारमा उडेकै ठाउँमा पनि झार्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘सुरुमा यात्रुलाई सोध्छौं, सोही अनुसार उडान भछौं।’
सुनुवारले दुई वर्षपछि हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि पनि सुर्खेतमा नियमित उडान आवश्यक रहेको बताए। ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि प्याराग्लाइडिङतर्फ यहीँ दक्ष प्रतियोगीहरु उत्पादन गर्नका लागि पनि नियमित उडान आवश्यक छ,’ उनले भने, ‘यसले गर्दा पूर्वाधार निर्माण हुनुका साथै जनशक्ति उत्पादनमा पनि सघाउँछ।’
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...