ग्लोबल ५७ अर्ब पुँजीको सबैभन्दा ठूलो बैंक
२६ पौष २०७९
•
३ मिनेट पाठ
ग्लोबल ५७ अर्ब पुँजीको सबैभन्दा ठूलो बैंक
करिब ५१ करोड चुक्ता पुँजी लिएर सन् २००७ मा वीरगञ्जमा स्थापना भएको ग्लोबल बैंक अहिले ५७ अर्ब रूपैयाँ पुँजीको मुलुककै सबैभन्दा ठूलो बैंक भएको छ। स्थापनाको १६ वर्षमा बैंकले धेरै उचाइ लिएको छ। पुँजीमात्र होइन ग्राहक, शाखा सञ्जाल, लगानी, सम्पत्तिलगायत सबै दृष्टिले ग्लोबल आईएमई बैंक नेपालकै सबैभन्दा ठूलो बैंक बनेको हो।




ग्लोबल बैंकको नाममा स्थापना भएको भए पनि आइएमई फाइनान्ससँग गाभिएपछि सन् २०१२ मा ‘ग्लोबल आइएमई बैंक’ बनेको थियो। नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई अबलम्बन गर्दै आएको ग्लोबलले बैंक अफ काठमाडौंसँग एकीकरण गरी आइतबारबाट ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको छ। दुई बैंक एकीकरण भएपछि बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब रूपैयाँ, पुँजी ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १२ अर्ब, कुल ऋण ३ खर्ब ७७ अर्ब रूपैयाँ पुगेको छ। बैंकका कुल ग्राहक ४० लाख, ७७ वटै जिल्ला र विदेशमा समेत गरी सेवाग्राही केन्द्र ११ सय पुगेको बैंकले जनाएको छ। मर्जरपछि बैकका शाखा ३ सय ६५ पुगेका छन्। त्यसैगरी, ३ सय ६७ एटीएम, २ सय ८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, विदेशमा ३ वटा सम्पर्क कार्यालय रहेका छन्।

अहिलेसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाबीच मर्ज तथा प्राप्ति भएको ग्लोलब आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले बताए। ‘सबैभन्दा धेरै वित्तीय संस्था मर्ज गरेर मुलुककै सबैभन्दा ठूलो बैंक बनायौं,’ अध्यक्ष ढकालले भने, ‘कुल बजारको करिब १० प्रतिशत हिस्सा ओगटेका छौं।’

राष्ट्र बैंकको मर्जर नीतिलाई अनुशरण गर्दै बैंकलाई यो अवस्थामा ल्याउने प्रमुख श्रेय भने अध्यक्ष चन्द्र ढकाललाई जान्छ। ग्लोबलले यसअघि पनि जनता बैंक नेपाल, नेपाल कमर्ज एण्ड ट्रष्ट लगायतका कमर्सिल बैंकलाई मर्ज गरेको थियो। ‘ग्लोबललाई सबै सूचकमा एक नम्बर बनाएका छौं,’ उनले भने, ‘अब ठूला परियोजनामा लगानी गर्न सकिन्छ।’ ग्लोबलमा ३ वाणिज्य बैंकसहित १८ बैंक तथा वित्तीय संस्था गाभिएका छन्। त्रिवेणी विकास बैंक, गुल्मी विकास बैंक, सोसल डेभलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कन्जुमर डेभलपमेन्ट बैंक, ड्राइ डेभलपमेन्ट, ब्राइट डेभलपमेन्ट, पब्लिक डेभलपमेन्ट र सिद्धार्थ डेभलपमेन्ट बैंक गाभिएका थिए। त्यसैगरी, फाइनान्स कम्पनीतर्फ आईएमई, लर्ड बुद्ध, हाथ वे, शुभलक्ष्मी र नेपाल आवास लगायतका कम्पनी पनि ग्लोबलमा मिसिएका थिए।

नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. चिरन्जिवी नेपालले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जर र प्राप्तिको नीति अघि सारेपछि ढकालले अनुशरण गरेका थिए। २०७२ सालको मौद्रिक नीतिमा वाणिज्य बैंकको चुक्ता पुँजी न्युनतम ८ अर्ब रूपैयाँ पु¥याउनुपर्ने बाध्यात्मक व्यवस्था भएपछि मर्जरमा जान थप दबाब परेको थियो। अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले बोनस सेयर वितरण, हकप्रद सेयर निष्कासन लगायतका उपायबाट चुक्तापुँजी पु¥याए पनि ग्लोबलले बैंक तथा वित्तीय संस्थाबीच मर्जर तथा प्राप्तिको नीति अनुसार पुँजी बढाउँदै आएको थियो।

काठमाडौंमा सोमबार आयोजित एक विशेष कार्यक्रमबीच सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई बैंकको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ गरेका छन्।

एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंकहरू ठूलो हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्ने बताए। ‘बैंक मर्जर असाधारण काम हो, यो प्रशंसा योग्य छ। बैंक ठूला हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्नेछ। ठूला बैंकले मुलुकको दूरदराजसम्म नवीन बैंकिङ सेवा र वित्तीय साक्षरता अभिवृद्धि गर्न काम गर्न जरुरी छ’ उनले भने। प्रधानमन्त्री दाहालले वर्तमान सरकार अर्थतन्त्र सुधारमा केन्द्रित रहेको र निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन्।

‘वर्तमान सरकार मुलुकको अर्थतन्त्र सुधार गर्न प्रतिवद्ध छ। हामीले हाम्रो पहिलो क्याबिनेट बैठकबाट नै मुलुकको अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ काम सुरु गरेका छौं,’ उनले भने।

नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले अर्थतन्त्रमा सकारात्मक सुधारको संकेत देखिएकाले निजीक्षेत्र हतोत्साहित हुनुपर्ने अवस्था नभएको बताए। उनले नेपाल सरकार निजी क्षेत्रलाई साथमा लिई निजी क्षेत्रको मनोबल बढाएर अगाडि बढ्ने बताएका छन्।  
अर्को समाचार
ग्लोबल ५७ अर्ब पुँजीको सबैभन्दा ठूलो बैंक
२६ पौष २०७९
•
३ मिनेट पाठ
ग्लोबल ५७ अर्ब पुँजीको सबैभन्दा ठूलो बैंक
करिब ५१ करोड चुक्ता पुँजी लिएर सन् २००७ मा वीरगञ्जमा स्थापना भएको ग्लोबल बैंक अहिले ५७ अर्ब रूपैयाँ पुँजीको मुलुककै सबैभन्दा ठूलो बैंक भएको छ। स्थापनाको १६ वर्षमा बैंकले धेरै उचाइ लिएको छ। पुँजीमात्र होइन ग्राहक, शाखा सञ्जाल, लगानी, सम्पत्तिलगायत सबै दृष्टिले ग्लोबल आईएमई बैंक नेपालकै सबैभन्दा ठूलो बैंक बनेको हो।




ग्लोबल बैंकको नाममा स्थापना भएको भए पनि आइएमई फाइनान्ससँग गाभिएपछि सन् २०१२ मा ‘ग्लोबल आइएमई बैंक’ बनेको थियो। नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई अबलम्बन गर्दै आएको ग्लोबलले बैंक अफ काठमाडौंसँग एकीकरण गरी आइतबारबाट ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको छ।

दुई बैंक एकीकरण भएपछि बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब रूपैयाँ, पुँजी ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १२ अर्ब, कुल ऋण ३ खर्ब ७७ अर्ब रूपैयाँ पुगेको छ। बैंकका कुल ग्राहक ४० लाख, ७७ वटै जिल्ला र विदेशमा समेत गरी सेवाग्राही केन्द्र ११ सय पुगेको बैंकले जनाएको छ। मर्जरपछि बैकका शाखा ३ सय ६५ पुगेका छन्।

त्यसैगरी, ३ सय ६७ एटीएम, २ सय ८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, विदेशमा ३ वटा सम्पर्क कार्यालय रहेका छन्।

अहिलेसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाबीच मर्ज तथा प्राप्ति भएको ग्लोलब आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले बताए। ‘सबैभन्दा धेरै वित्तीय संस्था मर्ज गरेर मुलुककै सबैभन्दा ठूलो बैंक बनायौं,’ अध्यक्ष ढकालले भने, ‘कुल बजारको करिब १० प्रतिशत हिस्सा ओगटेका छौं।’

राष्ट्र बैंकको मर्जर नीतिलाई अनुशरण गर्दै बैंकलाई यो अवस्थामा ल्याउने प्रमुख श्रेय भने अध्यक्ष चन्द्र ढकाललाई जान्छ। ग्लोबलले यसअघि पनि जनता बैंक नेपाल, नेपाल कमर्ज एण्ड ट्रष्ट लगायतका कमर्सिल बैंकलाई मर्ज गरेको थियो। ‘ग्लोबललाई सबै सूचकमा एक नम्बर बनाएका छौं,’ उनले भने, ‘अब ठूला परियोजनामा लगानी गर्न सकिन्छ।’

ग्लोबलमा ३ वाणिज्य बैंकसहित १८ बैंक तथा वित्तीय संस्था गाभिएका छन्। त्रिवेणी विकास बैंक, गुल्मी विकास बैंक, सोसल डेभलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कन्जुमर डेभलपमेन्ट बैंक, ड्राइ डेभलपमेन्ट, ब्राइट डेभलपमेन्ट, पब्लिक डेभलपमेन्ट र सिद्धार्थ डेभलपमेन्ट बैंक गाभिएका थिए। त्यसैगरी, फाइनान्स कम्पनीतर्फ आईएमई, लर्ड बुद्ध, हाथ वे, शुभलक्ष्मी र नेपाल आवास लगायतका कम्पनी पनि ग्लोबलमा मिसिएका थिए।

नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. चिरन्जिवी नेपालले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जर र प्राप्तिको नीति अघि सारेपछि ढकालले अनुशरण गरेका थिए। २०७२ सालको मौद्रिक नीतिमा वाणिज्य बैंकको चुक्ता पुँजी न्युनतम ८ अर्ब रूपैयाँ पुर्‍याउनुपर्ने बाध्यात्मक व्यवस्था भएपछि मर्जरमा जान थप दबाब परेको थियो। अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले बोनस सेयर वितरण, हकप्रद सेयर निष्कासन लगायतका उपायबाट चुक्तापुँजी पुर्‍याए पनि ग्लोबलले बैंक तथा वित्तीय संस्थाबीच मर्जर तथा प्राप्तिको नीति अनुसार पुँजी बढाउँदै आएको थियो।

काठमाडौंमा सोमबार आयोजित एक विशेष कार्यक्रमबीच सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई बैंकको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ गरेका छन्।

एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंकहरू ठूलो हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्ने बताए। ‘बैंक मर्जर असाधारण काम हो, यो प्रशंसा योग्य छ। बैंक ठूला हुँदा ठूला-ठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्नेछ। ठूला बैंकले मुलुकको दूरदराजसम्म नवीन बैंकिङ सेवा र वित्तीय साक्षरता अभिवृद्धि गर्न काम गर्न जरुरी छ’ उनले भने। प्रधानमन्त्री दाहालले वर्तमान सरकार अर्थतन्त्र सुधारमा केन्द्रित रहेको र निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन्।

‘वर्तमान सरकार मुलुकको अर्थतन्त्र सुधार गर्न प्रतिवद्ध छ। हामीले हाम्रो पहिलो क्याबिनेट बैठकबाट नै मुलुकको अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ काम सुरु गरेका छौं,’ उनले भने।

नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले अर्थतन्त्रमा सकारात्मक सुधारको संकेत देखिएकाले निजी क्षेत्र हतोत्साहित हुनुपर्ने अवस्था नभएको बताए। उनले नेपाल सरकार निजी क्षेत्रलाई साथमा लिई निजी क्षेत्रको मनोबल बढाएर अगाडि बढ्ने बताएका छन्।  
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस