पर्यटन प्रवर्द्धन गर्न नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’को तयारी
२५ पौष २०७९
•
३ मिनेट पाठ
पर्यटन प्रवर्द्धन गर्न नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’को तयारी
वेष्टर्न ट्राभल मार्टको तयारीबारे नेपालगन्जमा सोमबार आयोजित पत्रकार सम्मेलन। तस्बिर: अर्जुन ओली/नागरिक
नेपालगन्जमा आगामी माघ दोस्रो साता वेष्टर्न ट्राभल मार्ट गरिने भएको छ। पश्चिम नेपालका पर्यटन गतिविधि तथा गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त मार्ट आयोजना गर्न लागिएको हो। गतवर्ष पनि नेपालगन्जमा पहिलो पटक मार्ट आयोजना गरिएको थियो।




नेपाल पर्यटन वोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल एशोसियशन अफ नेपाल ९हान०, होटेल व्यवसायी संघ लगायतका संघ, संस्थाको सहकार्यमा आगामी माघ १५ देखी १७ गतेसम्म ट्राभल मार्ट गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा वेष्टर्न ट्राभल मार्टका संयोजक श्रीराम सिग्देलले पश्चिम नेपालको पर्यटकीय क्षेत्रको प्रचार गर्नका लागि ट्राभल मार्ट गर्न लागिएको प्रष्ट्याए। ‘भारतका पर्यटन ब्यवसायीहरु ट्राभल मार्टमा आउँदै हुनुहुन्छ, हामीले उहाँहरुलाई पर्यटकीय गन्तब्यहरुमा लैजान सकियोस्, चिनाउन सकियोस्, भारतीय पर्यटन ब्यवसायीले प्रचार–प्रसार गरिदिनु भयो भने तेस्रो मुलुकमा जाने पर्यटकलाई नेपाल फर्काउने वातावरण तयार बन्नेछ,’ उनले भने।

सो क्रममा नेपाल पर्यटन बोर्डका सिइओ डा. धनन्जय रेग्मीले विदेशी पर्यटन ब्यवसायीलाई नेपालमा बोलाएर यहाँका पर्यटकीय गन्तब्यमा पुर्याई प्रत्यक्ष अनुभुती गराएर स्वदेशमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले ट्राभल मार्ट आयोजना गर्दै आएको बताए। ‘हामीले यसअघि गरेको ट्राभल मार्टले केही हदसम्म सकारात्मक उत्साह ल्याएर आएको थियो, जसले धेरै भारतीय पर्यटकलाई सजिलै नेपाल जान सकिन्छ भन्ने सन्देश गएको छ,’ उनले भने ‘हामी विदेशमा गएर प्रवद्र्धन गर्नुभन्दा उनीहरु यहाँ आफै अनुभुती गरेर गए भने नेपालको पर्यटकिय क्षेत्रको प्रचार प्रचार हुन्छ भन्ने हिसाबले ट्राभल मार्ट आयोजना गरिएको छ।’

वेष्टर्न ट्राभल मार्टमा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाई) बाट कार्यकारी निकाय समेत ७५ जना, छिमेकी सिमावर्ती शहरबाट ४० जना र आन्तरिक पर्यटन ब्यवसायी गरी करिव ३ सय जना ट्राभल टुर अपरेटर, ब्लगर, सामाजिक सञ्जाल प्रभावकारीको सहभागिता रहने भएको छ।

मार्टमा काठमाडौं लगायत ७ वटै प्रदेशका पर्यटन व्यवसायीहरु भेला भई स्थानीय सँस्कृति, टूर प्याकेज र लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा पर्यटक आकर्षण गर्ने योजना रहेको आयोजकले जनाएको छ।

‘भारतीय टुर अपरेटर र नेपालका पर्यटन व्यवसायीलाई सहभागी गराई कैलाश मानसरोवर दुरदर्शनका लागि प्रयासरत छौं, क्यानको सहमति हुनासाथ यसले सार्थकता पाउनेमा विश्वस्त छौं,’ संयोजक सिग्देलले भने ‘कर्णाली नदीमा र्याफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगन्जका होटेल तथा क्यासिनोहरुको भ्रमण गराई प्रत्यक्ष अनुभव प्रदान गर्ने कार्यक्रम तय गरिसकिएका छन्।’

यस्तै हेलिकप्टरमार्फत बाँकेको धार्मिक पर्यटकीय स्थल बर्फानी बाबा आश्रम र सन्तानेश्वर मन्दिर दर्शन गराउनका लागि स्थानीय तहसँगको सहकार्यमा हेलिप्याड बनाउने प्रक्रिया अगाडी बढाइएको जानकारी दिए। पश्चिम नेपालको पर्यटन प्रवद्र्धन गरी भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती शहरका करिव ३० जना टुर अपरेटर खरिदकर्ताको रुपमा मार्टमा सहभागी हुने बताइएको छ।

मार्टमा स्टल प्रदर्शनी गर्ने टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्था र भारतबाट सहभागी हुने टुर अपरेटरबीच यस क्षेत्रका टुर प्याकेज बिक्री गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया हुने जनाइएको छ। ‘आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशका पर्यटन व्यवसायीहरुबीच टुर प्याकेजहरुको आदान–प्रदान हुनेछ,’ सिग्देलले थपे। मार्ट आयोजनाले यस क्षेत्रका पर्यटकीय गन्तव्य तथा गतिविधिको प्रचार प्रचार हुन गई कैलाश मानसरोवर दुरदर्शन समेतका लागि माउन्टेन फलाईटको नेपालगन्जबाट सुरुवात गराई पर्यटक आगमनको संख्या बढ्न जाने आयोजकको अपेक्षा छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस