जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण कार्य अर्को वर्षदेखि सुरु हुने
१४ पौष २०७९
•
३ मिनेट पाठ
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण कार्य अर्को वर्षदेखि सुरु हुने
आयोजना निर्माण भइरहेको क्षेत्र जगदुल्ला गाउँपालिका–१ हुरिकोट।
हिमाली जिल्ला डोल्पामा निर्माण हुने अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाले निर्माण पूर्वका अधिकांश काम सम्पन्न गरेको छ।




आयोजनाले मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को सम्पन्न गरेको छ भने विद्युत् खरिद विक्री सम्झौता (पीपीए) को काम पनि अन्तिम चरणमा पुगेको जनाएको छ। आयोजना प्रमुख सञ्जय सापकोटाले अर्को वर्षदेखि निर्माण सुरु गर्ने गरेर काम भइरहेको बताए।

‘आयोजनाका लागि आवश्यक पर्ने २५२ रोपनी जग्गा अधिग्रहण सम्पन्न गरेका छौं, डिपिआर सम्पन्न भइसकेको छ, पीपीएका लागि नेपाल विद्युत् प्राधिकरणमा फाइल पुगेको छ,’ उनले भने, ‘अहिले पहुँच मार्ग र साइट क्याम्प बनाउने काम भइरहेको छ, अर्को वर्षदेखि निर्माण कार्य सुरु हुन्छ।’
आयोजनाले एक वर्षभित्र ठेकेदार र परामर्शदाता छनोट भइसक्ने जनाएको छ। निर्माण सुरु भएको पाँच वर्षभित्र विद्युत् उत्पादन हुने आयोजना प्रमुख सापकोटाले जानकारी दिए।

जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाटको हो। जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २३ मिटर अग्लो ड्याम निर्माण गरेर ६.१ किलोमिटर सुरुङमार्फत पानी मुड्केचुला गाउँपालिका–४ इलमा खसालेर विद्युत् उत्पादन गरिनेछ।

‘नेपालको पानी जनताको लगानी’ अन्तर्गत आयोजना निर्माणका लागि सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको ९ प्रतिशत, कर्णाली प्रदेश सरकारको ५ प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको १ प्रतिशत शेयर रहनेछ। बाँकी ४९ प्रतिशत शेयर सर्वसाधारणका लागि खुल्ला गरिनेछ।

आयोजनाका लागि जगदुल्ला गाउँपालिकामा १७५ रोपनी र मुड्केचुला गाउँपालिकामा ७७ रोपनी जग्गाको स्थानीयलाई मुआब्जा दिएर अधिग्रहण गरिएको छ।

‘हुरिकोटमा टेष्ट अडिटको काम पनि सम्पन्न भइसकेको छ,’ उनले भने, ‘अहिले त्रिवेणीदेखि आयोजना स्थलसम्मको पाँच किलोमिटर सडक निर्माण भइरहेको छ।’
२० अर्ब लगानीमा निर्माण हुने आयोजनाबाट दैनिक एक करोड २० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा दिइएको छ। आयोजना निर्माण सम्पन्न भएमा राज्यलाई वार्षिक झण्डै २९ करोड राजश्व उपलब्ध हुनेछ। अर्धजलासययुक्त जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि २०७४ जेठ १६ गते कम्पनी स्थापना गरिएको थियो।

प्रदेश सरकारलाई शेयर प्रमाणपत्र

जगदुल्ला जलविद्युत आयोजनाको पाँच प्रतिशत शेयर खरिद गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारलाई शेयर खरिदबापतको प्रमाणपत्र आयोजनाले उपलब्ध गराएको छ। बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आयोजना प्रमुख सापकोटाले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई शेयर प्रमाणपत्र हस्तान्तरण गरे।

प्रदेश सरकारले ११ लाख ७१ हजार ५०० कित्ता शेयर खरिद गरेको हो। प्रदेश सरकारले प्रति शेयर एक सयका दरले ११ करोड ७१ लाख ५० हजार सेयर बापतको रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई दिएको छ।

कार्यक्रममा मुख्यमन्त्री शाहीले जलविद्युतको प्रशस्त सम्भावना भएपनि अहिलेसम्म कर्णालीमा ठुला आयोजना निर्माण नभएको बताए। उनले राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्ने नीतिले प्रदेश सरकारको आन्तरिक आम्दानीमा वृद्धि हुने बताए।

‘सुरु हुँदै गरेका र सुरु हुने आयोजनामा प्रदेश सरकारले लगानी गर्ने नीति अनुसार जगदुल्लाको पाँच प्रतिशत शेयर प्रदेश सरकारले खरिद गरेको हो,’ उनले भने, ‘विद्युत् उत्पादन सुरु भएपछि प्रदेश सरकारले विद्युत्मार्फत राम्रो आम्दानी गर्छ।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१० घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस