उदयपुरमा ५ महिनाको राजश्व झण्डै १७ करोड
१३ पौष २०७९
•
४ मिनेट पाठ
उदयपुरमा ५ महिनाको राजश्व झण्डै १७ करोड
उदयपुरमा आर्थिक वर्ष आधा बित्न लाग्दासम्म राजश्व संकलन लक्ष्यको ८५ प्रतिशत मात्र भएको छ। झण्डै ६ महिना बित्न लाग्दा १५ प्रतिशत कम राजश्व संकलन हुनु अर्थतन्त्र बिग्रनुकै सूचक हो।




करदाता सेवा कार्यालय गाईघाटले साउनदेखि मङ्सिर सम्म ५ महिनाको अवधिमा १६ करोड ८१ लाख ७१ हजार मात्र संकलन गरेको छ। जब कि ५ महिनाको राजश्व संकलन लक्ष्य १९ करोड ६९ करोड ७५ हजार हो।

निमित्त कर अधिकृत रञ्जित कार्कीका अनुसार चालु वर्ष लक्ष्य चुम्न नसक्नुमा मुख्य कारण मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलनमा सङ्कुचन आउनाले हो। गएको ५ महिनामा भ्याटबापत राजश्व लक्ष्यभन्दा १९ प्रतिशत कम ८ करोड ३८ लाख मात्र संकलन भइरहेको छ। कार्यालयले भ्याटबापतको कर १० करोड ४१ लाख उठाउने लक्ष्य लिएकोमा ८१ प्रतिशत मात्र उठेको कार्कीले बताए।

त्यसैगरी आयकर ६ करोड ८७ लाख उठेको छ। यो अवधिमा आयकर ६ करोड ७२ लाख उठाउने लक्ष्य कार्यालयले लिएको थियो। ४६ लाख उठाउने लक्ष्य राखेको घर बहाल कर ३४ लाख ७६ हजार मात्र संकलन भएको छ भने २९ लाख ५ हजारको लक्ष्य लिएको व्याज कर बापतको राजश्व १५ लाख ३८ हजार मात्र उठेको छ।

अन्त: शुल्क अझ लक्ष्यको थोरै हिस्सा उठेको कार्कीले बताए। उनका अनुसार १ करोड ७३ लाखको लक्ष्य लिएको अन्त शुल्क अहिलेसम्म १ करोड ५ लाख मात्र संकलन भएको छ, जुन ६१ प्रतिशत मात्र हो। चालु वर्ष कार्यालयले ५८ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ६ महिना बित्न लाग्दासम्म उठेको अवस्थाले लक्ष्य चुम्न गाह्रो हुने अनुमान गरेको छ।

पुस महिना राजश्व संकलनको ‘पिक सिजन’ भएकाले अहिले नै हिम्मत भने नहारेको कार्कीको भनाइ छ। उनका अनुसार पुस मसान्तसम्ममा अद्र्धवार्षिक लक्ष्य छुन सक्यो भने वार्षिक लक्ष्य पनि चुम्न सकिने अनुमान छ।

कार्कीले पुसमा बैंक तथा वित्तीय संस्थाहरूको क्लोजिङ हुने भएकाले बाक्लै राजश्व संकलन हुने गरेको बताए। ‘गएको ५ महिनाको राजश्व उठ्ती उत्साहजनक छैन’ कार्कीले भने ‘ तर पुस महिना कर उठने पिक आवर भएकाले अद्र्धवार्षिक लक्ष्य छुन्छ होला। अद्र्धवार्षिक लक्ष्य छुन सक्यो भने वार्षिक लक्ष्य पनि पुरा होला कि!’

यसअघि राजश्व संकलन दर अघिल्लोभन्दा पछिल्लोमा बढ्दै आएको उदयपुरमा यो वर्ष पहिलो पटक लक्ष्य नभेटेको कार्यालयले जनाएको छ। हरेक वर्ष अघिल्लोभन्दा बढी कर उठ्ने गरेको र गत वर्ष लक्ष्यको १ सय ११ प्रतिशत बढी जम्मा भएको कार्कीले बताए। विगत वर्षहरूकै राजश्व उठतीको अनुपातमा कार्यालयले लक्ष्य निर्धारण गर्दै आएकोमा यस वर्ष लक्ष्यभन्दा २५ प्रतिशत कम संकलन हुनुमा मुख्य कारण कोभिडको कहर र संसद विघटन मानिएको छ।

मुख्य कारण कोभिड कहर र संसद् विघटन

२ वर्ष विश्व महामारी कोभिड कहर र २ पटक संसद विघटनको असरले नेपाली अर्थतन्त्र नराम्ररी प्रभावित हुँदा चालु वर्षको राजश्व सङ्कलनमा कमी आएको देखिएको छ। कोभिड र संसद विघटनपछिको आन्दोलनमा भएको अर्बौँ अनुत्पादक खर्चको प्रभाव राजश्व संकलन खुम्चिनु हो।

पहिलो कोभिडमा ०७५ चैत ११ देखि साउनसम्म लकडाउन हुँदा व्यवसाय ३ महिना ठप्प भएको थियो। ४ महिनापछि सामान्य खुलेको बजार उठ्न खोज्दै गर्दा अर्को वर्षको भेरिएन्टले पुनः थला परेको थियो। २ वर्ष कोभिड कहरले जर्जर भएको अर्थतन्त्र २ पटक संसद विघटनले निम्त्याएको आन्दोलनमा अनुत्पादक खर्च भएर थप मारमा पर्न गयो।

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ०७७ पुस ६ गते पहिलो पटक संसद विघटन गर्दा उत्ति विरोध नभए पनि दोस्रो पटकको संसद विघटनपछि देशव्यापी आन्दोलन चर्कियो। अध्यक्ष ओलीको कदमविरुद्ध तत्कालीन नेकपाका नेताहरु पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता माधव नेपाल र झालनाथ खनाल समूहले देशव्यापी विरोध आन्दोलन गरे भने ओली समूहले पनि प्रतिकार आन्दोलन गर्‍यो।

कोभिडले थलिएर भर्खर भर्खर उठ्न खोज्दै गरेको अर्थतन्त्रलाई देशभरको राजनीतिक आन्दोलनले चिसो पानी छम्केसरह गरिदियो। राजधानी काठमाडौं, पोखरा, बिराटनगर, धरान, जनकपुर, वीरगन्ज, धनगढी, रुपन्देहीजस्ता ठुला सहरदेखि साना बजारसम्म भएका आन्दोलनमा सहभागी नेता कार्यकर्ता र जनता ओसार्न हजारौँ संख्यामा ठुला साना गाडी र मोटरसाइकल चल्दा इन्धन, गाडी भाडा र नेता कार्यकर्ता, आमसभामा सहभागी सर्वसाधारणलाई मासु, भात, चिसो पेय र मदिरा पानमा अनुत्पादक खर्च अर्बौँ लगानी भएको अर्थशास्त्रीहरूको ठहर छ।

यसरी भएको अनुत्पादक लगानीले दिनदिनै अर्थतन्त्र धराशायी हुँदै बजारमा तरलता अभाव हुँदै गयो र बैङ्कहरू टाट पल्दने अवस्थातर्फ उन्मुख भए। त्यही बेला युक्रेन र रुसबिच चर्केको युद्धको बाछिटाले थप नेपाली अर्थतन्त्रलाई हिर्कायो। यता त्यसै बेला सरकारले वैदेशिक मुद्रा (अमेरिकन डलर) को बहिर्गमन रोक्न बिलासी सामग्री आयातमा रोक लगाउँदा राजश्व संकलन थप खुम्चिएर अर्थतन्त्र थप प्रभावित पारेको अर्थ शास्त्रीय मूल्याङ्कन छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस