‘गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग’को सुरुवाती खण्डको सडक फराकिलो गर्ने काम सुरु भएको छ। लोकमार्गको गाईघाट–साउने खण्ड अन्तर्गत गाईघाटस्थित आँखा उपचार केन्द्र भवनदेखि बरुवा खोला पुलसम्म स्तरोन्नतिसहित कालोपत्रे हुन लागेको हो।
गाईघाट–बोक्से सीमास्थल आँखा अस्पतालदेखि बोक्से, करमगाछी हुँदै बरुवा खोलाको पक्की पुलसम्म ४ किलो ४ सय ७५ मिटर सडक स्तरोन्नतिसहित अस्फाल्ट प्रविधिमा कालोपत्रे गर्न लागिएको हो। त्यसका लागि मंसिर १२ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले धमाधम काम गर्न थालेको गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरका प्रमुख (डिई) गोपाल खकुरेलले बताए।
उनका अनुसार सडक स्तरोन्नतिका लागि मूल्य अभिबृद्धि कर (भ्याट) सहित ८ करोड ३४ लाख ६० हजार १ सय २७ रुपैँयामा ठेक्का सम्झौता भएको छ। जय एण्ड ब्रदर–पबित्रा जेबीले जिम्मा पाएको काम आगामी ६ महिनाभित्र अर्थात ०८० जेठ १२ गतेसम्ममा सक्नुपर्ने सम्झौता भएको डिई खकुरेलले बताए।
सम्झौतालगत्तै निर्माण कम्पनीले आँखा अस्पताललाई जिरो माईल मानेर साता दिनअघि नै सडक फराकिलो गर्ने काम सुरु गरिसकेको छ। साढे ७ मिटर कालोपत्रेसहित ११ मिटर चौडाईको फराकिलो सडक निर्माण गर्न दायाँबाँया दुवैतर्फ बढाउने योजना रहेको छ। फराकिलो पार्न आँखा अस्पतालदेखि बोक्से उक्लने सडकछेउको खहरेदेखि रिटेनिङ वाल (पर्खाल) लगाउने काम भईरहेको छ। त्यसका लागि सडकछेउमा रहेको बडेमानको सालको रुख डिभिजन वन कार्यालयले ढालेको छ।
फराकिलो र अस्फाल्ट पिचसहितको सडक स्तरोन्नति हुने भएपछि बरुवा पुलसम्मको सडक आकर्षक हुनुका साथै सवारी आउजाउमा सहज हुने कार्यालयले जनाएको छ। यसअघि गरिएको पिच गुणस्तरीय नभएको तथा चौडाई पनि ६ मिटर भनिएकोमा ठाउँठाउँ ४ मिटर मात्र भएकाले साँघुरो हुँदा दोहोरो लेनमा यातायात चल्न गाह्रो थियो।
पूर्वमा झापाको बाहुनडाँगीदेखि पश्चिममा डढेलधुराको रुपालसम्म पिबस्तार भईरहेको मदन भण्डाली लोकमार्गको धरानदेखि सिन्धुलीसम्मको निर्माण कार्य अन्तिम चरणमा पुगिसकोको छ। विगत ३ वर्षअघि नै सदरमुकाम गाईघाटलाई चिरेर पूर्व–पश्चिम जोडिएको मदन भण्डारी लोकमार्गसँग जोडिएको हुनाले गाईघाट दिक्तेल सडकलाई पनि स्तरोन्नति गर्नैपर्ने बाध्यता आइपरेको हो।
मदन भण्डारी सडकको कालोपत्रे उच्च गुणस्तरीय भएकाले त्यससँग जोडिएको गाईघाट दिक्तेल सडक पनि उत्तिकै गुणस्तरीय र आकर्षक हुनुपर्ने भएर सडक योजनाले गाईघाट–बरुवा खण्डमा अस्फाल्ट प्रविधिकै कालोपत्रेसहित स्तरोन्नति कार्य अघि बढाएको खकुरेलले बताए। चालु वर्ष विनियोजित ४० करोड रुपैयाँ मध्येबाट सो कार्य थालिएको र बजेट बाँकी रहे बरुवा पुलभन्दा उता पनि थप सडक स्तरोन्नति गर्ने योजना रहेको उनको भनाई छ।
झण्डै ३ दशकअघि सुरु भएको गाईघाट दिक्तेल लोकमार्गमा हालसम्म गाईघाटदेखि खाँबुको बागखोरसम्म कालोपत्रे भएको छ। तर, सरफेस ड्रेसिङ प्रबिधिमा गरिएको कालोपत्रे उत्ति गुणस्तरीय भने नहुने भएकाले अस्फाल्ट प्रविधिमै गर्ने गरी स्तरोन्नति गर्न प्राविधिकहरुले सुझाएका छन्। ०५३ सालमा खोटाङका तत्कालीन निर्माण तथा यातायात मन्त्री अशोक राईको पहलमा सुरु भएको सगरमाथा लोकमार्ग निर्माणको जिम्मा लिएका ठेकेदारको लापरबाहीले काम हुन सकेको छैन।
लोकमार्गको उदयपुृरतर्फ गाईघाटदेखि सुनकोसी सीमा फोक्सिन्टारसम्म खाँबुसम्म कालोपत्रे तथा नाला र कल्भर्टको काम ६० प्रतिशत हाराहारी भए पनि खोटाङतर्पm फोक्सिन्टारदेखि दिक्तेलसम्म भने त्यति पनि हुन सकेको छैन। सो लोकमार्गको मुख्य समस्या मानिएको फोक्सिन्टारस्थित सुनकोसीको पक्की पुल भने १० वर्षमा निर्माणको अन्तिम चरणमा पुग्दा नपुग्दै भर्खर यातायात आउजाउ गर्न थालेका छन्।