चर्को ब्याजदरविरुद्ध आन्दोलनमा उत्रिएका विराटनगरका उद्योगी व्यवसायीहरूले सोमबार विराटनगरस्थित नेपाल राष्ट्र बैङ्कको गेटमा धर्ना दिएका छन्।
राष्ट्र बैङ्कको काम अवरुद्ध पार्दै उद्योगी व्यवसायीहरूले धर्ना दिएका हुन्। कार्यालय समयभन्दा पहिलै बैङ्कमा पुगेर धर्नामा बसेका उद्योगी व्यवसायीहरूले राष्ट्र बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा समेत रोक लगाए।
उद्योगी व्यवसायीले कार्यालय प्रवेशमा रोक लगाएपछि बैंकका कर्मचारीहरू बैंक नजिकैको फर्निचर उद्योगमा घाम तापेर बसेका थिए।
उद्योगी व्यवसायीहरूले राखेका माग पूरा नगरेका कारण आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूको भनाइ छ। बैङ्कको व्याज दर एकल अङ्कमा झार्नु पर्ने, चालुपूँजी कर्जाको नीति संशोधन गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका हुन्।
उद्योगी व्यवसायीका माग सम्बोधन गर्नेतर्फ सरकार र राष्ट्र बैङ्कले चासो नदिएको उनीहरूको गुनासो छ।
पुराना माग यथावत् राखी नयाँ थप मागसहित बैङ्कको ‘काम रोक’ आन्दोलन सुरू गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए। उनका अनुसार पुराना माग यथावत् राख्दै निजी बैङ्कहरूलाई सरकारीकरण गर्नुपर्ने र राष्ट्र बैंकका गभर्नरले राजीनामा दिनुपर्ने नयाँ माग थप गरिएको छ। उक्त माग पूरा नभएसम्म आन्दोलन थप चर्काउँदै लैजाने रिजालले चेतावनी दिए।
यसै गरी राजनीतिमा आएको परिवर्तनसँगै माग पूरा हुनेमा समेत उद्योगी व्यवसायीहरू आशावादी देखिएका छन्। नयाँ सरकारले आफूहरूका माग सम्बोधन गर्नेमा आशावादी रहेको मोरङ व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुण्दडाले बताए।
त्यस्तै, उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले आन्दोलन गर्ने आफूहरूको चाहना नहुँदा नहुँदै पनि बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए। मोरङ व्यापार संघ, उद्योग सङ्गठन मोरङ, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १, विराट व्यापार सङ्घलगायत उद्योगी व्यवसायीहरूका दर्जनौँ संघ सङ्गठनहरू संयुक्त रुपमा चर्को व्याजविरुद्ध आन्दोलनमा उत्रिएका छन्।