हुम्ला जोड्ने वैकल्पिक सडक सञ्चालन
१० पौष २०७९
•
३ मिनेट पाठ
हुम्ला जोड्ने वैकल्पिक सडक सञ्चालन
सडक हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, बेलायती राजदूत निकोला पोलिटलगायत।
मुगुको बाम गाउँका आइते बुढाले जीवनको अधिकांश समय हाट र भोटबाट भारी बोकेर बिताए। हिमाली जिल्ला हुम्लासँग सीमा जोडिएको बामबाट हाट (तराई) र भोट (चीन) पुगेर फर्कन महिना दिन लाग्थ्यो। ‘१२ वर्षको हुँदादेखि हाट–भोट गर्न लागेको हुँ,’ ६५ वर्षका बुढाले भने, ‘हाट जाँदा पनि एक महिना लाग्थ्यो, भोट जाँदा पनि त्यतिनै समय लाग्थ्यो।’  




मुगाली हाट (नेपालगञ्ज) गएर लत्ता–कपडा ल्याउँथे। भोटमा नुन ल्याउँथे। ‘एक पटक हाट र एक पटक भोट गरेर वर्षका दुई महिना बिताउँथ्यौं,’ उनले भने, ‘अहिले आँगनमै सडक छ, पैसा मात्रै हुनुपर्‍यो, गाउँमै सबै चिजवस्तु किन्न पाइन्छ।’ साविकको कर्णालीमा सडक पुगेको धेरै समय भएको छैन्। २०६४ सालमा कर्णाली राजमार्ग खुलेसँगै जुम्लासम्मको यात्रा सहज भयो। २०७३ सालमा मुगु सदरमुकाम गमगढीसम्म गाडी आउन थाल्यो। अहिले पनि हुम्ला जिल्ला सडक सञ्जालसँग जोडिएको छैन्।

बेलायती सहयोगमा मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिकाको देउलीसम्म ६७ किलोमिटर सडक निर्माण भएको छ। बुढाको बाम गाउँ हुँदै यो सडक चंखेली हिमाललाई छेको पारेर हुम्लाको दक्षिणी भूभागसम्म पुग्छ। बामका धर्मसिंह बढुवाल गाउँमा सडक पुगेपछि धेरै कुरा सहज भएको बताउँछन्। ‘सडकले महिनौ लगाएर पिठ्युँमा बोक्नुपर्ने भारी बिसाएको छ, बिरामी हुँदा सहजै अस्पताल पुग्न पाएका छौं,’ बढुवालले भने, ‘गाउँको उत्पादन पनि बिक्री गर्न पाएका छौं, सडकले सुविधासँगै समृद्धि पनि ल्याएकोे छ।’ बाम गाउँमा उत्पादन हुने स्याउ र बहुमूल्य जडिबुटी अहिले सहजै बजारसम्म पुग्ने गरेको छ। ‘पहिले–पहिले डोकोमा बोकेर बजार पु¥याउँदा दुःख अनुसारको मूल्य पाइदैनथ्यो, स्याउ त कहिल्यै बिक्री गरेनौं,’ उनले भने, ‘अहिले सडक पुगेसँगै घर–आँगनबाटै फलफूल र जडीबुटी बिक्री हुन थालेको छ।’

१ अर्ब ६६ करोड ९३ लाख ५२ हजारमा निर्माण भएको सडक बेलायत सरकारले कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गर्‍यो। सडक हस्तान्तरण कार्यक्रममा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सात वर्षको उमेरदेखि हिँडेर यात्रा गरेको स्मरण गरे। ‘हुम्लाबाट यही बाटो भएर महिना दिन लगाएर नेपालगञ्ज पुग्थ्यौं, मान्छे हिँड्न धौ–धौ हुने सडकमा अहिले गाडी गुडाएर आएका छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘विकासको पहिलो आधार नै सडक हो, सडक भएपछि अरू आवश्यकता पनि पूरा हुँदै जान्छन् ।’  

मुख्यमन्त्री शाहीले मुगुलाई हुम्लाको दक्षिणी भेगसँग जोड्ने सडकको धेरै महत्व रहेको बताए। यो सडकले मुगुको गमगढी हुँदै हुम्लाको सल्लीसल्लामा कर्णाली करिडोरलाई भेट्छ। कर्णाली करिडोर कालिकोटको खुलालुबाट सुरु भएर चीनको सीमा हिल्सासम्म पुग्छ। चीनसम्म पुग्नका लागि यो वैकल्पिक मार्ग पनि हो। ‘यो सडक चीनसम्म पुग्ने वैकल्पिक मार्ग पनि हो,’ मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश सरकारले उच्च प्राथमिकता दिएर यसको मर्मत संभारको काम गर्छ।’

बेलायती राजदूत निकोला पोलिटले गमगढी–देउली सडकले हुम्लालाई औपचारिक रूपमा सडक सञ्जालसँग जोडेको बताइन्। ‘बेलायत सरकारको प्रमुख ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत ४.५ मिटर चौडा मोटरेवल लिंक रोडले खुट्टाले हिँड्ने बाटोलाई प्रतिस्थापन गरेको छ,’ राजदूत पोलिटले भनिन्, ‘यो बेलायतले नेपालमा निर्माण गर्न मदत गरेको सबैभन्दा लामो ग्रामीण सडक हो।’ यो सडकले चंखेली हिमालको तीन हजार तीन सय मिटरको अग्लो डाँडा पार गरेको छ। ६७ किलोमिटर सडकमध्ये मुगुमा ३३ किलोमिटर र हुम्लामा ३४ किलोमिटर पर्छ। यो सडकमा चार वटा पुल निर्माण गरिएका छन्। राजदूत पोलिटले सडक बेलायतको हरित, लचिलो समावेशी विकास उद्देश्य पूरा गर्ने दीर्घकालीन रणनीतिक द्विपक्षीय सहयोगको उदाहरण भएको बताइन्। ‘यो परियोजनाको सफल समापनले स्थानीय जनता, सरकारका विभिन्न निकायहरू एक ठाउँमा हुँदा ठूलो परिवर्तन संभव छ भन्ने देखाउँछ,’ उनले भनिन्।

राजदूत पोलिटले सडक सञ्चालनमा आएसँगै खाद्यान्नमा ४३ प्रतिशतले मूल्य घट्नुका साथै बजार, स्वास्थ्य सुविधालगायतमा उल्लेख्य परिवर्तन आएको बताइन्।  

अक्टोबर २०१८ बाट सुरु भएको सडक निर्माणका क्रममा चार हजार चार सय बढी स्थानीय श्रमिकहरूलाई रोजगारी दिइएको र श्रमशक्तिको ३५ प्रतिशत भन्दाबढी महिलाहरू सहभागी भएको उनले जानकारी दिइन्। ‘महिलालाई पनि पुरुष सरह ज्याला दिएर काममा लगाइएको थियो,’ उनले भनिन्, ‘सडकमा काम गर्ने प्रत्येक श्रमिकले आठ लाख बढी आम्दानी गर्न पनि सफल हुनु भएको थियो।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१० घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस