अढाइ अर्ब लागतमा नयाँ रोलिङ उद्योग
०८ पौष २०७९
•
३ मिनेट पाठ
अढाइ अर्ब लागतमा नयाँ रोलिङ उद्योग
सुनसरी–मोरङ औद्योगिक करिडोरमा नयाँ रोलिङ उद्योग सञ्चालनमा आएको छ। सुनसरीको दुहबी नगरपालिका–१ मा २ अर्ब ५० करोडको लागतमा स्वस्तिक रोलिङ उद्योग सञ्चालनमा आएको हो।  




शुक्रबार उद्योगले पत्रकार सम्मेलन गर्दै उद्योग र त्यसको उत्पादनको विषयमा जानकारी गराएको थियो। पत्रकार सम्मेलनमा उद्योगका निर्देशक रमेश राठीका अनुसार उद्योगले ‘बजरंग’ब्रान्डको टिएमटी उत्पादन गर्छ। यसबाहेक बिलेटको व्यावसायिक कारोबार गर्नुका साथै ७० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर छड, डिलेट, एंगल, च्यानल र आइबिमको उत्पादन गर्ने निर्देशक राठीले बताए।

नेपालका ९० प्रतिशत उद्योगले आफ्नै भट्टी राखेर आफैं ब्लेड उत्पादन गर्ने गरेको भन्दै उनले आफ्नो उद्योगको क्षमता दैनिक ५ सय टन उत्पादन रहेको जानकारी दिए। उद्योगले भारतको टाटा स्टील्सबाट कच्चा पदार्थ आयात गरी अत्याधुनिक युरोपियन टेक्नोलोजीको प्रयोग गरी मजबुत, कम खिया लाग्ने र बढी लचकदार उत्पादन गर्ने र यसले सिमेन्टसँग राम्रो पकड राख्ने बताएका छन्।

भारतबाट बिलेट आयात गरी फलामे डण्डी उत्पादन गर्ने अर्ध तयारी उद्योगको विकल्पमा स्वस्तिक रोलिङले कच्चा पदार्थमा आधारित उद्योगबाट ‘बजरंग’ब्राण्डका डण्डीहरु बजारमा पठाउन थालेको छ। नेपालमा खपत हुने एंगल, च्यानल र बिमको आयात करिब बन्द भइसकेको बताउँदै, निर्देशक राठीले भने, ‘कच्चा पदार्थमा आधारित फलाम उद्योग स्थापना भएसँगै यी वस्तुहरु नेपालमै उत्पादन हुन थालेका छन्। धेरै प्रकारका डण्डी नेपालमै उत्पादन हुन थालेको र यहाँ उत्पादन नभएका केही मात्र अहिले भारतबाट आयात भइरहेका छन्।’

स्वदेशी कच्चा पदार्थको रुपमा नेपालमै पाइने ७० प्रतिशत कवाडी (स्क्रयाब)प्रयोग गरेर डण्डीलगायतका सामान उत्पादन भइरहेको छ भने गुणस्तीय बनाउन ३० प्रतिशत स्पन्ज आयात गरी प्रयोग गरिएको छ। ‘बजरंग’ब्राण्डका उत्पादनहरुलाई गुणस्तरीय बनाउन भारतको टाटा कम्पनीबाट स्पन्ज आयात गरी प्रयोग गरिएको हुँदा गणस्तरमा कुनै कमी नआउने बताउँदै, निर्देशक राठीले भने, ‘हाम्रो उत्पादनको गुणस्तर कम हुन नदिनका लागि विश्वमा प्रख्यात कम्पनी टाटाबाट स्पन्ज ल्याएर उत्पादन गर्दै आएका छौं। कम्पनीले उत्पादन गरेका हरेका किसिममा डण्डीहरु गुणस्तर परीक्षण गरेर मात्रै बजारमा पठाउने हुँदा गुणस्तरमा कुनै कमी छैन। बजारमा हाम्रो उत्पादनको माग धेरै छ। त्यसलाई पूरा गर्न सकेका छैनौं।’

‘बजरंग’ब्राण्डका उत्पादन गुणस्तरीय भएकाले उपभोक्ताले रुचाएका कारण यसले चाँडै नै बजार लिएको निर्देशक राठीले बताए। उनले ‘बजरंग’ब्राण्डका डण्डी एक पटक किनेका ग्राहकले खोज्दै पुनः त्यही लिने गरेको व्यापारहरुले बताए। विर्तामोडका प्रकाश चौधरीले ‘बजरंग’ब्राण्डका डण्डी बेच्न गाह्रो नभएको बताए। उनले यो कम्पनीको डण्डी ‘पुस सेल’ गर्नु परेन किनभने एक पटक प्रयोग गरेका ग्राहक आफू आउने मात्रै नभई अरुलाई पनि ल्याउने गर्दा सजिलो भएको छ।

भारतबाट अर्ध तयारी वस्तु ल्याउनुभन्दा कच्चा पदार्थमा ल्याएर उत्पादन गर्दा बढी फाइदा हुने निर्देशक राठीले बताए। उनले भने, ‘कच्चा पदार्थ ल्याएर उत्पादन गर्दा मूल्य अभिवृद्धि भई राज्यलाई राजश्व वृद्धि हुने र उपभोक्तालाई पनि सस्तो हुनेछ। ६० प्रतिशत उत्पादन गर्दै आएको उद्योगले  पुस मसान्तभित्र शतप्रतिशत उत्पादन गर्ने छ। अहिले ३ सय जनाले काम गर्दै आएका छन् भने पूर्ण रुपमा उद्योग सञ्चालनमा आएपछि ५ जना बढीले रोजगारी पाउने छन्। कच्चा पदार्थमा आधारित उद्योगहरु सञ्चालनमा आएपछि मूल्य घटेको छ। यस अघिसम्म मूल्य अभिवृद्धि करबाहेक प्रतिकिलो १ सय ५ रुपैयाँमा बिक्री हुँदै आएको डण्डी अहिले ८८ रुपैयाँमा कारोबार भइरहेको जानकारी दिए।  
अर्को समाचार
अढाइ अर्ब लागतमा नयाँ रोलिङ उद्योग
११ पौष २०७९
•
२ मिनेट पाठ
अढाइ अर्ब लागतमा नयाँ रोलिङ उद्योग
सुनसरी–मोरङ औद्योगिक करिडोरमा नयाँ रोलिङ उद्योग सञ्चालनमा आएको छ ।




सुनसरीको दुहबी नगरपालिका–१ मा २ अर्ब ५० करोडको लागतमा स्वस्तिक रोलिङ उद्योग सञ्चालनमा आएको हो। शुक्रबार उद्योगले पत्रकार सम्मेलन गर्दै उद्योग र त्यसको उत्पादनको विषयमा जानकारी गराएको थियो। पत्रकार सम्मेलनमा उद्योगका निर्देशक रमेश राठीका अनुसार उद्योगले ‘बजरंग’ब्रान्डको टिएमटी उत्पादन गर्छ। यसबाहेक बिलेटको व्यावसायिक कारोबार गर्नुका साथै ७० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर छड, डिलेट, एंगल, च्यानल र आइबिमको उत्पादन गर्ने निर्देशक राठीले बताए।  

नेपालका ९० प्रतिशत उद्योगले आफ्नै भट्टी राखेर आफैं ब्लेड उत्पादन गर्ने गरेको भन्दै उनले आफ्नो उद्योगको क्षमता दैनिक ५ सय टन उत्पादन रहेको जानकारी दिए। उद्योगले भारतको टाटा स्टिल्सबाट कच्चा पदार्थ आयात गरी अत्याधुनिक युरोपियन टेक्नोलोजीको प्रयोग गरेर मजबुत, कम खिया लाग्ने र बढी लचकदार उत्पादन गर्ने हुँदा यसले सिमेन्टसँग राम्रो पकड राख्ने बताएका छन्।  

भारतबाट बिलेट आयात गरी फलामे डण्डी उत्पादन गर्ने अर्ध तयारी उद्योगको विकल्पमा स्वस्तिक रोलिङले कच्चा पदार्थमा आधारित उद्योगबाट ‘बजरंग’ ब्राण्डका डण्डीहरू बजारमा पठाउन थालेको छ। नेपालमा खपत हुने एंगल, च्यानल र बिमको आयात करिब बन्द भइसकेको बताउँदै, निर्देशक राठीले भने, ‘कच्चा पदार्थमा आधारित फलाम उद्योग स्थापना भएसँगै यी वस्तुहरू नेपालमै उत्पादन हुन थालेका छन्। धेरै प्रकारका डण्डी नेपालमै उत्पादन हुन थालेको र यहाँ उत्पादन नभएका केही मात्र अहिले भारतबाट आयात भइरहेका छन्।’

स्वदेशी कच्चा पदार्थको रूपमा नेपालमै पाइने ७० प्रतिशत कवाडी (स्क्रयाब) प्रयोग गरेर डण्डीलगायतका सामान उत्पादन भइरहेको छ भने गुणस्तीय बनाउन ३० प्रतिशत स्पन्ज आयात गरी प्रयोग गरिएको छ। ‘बजरंग’ ब्राण्डका उत्पादनलाई गुणस्तरीय बनाउन भारतको टाटा कम्पनीबाट स्पन्ज आयात गरी प्रयोग गरिएको हुँदा गुणस्तरमा कुनै कमी नआउने बताउँदै, निर्देशक राठीले भने, ‘हाम्रो उत्पादनको गुणस्तर कम हुन नदिन विश्वमा प्रख्यात कम्पनी टाटाबाट स्पन्ज ल्याएर उत्पादन गर्दै आएका छौं। कम्पनीले उत्पादन गरेका हरेक किसिममा डण्डीहरू गुणस्तर परीक्षण गरेर मात्रै बजारमा पठाउने हुँदा गुणस्तरमा कुनै कमी छैन। बजारमा हाम्रो उत्पादनको माग धेरै छ। त्यसलाई पूरा गर्न सकेका छैनौं।’

‘बजरंग’ ब्राण्डका उत्पादन गुणस्तरीय भएकाले उपभोक्ताले रुचाएका कारण यसले चाँडै नै बजार लिएको निर्देशक राठीले बताए। उनले ‘बजरंग’ ब्राण्डका डण्डी एक पटक किनेका ग्राहकले खोज्दै पुनः त्यही लिने गरेको व्यापारहरूले बताए। विर्तामोडका प्रकाश चौधरीले ‘बजरंग’ ब्राण्डका डण्डी बेच्न गाह्रो नभएको बताए। उनले यो कम्पनीको डण्डी ‘पुस सेल’ गर्नु परेन किनभने एक पटक प्रयोग गरेका ग्राहक आफू आउने मात्रै नभई अरूलाई पनि ल्याउने गर्दा सजिलो भएको छ।  
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस