सोमबारदेखि उदयपुरमा खाना महोत्सव सुरु भएको छ। सदरमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोक (पिपल चोक) दक्षिण मूल सडकमा ‘दोस्रो उदयपुर खाना परिकार महोत्सव तथा प्रदेश १ स्तरीय लाखे नाच प्रतियोगिता ०७९’ सुरु भएको हो।
नेवारहरूको जातीय सङ्गठन झिगु नेःवा पुचः त्रियुगा नगर समितिको आयोजनामा महोत्सव सुरु भएको हो। महोत्सवमा नेवारीलगायत बिभिन्न जातीय लोपोन्मुख खाना तथा खाजाका परिकार र पेय पदार्थहरूको स्टल राखिएको छ। खानाका परिकारहरुसँगै महोत्सवमा प्रदेशस्तरीय नेवारी लाखे नाच प्रतियोगिता सञ्चालन हुने आयोजक पुचःले जनाएको छ।
सोमबार महोत्सव उद्घाटन गर्नुअघि आदिवासीलगायत विभिन्न समुदायले जातीय तथा सांस्कृतिक झाँकीसहित गाईघाट बजार परिक्रमा गरेका थिए। झाँकी प्रदर्शनीसँगै बजार परिक्रमापछि कार्यक्रम स्थल पुगेको टोलीमाझ प्रदेश १ का सडक तथा सहरी विकास मन्त्री तथा भर्खरै निर्वाचित उदयपुर १ (ख) का सांसद हिमाल कार्कीले महोत्सवको उद्घाटन गरे।
उद्घाटन क्रममा मन्त्री कार्कीले बिभिन्न जातजातिको भाषा, धर्म, संस्कार र संस्कृतिको गजेर्ना गर्नु राज्यको दायित्व भएको बताए। यस्तो महोत्सवले परम्परागत र लोपोन्मुख खानाका परिकारको बचाउ र विकास गर्नुका साथै उदयपुरको पहिचान स्थापित गर्न मद्दत गर्ने कार्कीको भनाई थियो। खाना परिकारसँगै लाखे नाच प्रतियोगिताले लोप हुँदै गएको धर्म, संस्कार र संकृतिको जगेर्ना गर्नुका साथै पर्यटन विकास र स्थानीय व्यापार व्यवसाय प्रवर्द्धन हुने उनको भनाई थियो।
मन्त्री कार्कीले महोत्सवले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने भएकाले यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि निरन्तर गर्दै जान आग्रह गरे। उनले प्रदेश सरकारबाट हुनसक्ने सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
कार्यक्रममा एमाले उदयपुरका अध्यक्ष प्रमेश घिमिरे, नेपाली कांग्रेसका उपसभापति भिमचन्द्र राई, त्रियुगा ११ का वडाध्यक्ष सुमन्त कोइराला, नेवाः दय दवुका केन्द्रीय सदस्य तिलक श्रेष्ठ, दवु उदयपुरका अध्यक्ष गौरीशंकर उदासलगायतले महोत्सव सफलताको शुभकामना मन्तव्य दिएका थिए।
सातादिन चल्ने महोत्सवमा विभिन्न परिकारहरुका स्टलहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन्। जसमा नेवारी, राई, थारु, दनुवार, तामाङलगायत समुदायगत र नेपाली खानाका परिकारहरु छन्। महोत्सवमा स्थानीय होटल व्यवसायीहरुले फरक फरक परिकारका स्टलहरू प्रदर्शनी र बिक्रीका लागि सञ्चालन गरेका छन्।
नेवारी प्रतिभाको खोजी गर्ने उद्देश्यले महोत्सवमा ‘नेवाः छमछमी सिजन–२’ आयोजना गरिने भएको छ। नेःवा पुच गाईघाटका सचिव गोपाल श्रेष्ठका अनुसार पुस १० गतेसम्म चल्ने महोत्सवको अन्त्यतिर ९ गते प्रदेशस्तरीय लाखे नाच प्रतियोगिता हुनेछ। विजेतालाई १ लाख नगद र प्रमाणपत्रको व्यवस्था गरिएको लाखे नाच प्रतियोगिताका उपविजेताले ७५ हजार, तेस्रो स्थान ल्याउनेले ५१ हजार र सान्त्वनाले २१ हजार नगद पुरस्कार पाउनेछन्।
श्रेष्ठका अनुसार प्रतियोगितामा भाग लिन प्रदेश नम्बर १ का १४ वटै जिल्लालाई आमन्त्रण गरिएको छ। तर, सबै जिल्लाबाट प्रतियोगीको सहभागिता हुने नहुने भन्ने टुङ्गो अहिले नै लागिसकेको छैन। अहिलेसम्म आधा दर्जन जिल्लाबाट सहभागिता निश्चित भएको र अझै समय बाँकी भएकाले अन्य जिल्लाहरू थपिन सक्ने श्रेष्ठले बताए।
आयोजक पुचःका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठका अनुसार उदयपुरमा पहिलो खाना महोत्सव अहिलेकै ठाउँमा २०७५ सालमा आयोजना भएपछि रोकिएको थियो। होटल व्यवसायी संघ उदयपुर र पुचःको संयुक्त आयोजनामा महोत्सव आयोजना गरेकै वर्ष विश्व महामारी कोभिड आइपरेपछि अहिलेसम्म महोत्सव हु्न सकेको थिएन। यसपटक नेवाः पुचः एक्लैले महोत्सव आयोजना गरेको अध्यक्ष श्रेष्ठले बताए।