विराटनगरमा चौथो संस्करणको ‘मिसेस कोसी’ प्रतियोगिता हुने भएको छ। विवाहित महिलाहरूलाई लक्षित गरेर जय मिडिया म्यानेजमेन्टले ‘मिसेस कोसी’ को चौथो संस्करणका आयोजना गर्न लागेको हो। प्रतियोगिताको पहिलो अडिसन पुस २ गते देखी हुनेछ।
प्रतियोगितामा विवाहित महिला, एकल र सम्बन्ध विच्छेद गरेका महिलाहरूले सहभागिता जनाउन पाउने छन्। जय मिडिया म्यानेजमेन्टका अध्यक्ष जयराज रायका अनुसार प्रतियोगितामा सहभागिता जनाउने महिलाहरूका लागि आवेदन खुला गरिएको छ।
विगतमा गरेको प्रतियोगिताले सफलता पाएको र यसमा भाग लिन चाहने महिलाहरूको संख्या व्यापक हुने गरेको बताउँदै, अध्यक्ष रायले भने, ‘मिस्टर र मिसका प्रतियोगितामा मात्रै हुँदै आएकोमा नयाँ प्रतियोगिता हुने भएकाले पनि सहभागिताका लागि धेरैले इच्छा गर्ने गरेका छन् । ‘मिसेस कोसी’ सभ्य र भव्य तरिकाले हुने गरेको छ।’