चर्को ब्याजदरविरुद्ध पश्चिम नेपालका उद्योगी-व्यवसायी आन्दोलित
१८ मंसिर २०७९
•
३ मिनेट पाठ
चर्को ब्याजदरविरुद्ध पश्चिम नेपालका उद्योगी-व्यवसायी आन्दोलित
बाँकेको कोहलपुरमा आन्दोलन गर्दै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उद्योगी, ब्यवसायी। तस्बिर: नागरिक
बैंक तथा वित्तिय संस्थाले बढाएको चर्को ब्याजदरले उद्योग, ब्यवसाय धरासायी बनेको भन्दै पश्चिम नेपालका उद्योगी, ब्यवसायीहरु आन्दोलित भएका छन्। कोहलपुर उद्योग वाणिज्य संघको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश समितिले संयुक्त रुपमा आन्दोलन कार्यक्रम तय गरेका हुन्।  




तीन वटा प्रदेशका उद्योगी, ब्यवसायीले संयुक्त रुपमा कोहलपुरमा विरोध प्रर्दशन गरेका छन्। आन्दोलन अन्तरगत यही मंसिर २७ गतेका दिन ७ वटै प्रदेशका अध्यक्ष र काठमाडौँमा उपलब्ध केन्द्रिय सदस्यहरुको बैठक बसेर आन्दोलनबारे आवश्यक निर्णय गर्ने भएका छन्। यस्तै पुस १ गतेका दिन मंसिर २७ गते तय भएका विरोध कार्यक्रम अगाडी बढाउन सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई आव्हान गर्ने, महासंघमा धर्ना दिने र अगाडी बढ्ने निर्णय पनि गरिएको छ।  

कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा महासंघका प्रदेश, जिल्ला र नगरका अध्यक्ष तथा पदाधिकारीले ब्याजदर बढाउने नाममा बैंक तथा वित्तिय संस्थाले सिर्जना गरेको आतंकविरुद्ध आन्दोलन गर्नुको विकल्प नभएको निस्कर्ष निकालेका छन्।  

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले बैंक तथा वित्तिय संस्थाले बढाएको ब्याजदर विरुद्ध उच्च मनोबलका साथ आन्दोलनमा होमिनुपर्ने बताए। राष्ट्र बैंकले सुरुदेखी नै नियमन नगरेका कारण बैंक तथा वित्तिय संस्थामा मनोमानी चलेका उनको बुझाई छ। बैंकको आतंकले आफू स्वंयं पीडित भएका उनले बताए।  

‘मेरो सम्पत्तीलाई पनि बैंकले लिलामी प्रक्रिया अगाडी बढाएको छ, कहाँ गएर कस्लाई भन्ने हाम्रो पीडा?’ उनले भने, ‘यो सबै ऋणीहरुको आन्दोलन हो, बैंकबाट ऋण लिएका सबै पीडित छन्, अब निर्णायक आन्दोलन गरौ।’  

महासंघका केन्द्रिय सदस्य चक्र अधिकारीले बैंक तथा वित्तिय संस्था विरुद्ध आन्दोलन गर्नका लागि केन्द्रको मुख नताकेर जिल्ला र प्रदेश स्तरबाट दवाव सिर्जना गर्नुपर्ने बताए। आन्दोलनको नेतृत्व ब्यवसायीले गरेपनि बैंकबाट ऋण ल्याएका आम ऋणीहरुको पनि भएको बताए।  

पहिलो चरणको आन्दोलनबाट कुनै सुनुवाई नभएकाले दोस्रो चरणको आन्दोलन अझ कडा रुपले गर्नुपर्ने उनको सुझाव छ। ‘अब बैंकहरुमा पुगेर ताला लगाउनुपर्छ, यसका लागि म नेतृत्व गर्न तयार छु, मलाई तपाईहरुले साथ मात्रै दिनुस्,’ अधिकारीले भने, ‘महासंघ केन्द्रको मुख ताक्यो भने हुदैन, सातै प्रदेशमा आन्दोलन गरौँ।’  

महासंघका केन्द्रिय अध्यक्षलाई आफूले पटक–पटक भन्दै आएको र पछिल्लो समयमा केन्द्रिय अध्यक्षले फोन उठाउन छाडेको सुनाए। ‘यो आन्दोलनका लागि म जस्तो सुकै परिस्थितीको सामना गर्नेछु, म महासंघको केन्द्रिय सदस्य पदबाट पनि राजिनामा दिन तयार छु, बरु आन्दोलन भोलीदेखि सुरु गरौं’, उनले भने। यसपटकको आन्दोलन सफल हुने केन्द्रिय सदस्य अधिकारीको विश्वास छ।

महासंघका अर्का केन्द्रिय सदस्य जमशेर मियाले उद्योगी, ब्यवसायीले भोग्नु परेको चर्को ब्याज सम्बन्धी समस्याबारे केन्द्रिय नेतृत्वलाई पटक पटक आग्रह गरेपनि सुनुवाई नभएको बताए। ‘हामीले महासंघमा कुरा उठाएका छौं, तर हाम्रो कुराको कुनै सुनुवाई भएको छैन,’ मियाले भने। उद्योगी, ब्यवसायीका समस्या भइरहेपनि राज्यले सम्बोधन नगरेको उनले दुखेसो पोखे।  

महासंघका पुर्वकेन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले पुर्व मेचीदेखी पश्चिम महाकाली सम्मका उद्योगी, ब्यवसायी एकजुट नहुँदा सम्म आन्दोलनले सार्थकता नपाउने बताए। उद्योगी, ब्यवसायीले थालेको आन्दोलनमा राजनीतिक दवाव पनि परेको भन्दै आन्दोलन गर्नुको विकल्प नभएकोमा जोड दिए।  

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलका अनुसार  पत्रकार सम्मेलनमा उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, महासंघ सुदुरपश्चिम प्रदेशका पदाधिकारी, विभिन्न १८ वटा जिल्ला र नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी उपस्थित भएका थिए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
यो पनि पढौँ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस