पोखरालाई भारतसँग जोड्दै हवाई कम्पनी
०७ मंसिर २०७९
•
४ मिनेट पाठ
पोखरालाई भारतसँग जोड्दै हवाई कम्पनी
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। यही विमानस्थलबाट निजी हवाई कम्पनिले पोखरालाई भारत जोड्ने तयारी थालेका छन्। फाइल तस्बिरः नागरिक
आगामी जनवरी एकदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने तयारी हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गरिरहेको छ। त्यही अनुसार अहिले क्यालिब्रेसन फ्लाइट (यान्त्रीक परीक्षण) भईरहेको छ। क्यालिब्रेसन फ्लाइट सकिएर परीक्षण उडान भएपछि यो विमानस्थल संचालनमा आउनेछ।




विमानस्थल संचालनमा आउने तयारीसँगै निजी हवाई कम्पनिले पोखराको यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि चाँसो देखाएका छन्। निजी हवाई कम्पनिले त्यसका लागि आन्तरिक तयारी गरिरहेको बताएका छन्। चार्टर र मेडिकल फ्लाईट गर्न सकिने भनेर निजी कम्पनिले अहिले तयारी थालेका छन्।  

बुद्ध एयरले पोखरादेखि भारतको वनारससम्म सिधा उडान गर्ने घोषणा गरिसकेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने प्रथम अन्तर्राष्ट्रिय उडानको रुपमा बुद्धले पोखरा–वनारस–पोखरा उडान गर्न थालेको बताएको छ। सातामा तीनदिन (आइतबार, मंगलबार र विहीबार) उडान गर्ने बुद्धको योजना छ।  

त्यसबाहेक एयर ट्राफिक सर्भिस (एटिएस) रुटका लागि नेपाल सरकारले भारत सरकारसँग पहल गरिरहेको हुँदा भारत सरकारबाट रुट र स्लट स्वीकृत हुनासाथ पोखरा–दिल्ली–पोखरा उडान गर्ने पनि बुद्धले बताएको छ। पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन दुइ र पोखरा–देहरादुन–पोखरा सातामा तीन उडान गर्ने तयारी पनि बुद्धले गरेको छ।

त्यस्तै तयारी अर्काे निजी हवाई कम्पनि श्री एयरलाइन्सले पनि पोखरालाई भारत र बंगलादेशसम्म पनि जोड्नेगरि उडान थाल्ने गृहकार्य गरिरहेको छ। एयरलाइन्सका कर्पाेरेट प्रबन्धक अनिल मानन्धरका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएलगत्तै पोखरादेखि भारतका कुनैपनि सहरसम्म ‘मेडिकल फ्लाइट’ गर्न सकिने गरि तयारी गरेको जानकारी दिए। अहिले श्री ले काठमाडौंबाट भारतका विभिन्न सहरमा मेडिकल फ्लाइट गरिरहेको छ। श्रीको सेवा सुरु हुनुुअघि बिरामीलाई काठमाडौंसम्म भारतबाट एयर एम्बुलेन्स झिकाएर उपचारका लागि लैजानु परेको थियो। तर, श्रीको सेवापछि भारतबाट एयर एम्बुलेन्स झिकाउन छाडिएको छ।  

‘हामीले पोखरालाई पनि मेडिकल सेवामा भारतका सहरसँग जोड्न चाहेका हौ। किनकी बिरामीलाई भारतका कुनैपनि सहरसम्म उपचारका लागि जानुपर्दा काठमाडौंसम्म आउनुपर्ने बाध्यताबाट मुक्त गर्न खोजेका हौ,’ मानन्धरले भने, ‘पोखराबाटै सिधै भारतीय सहरसम्म मेडिकल सेवा दिन सकियो भने बिरामीले छिटो छरितो उपचार पाउनेछन।’ 
उनले तत्कालका लागि मेडिकल फ्लाईट सुरु गर्न कुनै वाधा अवरोध नभएको बताए। मेडिकल फ्लाईटमा स्वास्थ्यकर्मी सहितको टोली हुने पनि उनले बताए। ‘भारतबाट एयर एम्बुलेन्स झिकाएर बिरामीलाई लैजाँदा बढी समय लाग्छ। तर, अब हामीले नै पोखराबाट सेवा दिँदा छिटोछरितो हुन्छ,’ उनले भने।

त्यसबाहेक सिजनका बेला पोखरादेखि भारतका सहर र बंगलादेशको ढाकासम्म पनि चार्टर फ्लाईट गर्न सकिने मानन्धरले जानकारी दिए। ‘नियमित उडानका लागि अहिले हवाई रुटको समस्या छ। रुटको समस्या समाधान हुनासाथ भारतका सहरसम्म सिधा उडान सुरु भइहाल्छ। तर, चार्टर फ्लाईटका लागि भने बाटो खुल्नेछ,’ मानन्धरले भने, ‘पर्यटकीय सिजनमा पोखराबाटै भारत र बंगलादेशसम्मका कुनैपनि सहरसम्म चार्टर फ्लाइट गराउन सकिन्छ। तर,त्यसका लागि पर्यटन व्यवसायीले पनि चाँसो दिनुपर्छ, व्यवसायीले नै प्याकेज बनाउनुपर्छ।’

श्री एरलाइन्सले भारतका सहरसम्म ८० सिट क्षमताका जहाजबाट सेवा दिन सक्ने उनले बताए। तर, पोखराका पर्यटन व्यवसायीले पर्यटक ल्याउने र पठाउने गरि प्याकेज बनाउने हो भने चार्टर फ्लाइटको कारण पर्यटनमा लाभ पुग्ने उनले सुनाए। उनका अनुसार पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि कम्तिमा अन्तर्राष्ट्रिय उडानको बाटो सहज भएको छ। ‘चार्टर होस वा मेडिल फ्लाईट कुनै न कुनै रुपमा पोखराले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट लाभ पाउन सक्छ,’ उनले भने। अहिले श्रीले पोखरा–काठमाडौं रुटमा दिनमा दुइवटा उडान गरिरहेको छ। क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखरा–काठमाडौं उडान पनि थपिने उनले बताए।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई सेवा सुरु भएमा त्यसले पर्यटन प्रवद्र्धनमा सघाउने पर्यटन व्यवसायीको अपेक्षा छ। पोखरा पर्यटन परिषद (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराले कुनै पनि रुपमा अन्तर्राष्ट्रिय विमानस्थलबाट लाभ पाउने बताए। उनका अनुसार विमानस्थल संचालनमा आएलगत्तै निजी हवाई कम्पनिले उडान सुरु गर्ने घोषणाले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ। ‘कम्तिमा भारतीय सहरका पर्यटकलाई पोखरा ल्याउन र पठाउन त सहज हुनेछ,’ उनले भने, ‘भारतीय पर्यटक पोखरा भिœयाउनका लागि विमानस्थलले तत्कालै ढोका खोल्नेछ।’

उनका अनुसार अहिले पोखराको पर्यटन क्षेत्र आन्तरिक र भारतीय पर्यटकको भरमा टिकेको छ। कोरोना भाइरस संक्रमणले गर्दा अरु तेश्रो मुलुकका विदेशी पर्यटक नेपाल आउन नसकेको अवस्थामा भारतीय पर्यटनमा निर्भर रहेको पोखराको पर्यटन क्षेत्रले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट थप लाभ लिन सक्ने श्रेष्ठले बताए।  

‘चार्र्टर होस वा मेडिकल फ्लाइट कुनै पनि रुपमा पोखराले भारतसम्म सिधा उडानमार्फत जोडिन सक्ने भएकोले लाभ पुुग्छ,’ उनले भने, ‘अझ बंगलादेशसम्म पनि उडान थाल्ने हो भने पर्यटनलाई थप सहज हुनेछ। अहिले हवाई कम्पनिले पोखरासँग जोड्ने गरि भारतीय सहरका लागि उडान योजना बनाउँदै गर्दा पर्यटनमा सहज हुने अनुमान छ।’ सुरुमा आन्तरिक हवाई कम्पनिले उडान थाल्ने तयारी गरिरहँदा केही समय पछि भारतीय हवाई कम्पनि पनि पोखरासँग आकर्षित हुने उनको अनुमान छ।  
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
११ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस