ब्रिटिश संसदमा 'अल नेपाल पार्लियामेन्टरी ग्रुप' की अध्यक्ष सांसद एलेक्स बेकरले काठमाडौं तथा लन्डनबीच सिधा हवाई सेवा सुरु गर्न आवश्यक रहेको बताएकी छन्।
शुक्रबार लन्डनस्थित नेपाली दूतावासमा आयोजित उच्चस्तरीय नेपाल-यूके टेक फोरममा बोल्दै सांसद बेकरले दुई देशबीच सरकार तथा जनस्तरमा सम्बन्ध सुदृढ बनाउनु पर्ने बताइन्।
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपाल अहिले ऊर्जा निर्यात गर्ने देश बनेको र नेपालको प्रविधि क्षेत्र चलायमान रहेको बताए। उनले नेपाल बेलायतका लागि व्यापार र लगानीको उत्कृष्ट गन्तव्यमध्ये एक रहेको भन्दै बेलायती कम्पनीहरूलाई नेपालमा आईटी सेवा आउटसोर्स गर्न आग्रह पनि गरे।
नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालमा ब्रिटिश लगानी भित्र्याउन र द्विपक्षीय व्यापार वृद्धि गर्न अहिले उपयुक्त समय आएको बताए। गोर्खा सैनिक, लोकतन्त्रप्रतिको आस्था, कानुनको शासन र जनस्तरको गहिरो सम्बन्धले दुई देशबीचको सम्बन्ध विशिष्ट रहेको उनले बताए। नेपाल र युकेबीच दोहोरो कर उन्मुक्ति सम्बन्धी सम्झौता गर्ने तयारी भैरहेको पनि उनले जनाए।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाल सरकारले ऊर्जा, सूचना तथा सञ्चार प्रविधि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउँदै नेपालले सूचना प्रविधिमा १०० प्रतिशत प्रत्यक्ष विदेशी लगानी गर्न अनुमति दिएको, सात वर्षसम्म कर छुट र मुनाफा फिर्ता लैजान सक्ने सुविधा दिएको बताए। उनले सातै प्रदेशमा आईटी पार्क निर्माण र प्रधानमन्त्रीको अध्यक्षतामा आईटी प्रवर्द्धन बोर्ड स्थापना गर्ने योजना रहेको समेत सुनाए।
डोल्मा इम्प्याक्ट फन्डका संस्थापक टिम गोचरले कृत्रिम बुद्धिमत्ता र डेटा सेन्टरमार्फत नेपालको उत्पादनशीलता बढाउने अपार सम्भावना रहेको जनाए। उनले नेपालको हिमाली भेगको चिसो मौसम, स्वच्छ ऊर्जा र डिजिटल जनशक्तिलाई विश्वस्तरीय डेटा सेन्टरहरू निर्माण गर्न सकिने जनाए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निजी क्षेत्र नवप्रवर्तन तथा रूपान्तरणमा नेतृत्वदायी भूमिका खेल्न तयार रहेको बताउँदै आगामी १० वर्षसम्म नीतिहरूमा स्थिरता कायम गर्नु पर्ने बताए। उनले नेपालको सन्दर्भमा सूचना प्रविधि, डिजिटल सेवा जस्ता उदाउँदो क्षेत्रको रहेता पनि डिजिटल र सेवा क्षेत्रमा नेपालले विश्वस्तरीय प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखाएको बताए। 'हामी संयुक्त लगानी उद्यम, ई-शासन र अन्य साझेदारीका लागि खुला छौँ। डिजिटल भविष्य निर्माणमा हामी तपाईंलाई सहकार्य गर्न आमन्त्रण गर्छौँ,' उनले भने।
बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी कम्पनी जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपालको युवा जनशक्तिले विश्व बजारमा गुणस्तरीय सेवा प्रदान गरिरहेको भन्दै बेलायतका कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे।
नेपालका सूचना प्रविधि सम्बन्धी कम्पनीहरुको प्रतिनिधि संस्था नास आइटीका अध्यक्ष सन्तोष कोइरालाले अहिले करिब ९० हजार युवा सूचना प्रविधि क्षेत्रमा कार्यरत रहेको बताए। 'अहिले हाम्रो कुल निर्यातको ७५ प्रतिशतभन्दा बढी अमेरिका जान्छ। अबको ४–५ वर्षमा हामी ब्रिटेनमा पनि बजार विस्तार गर्न चाहन्छौं,' उनले भने।
बेलायतमा कार्यरत उद्यमी उका वियरकी सीईओ तथा सह-संस्थापक रुबी राउत, प्रविधि क्षेत्रमा महिलाहरूलाई अगाडि बढाउन आवश्यक रहेको बताउँछिन्। उनले साना तथा मझौला उद्यमीहरूलाई अल्पकालीन प्रशिक्षण तथा मेन्टरिङ्ग आवश्यक रहेको बताइन्।
आईएमई ग्रुपका सह-संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले नेपाल डिजिटल रूपान्तरणका लागि तयार रहेको बताए। त्यस्तै ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डा कपिल रिजालले नेपाल तथा युकेबीच व्यापार तथा लगानी बढाउन थुप्रै सम्भावना रहेको बताए।
कार्यक्रममा युकेमा मुख्यालय रहेका प्राइभेट इक्विटी, फिनटेक, एआइ, क्लाउड, साइबर सुरक्षा, एजु-टेक, हेल्थ-टेक लगायतका क्षेत्रका प्रतिनिधिहरू सहभागी भएको दूतावासले जनाएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई भव्य र उपलब्धिमूलक बनाउने तयारी तीव्र पारिएको छ। मध्यपूर्वमा रहेका नेपालीहरूको एकता, श्रमिकका समस्या, सामाजिक सुरक्षा तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राखेर आयोजना हुन लागेको सम्मेलनमा विभिन्न व्यावसायिक संस्था तथा व्यक्तिहरू साझेदारका रूपमा जोडिएका छन्।
सम्मेलनमा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। समूहका निर्देशक सागर गुरुङले प्रवासी नेपालीको साझा अभियानलाई सहयोग गर्ने उद्देश्यले सम्मेलनसँग सहकार्य गरिएको जनाउँदै आगामी दिनमा पनि एनआरएनएसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार व्यवसायी, उद्यमी, समाजसेवी तथा प्रवासी नेपालीबीचको सहकार्यले सम्मेलनलाई व्यवस्थित बनाउनुका साथै यसले उठाउने मुद्दालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।
रियल इस्टेट, हाउजिङ, केबलकार, जलविद्युत्, निर्माण, लगानी तथा औद्योगिक क्षेत्रमा सक्रिय रोड सो ग्रुपअन्तर्गत विभिन्न कम्पनी तथा व्यावसायिक परियोजनाहरू सञ्चालनमा छन्। समूहले आफ्नो व्यावसायिक अनुभव र स्रोतलाई प्रवासी नेपालीको सामाजिक तथा आर्थिक अभियानसँग जोड्ने उद्देश्यले सम्मेलनमा साझेदारी गरेको जनाएको छ।
सम्मेलनमा नेपालका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। श्रममन्त्री रामजी यादव, प्रमुख राजनीतिक दलका सांसद, एनआरएनएका संस्थापक तथा पूर्वअध्यक्ष, उद्योगी, व्यवसायी, पत्रकार र कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ।
आयोजकका अनुसार सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका साझा समस्या, सम्भावना र नेपालको समृद्धिका विषयमा ठोस छलफल तथा सहकार्यको साझा मञ्च बनाउने लक्ष्य राखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...