बेल्जियममा परराष्ट्रमन्त्री देउवाविरुद्ध प्रदर्शन
२७ मंसिर २०८१
•
३ मिनेट पाठ
बेल्जियममा परराष्ट्रमन्त्री देउवाविरुद्ध प्रदर्शन
युरोप भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध बेल्जियममा प्रदर्शन भएको छ। नेपाल जनसम्पर्क समिति बेल्जियमको कार्यक्रमको सिलसिलामा भाग लिन लुभेन पुगेकी परराष्ट्रमन्त्री देउवाविरुद्ध बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्।




राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश विभाग बेल्जियमका उपसंयोजक रमेश कँडेलका अनुसार, मन्त्री देउवालाई ज्ञापनपत्र बुझाउन पुगेको रास्वपाको टोलीलाई भेट्न नमानेपछि कार्यक्रम स्थलमा प्लेकार्ड सहित प्रदर्शन गरिएको छ। कँडेलका अनुसार, पार्टीका कार्यकर्ताहरूले आफूले बुझाउन चाहेको ज्ञापनपत्र मन्त्रीलाई नदिएको प्रति विरोध जनाउन कार्यक्रम स्थलमा विरोध प्रदर्शन गरेको बताए।

मन्त्री देउवा कार्यक्रममा सहभागी भइरहेको बेला, कार्यक्रम स्थल बाहिर प्रदर्शनकारीहरूले 'भ्रष्टाचारी विरुद्ध एकजुट हौं', 'सहकारी पीडितलाई न्याय दे,'  लोकतन्त्र जिन्दावाद', 'गिरिबन्धु भुटानी शरणार्थी टेरामेक्स वाईडवडी काण्ड छानबिन गर',  'ओली सरकार मुर्दावाद' लगायतका लेखेका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रर्दशनकारी मध्येका एक माधव सापकोटाले भने, 'हामी यहाँ ज्ञापनपत्र मात्र बुझाउन आएका थियौँ, तर पार्टीको कार्यक्रम भनेर रेष्टुरेन्टको माथिल्लो तलमा लगेर गोप्य रुपमा कार्यक्रम गरियो। हाम्रा कुराको सुनुवाइ भएन, त्यसैले हामी विरोध गर्न बाध्य भयौँ।'

स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च, बेल्जियमका संयोजक कृष्ण दाहाल र सचिव डा। गोकर्ण पाण्डेयद्वारा जारी एक ज्ञापन पत्रमा नेपाल सरकारको रवि लामिछानेको गिरफ्तारीप्रति कडा आपत्ति जनाइएको छ। उनीहरूले हालैका घटनाहरूलाई राजनीतिक प्रतिशोधको हिस्सा भनेर चित्रित गर्दै यसलाई घोर भर्त्सना गरेका छन्।

ज्ञापन पत्रमा भनिएको छ, 'नेपालमा वर्तमान सरकार द्वारा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछाने ज्यूलाई राजनीतिक प्रतिशोधको आधारमा गिरफ्तार गरिएको छ।' र उनीहरूले सहकारी ठगी प्रकरणमा लामिछानेको कुनै संलग्नता नरहेको पुष्टि गरिसकेको भएता पनि, सरकारको तर्फबाट सभापति लामिछानेलाई गिरफ्तार गर्नु स्पष्ट राजनीतिक पूर्वाग्रहको परिणति भएको बताएका छन्।

ज्ञापन पत्रमा संसदीय छानबिन समितिले लामिछानेसँग उक्त सहकारी ठगी प्रकरणको कुनै सम्बन्ध नरहेको पुष्टि गरिसकेको बेला, सरकारले उनलाई गिरफ्तार गर्नु गलत र अन्यायपूर्ण रहेको मञ्चका पदाधिकारीहरूको भनाइ छ। यो कदमलाई 'गिरीबन्धु','टेरामक्स', 'भुटानी शरणार्थी', 'वाईडबडी', र 'अरबौंको जग्गा दान प्रकरण' जस्ता अन्य विवादास्पद मुद्दाहरूलाई ओझेलमा पार्न गरिएको षड्यन्त्रको रूपमा बुझिएको छ।

साथै, विभागले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति आफ्नो घोर आपत्ति जनाएको  छन्। सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएर राति सुतिरहेको बेला अचानक उठाएर, मध्यरातमा चितवनबाट पोखरा पुर्‍याइयो। यो घटनाले सरकारको दुरुपयोग र अमानवीय व्यवहारको सङ्केत गर्दछ,र ज्ञापन पत्रमा भनिएको छ।

उनीहरूले लामिछानेको निजी डायरी हिरासतमा गायब भएको घटनालाई पनि कडा शब्दमा निन्दा गरेका छन्। सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ। यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ,र ज्ञापनमा जोड दिइएको छ।

स्वतन्त्र प्रवासी नेपाली सम्पर्क विभागले उक्त घटनामा जिम्मेवार व्यक्तिहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग गर्दै, सरकारसँग सचेतता र निष्पक्ष छानबिनको अपिल गरेको छ।

ज्ञापनपत्रको अन्त्यमा, विभागले देशभर र विदेशमा रहेका नेपालीलाई एकजुट भई भ्रष्टाचार र राजनीतिक षड्यन्त्रहरूको विरोध गर्न आह्वान गरेको छ। 'राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गर्ने बेल्जियम बासी नेपालीहरूले राजनीतिक प्रतिशोधमा भएको यो गिरफ्तारीको कडा विरोध गर्दै, तथ्यमूलक छानबिन गरेर नेपाल सरकारलाई सभापति लामिछानेको अविलम्ब रिहाइको माग गर्दछ,र भनिएको छ।'
अर्को समाचार
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
११ मंसिर २०८३
•
२ मिनेट पाठ
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई भव्य र उपलब्धिमूलक बनाउने तयारी तीव्र पारिएको छ। मध्यपूर्वमा रहेका नेपालीहरूको एकता, श्रमिकका समस्या, सामाजिक सुरक्षा तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राखेर आयोजना हुन लागेको सम्मेलनमा विभिन्न व्यावसायिक संस्था तथा व्यक्तिहरू साझेदारका रूपमा जोडिएका छन्।




सम्मेलनमा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। समूहका निर्देशक सागर गुरुङले प्रवासी नेपालीको साझा अभियानलाई सहयोग गर्ने उद्देश्यले सम्मेलनसँग सहकार्य गरिएको जनाउँदै आगामी दिनमा पनि एनआरएनएसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार व्यवसायी, उद्यमी, समाजसेवी तथा प्रवासी नेपालीबीचको सहकार्यले सम्मेलनलाई व्यवस्थित बनाउनुका साथै यसले उठाउने मुद्दालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

रियल इस्टेट, हाउजिङ, केबलकार, जलविद्युत्, निर्माण, लगानी तथा औद्योगिक क्षेत्रमा सक्रिय रोड सो ग्रुपअन्तर्गत विभिन्न कम्पनी तथा व्यावसायिक परियोजनाहरू सञ्चालनमा छन्। समूहले आफ्नो व्यावसायिक अनुभव र स्रोतलाई प्रवासी नेपालीको सामाजिक तथा आर्थिक अभियानसँग जोड्ने उद्देश्यले सम्मेलनमा साझेदारी गरेको जनाएको छ।

सम्मेलनमा नेपालका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। श्रममन्त्री रामजी यादव, प्रमुख राजनीतिक दलका सांसद, एनआरएनएका संस्थापक तथा पूर्वअध्यक्ष, उद्योगी, व्यवसायी, पत्रकार र कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ।

आयोजकका अनुसार सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका साझा समस्या, सम्भावना र नेपालको समृद्धिका विषयमा ठोस छलफल तथा सहकार्यको साझा मञ्च बनाउने लक्ष्य राखिएको छ।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस