गैर–आवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)ले आइतबार र सोमबार काठमाडौंमा वार्षिक साधारणसभा तथा ग्लोबल कन्क्लेभ गर्ने भएको छ। “रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता” भन्ने नाराका साथ हुने कन्क्लेभको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्ने एनआएनएले जनाएको छ ।
एनआरएनएले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्यक्रममा ७ वटा प्लेनरी सत्रमा छलफल हुने जानकारी गराएको हो । सरकारका मन्त्री तथा उच्च अधिकारीसहित देशविदेशबाट गरी ५ सयभन्दा बढी सहभागी हुने उक्त कार्यक्रमको पहिलो दिन आइतबार नेपालमा आर्थिक रुपान्तरका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पीएनओ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धी विषयमा घनीभूत छलफल हुने आइसीसीका महासचिव गौरी राज जोशीले जानकारी दिए।
दोस्रो दिन सोमबार राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवर्धन : नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिका लगायतका सत्रहरु समावेश गरिएका छन् ।
स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्ने उद्देश्यसहित स्थानीय तहका प्रमुख तथा प्रदेशस्तरका मन्त्रीको सहभागिता रहने कार्यक्रमले विश्वभर रहेका गैरआवासीय नेपालीहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीतिनिर्माण तहका विज्ञहरू, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरु तथा बौद्धिक समुदायलाई एकै स्थानमा ल्याई गहन छलफलको मञ्च उपलब्ध गराउने विश्वास लिएको महासचिव जोशीले बताए।
१० अर्बको लगानी रहने एनआरएन डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि भइरहेको तयारीबारे छलफल गर्ने बताउँदै उनले यसले गैरआवासीय नेपालीहरूद्वारा नेपालको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउने दीर्घकालीन परियोजनाहरूलाई सहयोग पुर्याउने विश्वास व्यक्त गरे। ग्लोबल कन्क्लेभ गैरआवासीय नेपालीलाई नेपालसँग जोड्ने मार्ग हुने उनको भनाइ छ।
सोमबार गैरआवासीय नेपाली संघको विधान अनुसार नियमित वार्षिक साधारण सभा आयोजना गर्ने जानकारी दिँदै पत्रकार सम्मेलनमा महासचिव जोशीले संघका ६० भन्दा बढी देशका प्रतिनिधिहरुले प्रत्यक्ष र भर्चुर्अल माध्यमद्धारा सहभागीता जनाउने बताए । साधारण सभामा सहभागी हुन गैरआवासीय नेपाली संघका अधिकांश पदाधिकारी तथा प्रतिनिधिहरु काठमाण्डौं आइसकेको उनले बताए ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपाली नागरिकता लिएपछि भिसा लिन नपर्ने व्यवस्था गरिने प्रतिबद्धता जनाएकी छिन्।
मन्त्री देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलसँग आइतबार सिहंदरबारस्थित मन्त्रालयको कार्यकक्षमा छलफल गर्दै गैरआवासीय नेपाली नागरिकता दिएकाहरूलाई १० वर्षे भिसा प्रणाली अस्थाई प्रबन्ध नभएको बताउँदै संसदमा प्रस्तुत हुने प्रतिस्थापन विधेयकमार्फत गैरआवासीय नेपाली नागरिकता लिएपछि भिसा लिन नपर्ने व्यवस्था गरिने प्रतिबद्धता जनाएकी हुन्।
उक्त भेटमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले एनआरएनए ऐनलाई छिट्टै संसदमा लैजान अनुरोध समेत गरे। सो क्रममा परराष्ट्रमन्त्रीले गैरआवासीय नेपाली संघमा पछिल्लो समय देखा परेको विवादका सम्बन्धमा मन्त्रालयले कानूनी माध्यमबाट निकास दिने बताइन्।
उनले सर्वोच्च अदालतले दिएका दुवै फैसलालाई आधार बनाएर महान्यायाधिवक्ताको सुझावका आधारमा मन्त्रालयले संघको विवादमा निकास निकाल्ने बताइन्।
अध्यक्ष डा. केसीको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले मन्त्री देउवालाई गैरआवासीय नेपाली संघको थाइल्याण्डमा हुने युवा सम्मेलन र कम्बोडियामा हुने क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिको रूप सहभागी हुन पनि निमन्त्रणा दिएको छ। मन्त्री देउवाले गैरआवासीय नेपाली संघको विवादका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरेर सबै पक्षलाई मन्त्रालयमा बोलाएर अनौपचारिक बैठकमार्फत समस्याको समाधान खोज्ने जिकिर गरेकी छिन्।
प्रतिनिधि मण्डलमा संघकी उपाध्यक्ष रोजिना प्रधान राई, सहकोषाध्यक्ष कृष्ण तिमल्सीना र एशिया प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराई सहभागी थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...