एनआरएनए जापानले भूकम्प प्रभावित क्षेत्रका जापानी नागरिकलाई खाना खुवाउनुका साथै शौचालय प्रदान गरेको छ। नयाँ वर्ष कै दिन जापानको ईशिगावा प्रिफेक्चरको नोदो प्रायद्वीपलाई केन्द्र बनाएर गएको भुकम्प प्रभावित क्षेत्र वाजिमा र सुजुसीका शिविर मध्य दुईवटा शिविरमा रहेका ७२५ जना जापानी नागरिकलाई खाना खुवाउनुका साथै चार वटा अस्थायी शौचालय प्रदान गरिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए।
भूकम्पको अति प्रभावित क्षेत्रमध्ये शुक्रबार वाजीमा सी मिइ कम्युनिटी सेन्टरमा रहेको शिविरमा रहेका ३०० जना र नजिकको शिविरमा रहेका १०० जना गरि ४०० त्यसै गरि शनिबार सुजुसी इदा माध्यामिक विद्यालयको शिविरमा रहेका २२५ जना र नजिकको शिविरमा रहेका १०० गरि ३२५ जना गरि कुल ७२५ जनालाई खाना खुवाइएको कार्यक्रम संयोजक विष्णुप्रसाद सापकोटा जानकारी दिए।
भूकम्प पश्चात २ सय बढिको ज्यान जानुका साथै सयौ सम्पर्क विहिन रहेको र खानेपानी आपूर्ति विद्युत् नियमितता, सडक सञ्चालनको नियमितता लगायत दैनिक अत्यावश्यक सामग्रीको तथा वस्तुको उपलब्धतामा अझै कठिनाई भोगिरहेका जापानी नागरिकहरुलाई नेपालीको तर्फबाट सकेको सहयोग गरिएको अध्यक्ष निउरेले बताए।
प्रतिकूल मौसम र भूकम्पका कारण बिग्रिएको सडकका बावजुद पनि भौतिक रूपमै भूकम्प प्रभावित क्षेत्रमा पुगेर विपत्तिका समयमा जापानीहरुसँग नेपाली पनि सँगसँगै छौं है भन्ने आभास दिलाउन सफल भएका छौं।अध्यक्ष निउरेले भने यस्ता कार्यबाट जापानमा नेपालीको छवी राम्रो हुन्छ।
भूकम्पले दिएको पिडा त छदै थियो त्यसैमाथि परेको बाक्लो हिमपातको कारण बढेको चिसोको समयमा तातो तातो खानेकुरा खान पाएकोमा जापानीहरुको मुहारमा मुस्कान देखिएको एनआरएनए जापानको विशेषज्ञ समितिका सदस्य तथा सहयोग टोलीका सदस्य ज़िज्ञानकुमार थापाले बताए।
नेपालमा पर्ने प्राकृतिक विपत्तिका समयमा जापान र जापानी नागरिकले सहयोग गर्दै आइरहेको र जापानमा परेको विपत्तिमा पनि हामीले सक्ने सहयोग बिपत् प्रभावित् क्षेत्रमा नै पुगेर गरिएको थापाको भनाई छ। जापानमा रहेका हामी नेपालीले जापानका नागरिकलाई परेको अप्ठ्यारो र प्राकृतिक विपत्तिका समयमा आफूले सक्दो सहयोग गर्नु हाम्रो दायित्व सम्झिएर उक्त कार्य गरिएको र यस्ता कार्यले दुई देशको सम्बन्धमा समेत सकारात्मक प्रभाव पार्ने एनआरएनए जापानका महासचिव टिकाराम खरेलले बताए।
बिहीबार आवश्यक तयारीका साथ भूकम्प प्रभावित क्षेत्र तर्फ जाने सहयोगी टोलीमा अध्यक्ष नविन निउरे उपाध्यक्ष कृष्ण शर्मा गैरे, महासचिव टिकाराम खरेल, सदस्य तथा सहयोग कार्यक्रम संयोजक विष्णुप्रसाद सापकोटा, सदस्य दिलिप शर्मा, विशेषज्ञ समिति सदस्य जिज्ञानकुमार थापा, विशेषज्ञ समिति सदस्य हरि सापकोटा, बागलुङ समाज जापानका अध्यक्ष यम कँडेल, एनआरएनए जापान कांसाई क्षेत्रीय समिति उप संयोजक टिआर गौडेल, सुरेन खड्का, गलकोट समाज जापानका सलाहकार जगत थापा, सुमित खत्री, गलकोट समाज जापान कांसाईका अध्यक्ष रामु साहनी रहेका थिए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई भव्य र उपलब्धिमूलक बनाउने तयारी तीव्र पारिएको छ। मध्यपूर्वमा रहेका नेपालीहरूको एकता, श्रमिकका समस्या, सामाजिक सुरक्षा तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राखेर आयोजना हुन लागेको सम्मेलनमा विभिन्न व्यावसायिक संस्था तथा व्यक्तिहरू साझेदारका रूपमा जोडिएका छन्।
सम्मेलनमा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। समूहका निर्देशक सागर गुरुङले प्रवासी नेपालीको साझा अभियानलाई सहयोग गर्ने उद्देश्यले सम्मेलनसँग सहकार्य गरिएको जनाउँदै आगामी दिनमा पनि एनआरएनएसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार व्यवसायी, उद्यमी, समाजसेवी तथा प्रवासी नेपालीबीचको सहकार्यले सम्मेलनलाई व्यवस्थित बनाउनुका साथै यसले उठाउने मुद्दालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।
रियल इस्टेट, हाउजिङ, केबलकार, जलविद्युत्, निर्माण, लगानी तथा औद्योगिक क्षेत्रमा सक्रिय रोड सो ग्रुपअन्तर्गत विभिन्न कम्पनी तथा व्यावसायिक परियोजनाहरू सञ्चालनमा छन्। समूहले आफ्नो व्यावसायिक अनुभव र स्रोतलाई प्रवासी नेपालीको सामाजिक तथा आर्थिक अभियानसँग जोड्ने उद्देश्यले सम्मेलनमा साझेदारी गरेको जनाएको छ।
सम्मेलनमा नेपालका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। श्रममन्त्री रामजी यादव, प्रमुख राजनीतिक दलका सांसद, एनआरएनएका संस्थापक तथा पूर्वअध्यक्ष, उद्योगी, व्यवसायी, पत्रकार र कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ।
आयोजकका अनुसार सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका साझा समस्या, सम्भावना र नेपालको समृद्धिका विषयमा ठोस छलफल तथा सहकार्यको साझा मञ्च बनाउने लक्ष्य राखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...