नेपाली राजदूतावास टोकियोले जापानका प्रमुख शहरहरुमा घुम्ती सेवा सञ्चालन गर्ने
०८ मंसिर २०७९
•
३ मिनेट पाठ
नेपाली राजदूतावास टोकियोले जापानका प्रमुख शहरहरुमा घुम्ती सेवा सञ्चालन गर्ने
डिजिटल पासपोर्ट बनाउन सास्ती व्यहोरी रहेका विशेष गरि टोक्यो बाहिर बसोबास गर्ने नेपालीहरुलाई अब सहज हुने भएको छ। नेपाली राजदूतावास टोकियोले जापानका प्रमुख शहरहरुमा केन्द्रित रहेर घुम्ती सेवाको सुरुवात गर्न लागेकोले नेपालीहरुलाई अब सहज हुने भएको हो।




जापानका विभिन्न प्रान्त तथा शहरमा बसोबास गर्दै आएका नेपालीहरुलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यसहित दूतावासले घुम्ती सेवा सुरुवात गर्न लागेको नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख अम्बिका जोशिले नागरिकन्यूज लाई जानकारी दिए। विद्युतीय राहदानी सहित दूतावासबाट उपलब्ध सम्भव रहेका अधिकाशं सेवा घुम्ती सेवामा उपलब्ध गराउन लागिएको लागेको उपनियोग प्रमुख जोशिले बताए।

दूतावासले परीक्षणको रुपमा आगामी डिसेम्बर महिनाको ३ तारिख शनिबार साइतामा प्रान्तमा पहिलो घुम्ती सेवा उपलब्ध गराउने भएको छ। उपनियोग प्रमुख जोशिका अनुसार साइतामा केन खावागोए सिटि, वाकिता माची १७-०३ जेओवाई ०९ विल्डिगंको तेस्रो तला (सोलमारी रेष्टुरेण्ट)बाट घुम्ती सेवा संचालन गरिने भएको हो।

पहिलो घुम्ती सेवा पश्चात आवश्यकता र माग अनुसार क्रमैसँग नेपालीहरुको जनसंख्या धेरै भएका नागोया, ओशाका, तोचिगी, फुकुओका, सेन्दाई, होक्काइदो, निगाता, गुन्माकेन, चिवा, हिरोसिमा, ओकिनावा लगायतका प्रान्त र स्थानहरूमा घुम्ती सेवा संचालन गरिने दूतावासले विज्ञप्ति मार्फत जनाएको छ।

घुम्ती सेवामा विद्युतीय राहदानी, अधिकृत वारेशनामा प्रमाणिकरण, यात्राअनुमतिपत्र (Travel Document), कागजात प्रमाणिकरण (जन्मदर्ता), नाता प्रमाणित, अविवाहिताको प्रमाणपत्र, सवारीचालक अनुमतिपत्र लगायतका सेवाहरु उपलब्ध हुने दूतावासले जनाएको छ।

उल्लेखित स्थानहरुमा सन् २०२३ भित्रमा घुम्ती सेवा संचालन गरिने र सोको मिति, स्थान र समयका बारेमा राजदूतावासले पछि सूचना प्रकाशन गरेर जानकारी गराउने भएको छ।

नेपाल सरकारले २०२१ नोभेम्बरदेखि लागू हुने गरी विद्युतीय राहदानी जारी थालेको थियो। जापानस्थित नेपाली राजदूतावासले फेब्रुअरी २४, २०२२ देखि विद्युतीय राहदानी सम्बन्धी कार्यको शुरुवात गरेको थियो।

विद्युतीय राहदानीका लागि आवेदन गर्ने पाँच वर्ष भन्दा बढी उमेरका आवेदकहरु फोटो खिच्न, ल्याप्चे लगाउन र बायोमेट्रिक औंठा छाप सही गर्न अनिवार्य रुपमा स्वयं राजदूतावासमा उपस्थित हुनुपर्ने भएको हुँदा आवेदकहरुलाई आर्थिक एवं अन्य व्यवहारिक कठिनाइ पर्दै आएको आम गुनासो रहँदै आएको थियो।

जापानवासी नेपालीहरुको जनगुनासोलाई सम्बोधन गर्दै राजदूतको रुपमा नियुक्त भएर जापान आएको पहिलो सम्बोधनमै राजदूत डा। दूर्गा बहादुर सुवेदीले जापानभर घुम्ती सेवा संचालन सहित दूतावासको सेवा र सुविधालाई छिटो छरितो बनाउने घोषणा गरेका थिए। सोही अनुसार दूतावासले आफ्नो सेवालाई प्रभावकारी बनाउन घुम्ती सेवा संचालन सुरुवात गर्ने भएको हो।

दुतावासले घुम्ती सेवा सुरू गर्ने सार्वजनिक भएसंगै राजधानी टोक्यो बाहिर बसोबास गर्ने नेपालीहरुले दुतावासको यो कार्यको प्रशंसा गरेका छन्। स्थायी घर सिन्धुपाल्चोक भएर हाल नागोया शहर नजिक बस्ने धन बहादुर श्रेष्ठ दुतावासको यो कार्यले सँधै निरन्तरता पाउनुपर्ने धारणा राख्छन्। साथै दुतावासको फोन नउठने समस्याको पनि छिट्टै समाधान होस् उनी भन्छन् दुतावासले अभिभावकिय भुमिका निर्वाह गरोस्।

उपनियोग प्रमुख जोशिका अनुसार दुतावासको फोन नउठ्ने समस्या क्रमशः हट्दै गएको र छिट्टै त्यो समस्याको पनि समाधान हुनेछ।
अर्को समाचार
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
२१ घण्टा अघि
•
२ मिनेट पाठ
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई भव्य र उपलब्धिमूलक बनाउने तयारी तीव्र पारिएको छ। मध्यपूर्वमा रहेका नेपालीहरूको एकता, श्रमिकका समस्या, सामाजिक सुरक्षा तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राखेर आयोजना हुन लागेको सम्मेलनमा विभिन्न व्यावसायिक संस्था तथा व्यक्तिहरू साझेदारका रूपमा जोडिएका छन्।




सम्मेलनमा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। समूहका निर्देशक सागर गुरुङले प्रवासी नेपालीको साझा अभियानलाई सहयोग गर्ने उद्देश्यले सम्मेलनसँग सहकार्य गरिएको जनाउँदै आगामी दिनमा पनि एनआरएनएसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार व्यवसायी, उद्यमी, समाजसेवी तथा प्रवासी नेपालीबीचको सहकार्यले सम्मेलनलाई व्यवस्थित बनाउनुका साथै यसले उठाउने मुद्दालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

रियल इस्टेट, हाउजिङ, केबलकार, जलविद्युत्, निर्माण, लगानी तथा औद्योगिक क्षेत्रमा सक्रिय रोड सो ग्रुपअन्तर्गत विभिन्न कम्पनी तथा व्यावसायिक परियोजनाहरू सञ्चालनमा छन्। समूहले आफ्नो व्यावसायिक अनुभव र स्रोतलाई प्रवासी नेपालीको सामाजिक तथा आर्थिक अभियानसँग जोड्ने उद्देश्यले सम्मेलनमा साझेदारी गरेको जनाएको छ।

सम्मेलनमा नेपालका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। श्रममन्त्री रामजी यादव, प्रमुख राजनीतिक दलका सांसद, एनआरएनएका संस्थापक तथा पूर्वअध्यक्ष, उद्योगी, व्यवसायी, पत्रकार र कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ।

आयोजकका अनुसार सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका साझा समस्या, सम्भावना र नेपालको समृद्धिका विषयमा ठोस छलफल तथा सहकार्यको साझा मञ्च बनाउने लक्ष्य राखिएको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
यो पनि पढौँ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस