प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा ठूलो संख्यामा सिटी सफारीले दैनिक मुख्य तथा भित्री सडक जाम गर्नुका साथै दुर्घटना बढ्न थालेपछि चेकजाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ।
प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा कोभिड अस्पताल निर्माण गरिएको हो । विराटनगरस्थित कोसी कोभिड १९ उपचार केन्द्रसँगै नागरिक केयर सेन्टर पनि निर्माण गरिएको छ।
टिनको छानो र टाटीको बेरा भएको चार कोठे घर जलेर ध्वस्त हुनुका साथै गाईगोठ, फर्निचरका सामान, अन्नपात, लत्ताकपडा, सुनचाँदीलगायतका सामाग्री जल्दा १३ लाख ६४ हजार रुपैयाँ बराबरको क्षति भएको मोरङ प्रहरीका प्...
शुक्रबार बिहान मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ। उनकाे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएकाे छ।
मोरङमा १ सय ३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा ७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सरकारले बाली बिमा गर्ने घोषणा गरे पनि व्यवहारामा उक्त घोषणा कार्यान्वयनमा आउन सकेको छैन । बिमा कम्पनीहरुले बाली बिमा गर्न नमानेपछि बाली बिमा गर्ने सरकारको घोषणा घोषणामै सीमित भएको छ ।
धनपालथान गाउँपालिका–५ का २२ वर्षीय मन्तोष सरदार मोटरसाइकल दुर्घटनामा घाइते भइ विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
मोरङको उर्लाबारी र विराटनगर क्षेत्रबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित औषधिसहित उर्लाबारीबाट २ जना र प्रतिबन्धित भारतीय रुपैयाँसहित १ जना भारतीय नागरिकलाई मंगलबार साँझमा पक्राउ गरेको मो...