विशेष गरी विराटनगर बाहिरबाट उपचार गराउन आएका बिरामी र उनीहरुका आफन्तलाई बिचौलियाले दुःख हैरानी दिने गरेको पाइएपछि यस्तो कार्यमा संलग्न भएकाहरुको खोजी गरी पक्राउ गर्न थालेको प्रहरीले जनाएको छ।
१ हजार २ सय ३० जनाको पीसीआर परीक्षण गर्दा २ सय ८० र ६ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
हतियार लुकाएको विशेष सूचनाका आधारमा घरमा छापा मार्ने क्रममा मेड इन युएसए लेखिएको एउटा पेस्तोल, तीन राउण्ड गोली र एउटा खुकुरी फेला परेको प्रहरीले जनाएको छ।
जिफन्ट प्रदेश १ का अध्यक्ष किशोर धमलाले रोजगार दाताहरुले सामाजिक सुरक्षा कोषमा श्रमिकलाई सुचिकृत नै नगरी सामाजिक सुरक्षा ऐनअनुसार हरेक महिना श्रमिकको पारिश्रमिक कट्टा गरी आफै भोगचलन गर्दै आएको आरोप लग...