सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङले आफ्ना केन्द्रीय अध्यक्ष भारती पाठक सहितका अगुवालाई प्रहरीले बिना कारण पक्राउ गरेको भन्दै आपत्ति प्रकट गरेको छ।
ताप्लेजुङका ९ मध्ये ६ स्थानीय तह प्रशासकीय प्रमुखविहीन बनेका छन्। फुङलिङ नगरपालिका सहित ३ स्थानीय तहमा मात्र प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेका छन्।
आन्तरिक तयारी अपुग भएको भन्दै माघ १५ गतेबाट ताप्लेजुङमा सञ्चालन हुने भनिएको जिल्ला जिल्ला लिग फुटबल प्रतियोगिता माघ १९ गतेबाट मात्र सञ्चालन हुने भएको छ।
२०७७ साल माघ १५ गतेदेखि ०७८ असार मसान्त सम्ममा कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएका ताप्लेजुङका नागरिकलाइ फुङलिङ नगरपालिका भित्रका २ नियमित खोप केन्द्रमार्फत बुष्टर खोप दिइने भएको छ।
ताप्लेजुङका ९ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिका बाहेक १० वर्षको अवधिमा ८ वटै स्थानीय तहको जनसंख्या घटेको पाइएको छ। २०७८ सालको जनगणना अनुसार ताप्लेजुङमा २०६८ को जनगणनाको तुलनामा ७ हजार १ सय २ जनसंख्या...