गोरखा १ तिब्बत सँग सिमाना जोडिएको दुर्गम गाउँ भएपनि मत बदर संख्या भने गोरखा २ का सुगम ठाउँमा धेरै देखिएको छ। गोरखा २ मा भन्दा १ मा मतदाता धेरै छन्। तर बदर मत संख्या २ मा धेरै छ।
दुई प्रतिनिधि र चार प्रदेश क्षेत्र रहेको २०७४ मा १ लाख ८९ हजार ४ सय ४८ मतदाता थिए। त्यतिबेला १ लाख २३ हजार ७ सय १९ मत खसेको थियो। यो कुल मतको ६५ दशमलव ३ प्रतिशत हो।
‘अब गठबन्धन दल र राजनीतिक दलहरुले केही गृहकार्य गर्नुपर्ने जरुरी छ’ उनले भने ‘तत्काल (आज) शुक्रवार नै गठबन्धनको बैठक बस्नुपर्ने छ, मेरो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिन केहीदिनपछि फेरी आउनेछु।...