भूकम्पले भत्काएर जाजरकोट, रिम्नाकी २६ वर्षीया कृष्णा परियारको घरको ‘नामो निसाना’ छैन। घर भत्केर त्यत्रो क्षति हुँदा पनि सबै बाँच्न सफल भएकोमा उनी आफ्नो परिवारलाई भाग्यमानी ठानेकी छन्।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री सन्तोष पाण्डेले भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइतेलाई भेटेका छन्। मन्त्री पाण्डेले घाइतेको उपचारमा कमी हुन नदिन चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिए।
वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले देश हचुवाको भरमा चलिरहेको आरोप लगाएका छन्। भूकम्पबाट प्रभावित घाइतेको उपचार गर्न यहाँ आइपुगेका उनले आइतबार नेपालगन्जमा सञ्चारकर्मीसँग यस्तो बताएका हुन्।
सानीभेरी गाउँपालिका–४ रुकुम (पश्चिम) की नविता खड्काले आफू र ४ महिने सानो छोराको ज्यान त जोगाइन्, तर सँगै एउटै बेडमा सुतेका ठुलो छोरा निर्जल चन्दलाई सदाका लागि गुमाइन्।
जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालमा ३७ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ गरी ३८ जना घाइतेको उपचार भइरहेको छ ।
भेरी अस्पतालमा रहेका घाइते २६ जना मध्ये ८ जनाका अवस्था गम्भीर रहेको छ भने १८ जनाको अवस्था सामान्य रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताएका छन्।
भेरी अस्पतालमा रहेका घाइते २६ जना मध्ये ८ जनाका अवस्था गम्भीर रहेको छ भने १८ जनाको अवस्था सामान्य रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताएका छन्।