संयुक्त राज्य अमेरिकाले भारतीय वस्तुहरूमा १७ प्रतिशतसम्म कर बढाउने प्रस्ताव गरेपछि भारतले व्यापारसम्बन्धी चिन्ताहरू वाशिङ्टनसँग भइरहेका वार्तामार्फत समाधान गर्नुपर्ने बताएको छ।
दुर्गम क्षेत्रमा प्रसूति जटिलताका कारण जोखिममा परेकी डोल्पाकी २३ वर्षीया महिलालाई मन्त्रालयको हवाई उद्धार कार्यक्रममार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेका छन्।
प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा कालिगण्डकी करिडोरअन्तर्गत बाढीबाट क्षतिग्रस्त सडकखण्ड र नेपाल–चीन सीमास्थित कोरला नाकाको स्थलगत निरीक्षण गरेको छ।