प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन्। उनले विपक्षी गठबन्धनका ५० जना सांसदको समर्थनसहित दाबी पेश गरेका हुन्।
तीनवटा उद्योग सञ्चालनमा आउने थप चार हप्ता लाग्ने र चारवटा उद्योग सञ्चालनमा आउन चार हप्ताभन्दा बढी समय लाग्ने उद्योग सङ्गठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले जानकारी दिए।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ८ जनामा कोरोना संक्रमण भएको छ। ४ सय ९३ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएक...