यसपालि दुवै दल अलगअलग गठबन्धनबाट चुनाव लडेपछि नराम्ररी पछारिएका छन्। ती दुई दलमध्ये कुनैको पनि बहुमत नआउँदा मधेस प्रदेश सरकार गठन सकसपूर्ण हुने देखिएको छ।
सिरहा क्षेत्र नम्बर ३ (ख) मा नेकपा एसका प्रमोदकुमार यादव प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। यादवले नेपाली कांग्रेसका संजय यादवलाइ १,९६२ मतले पराजित गर्दै विजयी भएका हुन्।
सिरहा क्षेत्र नम्बर १ (ख) मा जसपाका राजकुमार गुप्ता प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। गुप्ताले नेकपा एसका अशोक कुमार यादवलाइ ३,००६ मतले पराजित गर्दै विजयी भएका हुन्।
सप्तरीको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। यादवले ३,८६६ मतले नेकपा एमालेका ताराकान्त चौधरीलाइ पराजित गर्दै विजयी भएका हुन्।