चौतारा साँगाचोकगढी नगरपालिकाको बजेट सार्वजनिकिरण कार्यक्रममा जनप्रतिनिधिबीच दोहोरा झडप भएको छ। मुठभेडकै स्थितिबीच आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट भने पारित गरिएको छ
नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीका अनुसार, सोमबारदेखि जुम्लामा हवाई सेवा सुचारु भएको हो। जुम्लामा बुधबार मात्र चार विमानले उडान भरेका थिए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र निराश छ। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएपछि पोखराका पर्यटन व्यावसायीले पर्यटनका पूर्वाधारमा लगानी पनि थपेका थिए।...
पाँच दिनदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग पुनः संचालनमा आएको छ। मंगलबार दिउँसो २:१५ बजेबाट सडक पुनः सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ।