सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुको जंगलमा मृत भेटिएकी प्रेमा वलीको हत्या उनकै श्रीमानले गरेको पाइएको छ। गुर्भाकोट नगरपालिकाकी २६ वर्षीया प्रेमाको शव आइतबार झिगेनारा खोलामा फेला परेको थियो।
महिला उद्यमी संघ बागलुङको पहिलो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। बुधबार सम्पन्न पहिलो साधारणसभा तथा अधिवेशनले आगामि तीनवर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।
बारा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज–१६ का सिद्धान्त पटेल र भारतको मोतिहारी, मलाहीका नितिश कुमार ठाकुर रहेका छन्।
ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, फुरुम्बुमा आइतबार अपराह्न आएको हावाहुरीले तीन घरमा क्षति पुगेको छ। हावाहुरीका कारण विद्युतका पोलहरू ढलेर विद्युत प्रसारण अवरुद्ध भएको छ भने रुखहरू पनि ढलेका छन्।
शिक्षक आन्दोलनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित भएको भन्दै पोखरा महानगरपालिकाले विद्यालय संचालनको सुरुवाती दिनलाई तीनदिन पछाडि धकेलेको छ। यसअघि सोमबारबाट विद्यालय संचालनको दिन तोकिएकोमा अब...
लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेमा पूर्व प्रहरी सिता कडेल आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्। घटनाबारे प्रहरीले हत्या आशंकामा अनुसन्धान थालेको छ।