रुसी सेनाको गोलाबारीबाट युक्रेनमा १६० भन्दा बढी शैक्षिक संस्थाहरू आंशिक वा पूर्ण रूपमा ध्वस्त भएको युक्रेनको विदेश मामिला मन्त्रालय (MFA) ले शुक्रबार जनाएको ।
बेलायती विदेशमन्त्री लिज ट्रसले शुक्रबार युक्रेनको आणविक ऊर्जा प्लान्टमा रूसी सेनाले आक्रमण गरेपछि बेलायतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन चाहेको बताएका छन्।
युक्रेनमाथी आक्रमण गरिरहेको रुसले शुक्रबार युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लिएको छ। यो परमाणु केन्द्र युरोपकै सवैभन्दा ठूलो रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
राष्ट्रसंघको आणविक अनुगमनकारी संस्थाले बिहीबार यूक्रेनको आणविक केन्द्रमा ‘सबै कार्य बन्द गर्न’ आग्रह गर्दै एउटा प्रस्ताव पारित गरेको छ। उक्त प्रस्तावले यूक्रेनमाथि गरेको आक्रमणले चेर्नोबिल आणविक हतिया...
फ्रान्सले बिहीबार आफ्ना नागरिकहरूलाई युक्रेनमा मस्कोको आक्रमण र रुस र युरोपेली संघबीचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रसिया छोड्न कडा आग्रह गरेको छ।
युक्रेनमा रुसको सैन्य कारबाही सुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (UNHCR) ले बिहीबार जनाएको छ।