५१ जना विद्वान् सहृदयीले लेखेका संस्मरणमा उनीप्रतिको यस्तै सम्मोहन छ, उनको सामीप्यको अतृप्तिसँगै उनी रहनुका बीच नरहनुले नेपाली साहित्य र साहित्य चिन्तनमा अनुभूत भएको शून्यताको अभिव्यक्ति यी संस्मरणमा...
हाम्रा रुवाइ समाजले सुन्न नहुने भए प्रकृतिले हामीलाई ध्वनि, भाव र भाषाविहीन नै रचना गर्ने थिइन् होला। गौरीको करुणामा विश्वभाषा छ। यही भाषा र भावको अनुबद्ध लयले कृतिको दुःखान्तलाई आँसुको फूल बनाएको छ।
आज जति झुन्ड र झन्डामा विभाजित भए पनि मानिसका शोकगीत एकै छन्। जीवनगीत एउटै बनाउने कोसिसमा मानिसहरू अनेक टुक्रामा विभाजित बने। टुक्रा–टुक्राबाट जीवनको सग्लो सौन्दर्य बनाउनसके यी झुन्ड र झन्डा सार्थक हो...