बाढी आयो भने समुदायले ‘बाढी त सधैँ आउँछ’ भन्ने हुनसक्छ। तसर्थ बाढी आयो भन्ने मात्रै होइन, ‘महाविपत्तिको बाढी आउँदैछ’ भनेर बुझ्नुपर्ने अवस्था हुनसक्छ भन्ने यस घटनाले सिकाएको छ।
छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा कुरा गरेको तीन दिनपछि रसुवामा बाढीले सबै बगायो रे भन्ने सुनेँ । मेरी कान्छी बाँच्यो होला कि नहोला ?
मोबाइलको स्क्रिनमा पटक–पटक श्रीमान्को नम्बर हेर्छिन्, फोन गर्छिन्। तर, घण्टी बज्दैन। प्रत्येक असफल प्रयाससँगै उनको मनमा आशङ्का बढ्छ र आँखाबाट आँसु झर्छ।