‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’
१५ भदौ २०८३
•
५ मिनेट पाठ
‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’
धनुषाकी पूजा साह सिंहका लागि पछिल्ला दिन सामान्य छैनन्। दिनरात पूजा श्रीमान् अजय सिंहको प्रतीक्षामा मोबाइल हातमा लिएर बस्छिन्। आँखामा निद्रा छैन।




मोबाइलको स्क्रिनमा पटक–पटक श्रीमान्को नम्बर हेर्छिन्, फोन गर्छिन्। तर, घण्टी बज्दैन। फोन उठ्दैन। प्रत्येक असफल प्रयाससँगै उनको मनमा आशङ्का बढ्छ र आँखाबाट आँसु झर्छ।

उनी जसलाई भेटे पनि ‘मेरो बुढा कस्तो अवस्थामा हुनुहुन्छ ? त्यहाँ के भइरहेको छ ? केही जानकारी पाएको छैन’, रुदै भन्छिन्, ‘प्लिज, जसरी भए पनि उहाँको अवस्थाबारे जानकारी पाउँ । प्लिज मलाई उहाँसँग कुराकानी गराइदिनुस्।’

रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत धनुषाको कमला नगरपालिका–६ सखुवा मडानको अजय बाढी आउनुअघिसम्म नियमित रूपमा परिवारको सम्पर्कमा थिए।

परिवारसँग कुराकानी गर्ने, आफ्नो अवस्थाबारे जानकारी दिने र घरपरिवारको हालखबर सोध्ने उनको दैनिकी थियो। तर, रसुवामा बाढी आएपछि उनी एकाएक सम्पर्कविहीन भए। त्यसयता उनको मोबाइल लगातार बन्द छ।

श्रीमान्को अवस्थाबारे कुनै जानकारी नपाउँदा पूजाको बेचैनी दिन प्रतिदिन बढिरहेको  । बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको  खबर सुनेदेखि उनको मनमा एउटै प्रश्न घुमिरहेको छ– अजय कहाँ हुनुहुन्छ? ‘एकपटक उहाँको आवाज मात्रै सुन्न पाए पनि हुन्थ्यो’, पूजा भन्छिन्, ‘उहाँ सुरक्षित हुनुहुन्छ भन्ने खबर मात्रै पाए पनि मेरो मन शान्त हुन्थ्यो।’

अजयको सम्पर्कविहीनताको खबरपछि उहाँको घरमा सन्नाटा छाएको छ। सामान्य दिनचर्या पनि अस्तव्यस्त भएको छ। घरमा परिवारका सदस्यबीच कुराकानी भए पनि सबैको ध्यान मोबाइलमै हुन्छ।

अपरिचित नम्बरबाट फोन आउँदा केही खबर आयो कि भन्ने आशा जाग्छ। तर, धेरैपटक ती फोन अपेक्षाविपरीत हुन्छन्। त्यसपछि फेरि सुरु हुन्छ प्रतीक्षा।

पूजाको जस्तै अवस्था अहिले रसुवाको बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिका परिवारको छ। कसैका श्रीमान् सम्पर्कविहीन छन्, कसैका दाइ–भाइ त कसैका छोरा।

रोजगारीका लागि घरदेखि टाढा पुगेका आफन्त विपद्पछि सम्पर्कविहीन हुँदा परिवारका सदस्यहरू अनिश्चितताको पीडामा छन्।

रसुवामा जलविद्युत् आयोजनालगायत विभिन्न क्षेत्रमा काम गर्ने धेरै व्यक्ति बाढी र पहिरोपछि सम्पर्कविहीन भएका छन्।

आफन्तहरू उनीहरूको अवस्थाबारे जानकारी लिन प्रहरी, प्रशासन, अस्पताल तथा उद्धारमा खटिएका निकायसम्म पुगिरहेका छन्।

कतै आफ्नो मान्छेको नाम भेटिन्छ कि, कतै फोटो देखिन्छ कि वा कसैले ‘उहाँ सुरक्षित हुनुहुन्छ’ भनेर खबर गरिदिन्छ कि भन्ने आशामा उनीहरू दिनरात भौँतारिरहेका छन्।

बाढीले सडक, पुल, घर र बस्तीमा क्षति पु¥याएको छ तर त्यसको असर भौतिक संरचनामा मात्र सीमित छैन। विपद्ले धेरै परिवारको शान्ति, खुसी र नियमित जीवनसमेत खोसेको छ।

कसैले आफन्त गुमाएको पीडा भोगिरहेका छन् भने कतिपय परिवार अझै ‘सम्पर्कविहीन’ भन्ने शब्दको अनिश्चिततामा अड्किएका छन्।

पूजाको प्रतीक्षा पनि त्यही अनिश्चिततासँग जोडिएको छ। हातमा मोबाइल, आँखामा आँसु र मनमा श्रीमान्को सम्झना बोकेर उहाँ हरेक क्षण अजयको खबर पर्खिरह्नु भएको छ।

‘उहाँ जहाँ हुनुहुन्छ, सुरक्षित हुनुहोस्’, उनी भन्छन्। अजयको खोजी र उहाँको अवस्थाबारे यकिन गर्ने प्रयास जारी छ। तर धनुषामा पूजा भने अझै श्रीमान् फर्किने आशामा छन्। उनको लागि अहिले समय रोकिएजस्तै भएको छ।

उनको मनमा एउटै प्रश्न छ– ‘मेरो अजय कहाँ हुनुहुन्छ ?’ र, उनको आँखाबाट बगिरहेको आँसुको एउटै आग्रह छ– ‘प्लिज...जसरी भए पनि मेरो बुढासँग एकपटक कुरा गराइदिनुस्।’ पूजा फेसबुकको वाल हेर्दै निराश हुँदै भन्छन्, ‘अहिले सम्म मेरो श्रीमान्को बारे केही खबर प्राप्त भएन। मात्र एकपछि अर्को गरी पोष्टहरु घण्टैपिच्छे देखिको छ। बहुत कहालीलाग्दो अवस्था छ।’

भर्खरै फेसबुकमा उनले पोष्ट गरेकी छिन्, ‘मेरा श्रीमान्लगायत धेरै जनाको अवस्थाबारे अझै स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। यो अवस्था परिवारका लागि अत्यन्त पीडादायी र चिन्ताजनक बनेको छ।’

उनले सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन, विपद् व्यवस्थापनसँग सम्बन्धित सबै निकायलाई धन्यवाद दिँदै सम्पर्कविहीन अवस्थामा रहेका सबै नागरिकको खोजी र उद्धारलाई प्राथमिकतामा राखिदिनुहुन पनि उनले अनुरोध गरेकी छिन्।  

मधेसका १५१ जना अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढी तथा पहिरोपछि मधेस प्रदेशका आठ जिल्लाका १५१ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

बाढीपहिरोपछि सम्पर्कविहीन भएका १७४ जनामध्ये शनिबार बिहानसम्म २३ जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्।

मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार सम्पर्कविहीन हुनेको सङ्ख्या सबैभन्दा बढी सप्तरीमा ४७ जना रहेको छ। सप्तरीमा बाढीपहिरोपछि ४८ जना सम्पर्कविहीन भएकामा एक जना सम्पर्कमा आएका हुन्।

त्यस्तै, पर्सामा प्रारम्भिक रूपमा ३९ जना सम्पर्कविहीन भएकामा तीन जना सम्पर्कमा आएपछि ३६ जना अझै सम्पर्कविहीन छन्। बारामा २३ जना सम्पर्कविहीन भएकामा तीन जना सम्पर्कमा आएका छन् भने २० जना अझै सम्पर्कबाहिर छन्।

रौतहटमा बाढीपहिरोपछि १७ जना सम्पर्कविहीन भएकामा छ जना सम्पर्कमा आएका छन्। रौतहटमा ११ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। सर्लाहीमा १५ जना सम्पर्कविहीन भएकामा तीन जना सम्पर्कमा आएपछि १२ जना सम्पर्कविहीन छन्।

महोत्तरीमा प्रारम्भिक रूपमा १७ जना सम्पर्कविहीन भएकामा दुई जना सम्पर्कमा आएका छन्। जिल्लामा १५ जना अझै सम्पर्कविहीन रहेको प्रहरीको विवरण छ।

धनुषामा पाँच जना सम्पर्कविहीन भएकामा चार जना सम्पर्कमा आएपछि एक जना अझै सम्पर्कविहीन छन्। त्यसैगरी, सिरहामा १० जना सम्पर्कविहीन भएकामा एक जना सम्पर्कमा आएका छन् भने नौ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाढीपहिरोपछि मधेस प्रदेशका आठ जिल्लाबाट सम्पर्कविहीन भएको प्रारम्भिक विवरण १७४ जनाको थियो। शनिबार बिहानसम्म २३ जना सम्पर्कमा आएपछि अझै १५१ जनाको अवस्था अज्ञात रहेको छ।

प्रहरीले सम्पर्कविहीन व्यक्तिको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ। 

बाढीपहिरो प्रभावित क्षेत्रमा सञ्चार तथा यातायात सम्पर्क अवरुद्ध भएकाले सम्पर्कविहीनको यकिन विवरण सङ्कलनमा समेत कठिनाइ भइरहेको प्रहरीको भनाइ छ। 
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३४ सेकेन्ड अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस