अर्घाखाँचीको मालारानी गाउँपालिका–३, खनदहको आदर्श मावी केन्द्रमा राती १० बजेसम्म मतदान हुने भएको छ। मतदानका क्रममा विवाद भएर पाँच घण्टा मतदान रोकिएपछी समय थप्नेगरी पुनः सुचारु गरिएको हो।
एक प्रतिनिधीसभा तथा दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह छन्। जिल्लाभर ९७ मतदानस्थल, दुईसय २ मतदान केन्द्र रहेका छन्।