आर्थिक बर्ष सकिन लाग्दा जिल्लामा विकास निर्माणका काम धमाधम शुरु भएका छन्। बर्षात् शुरु भइसक्दा सडक ग्राबेल, पिच, पुल, खानेपानी, पाटी, पौवा निर्माणको कामले व्यापकता पाएको छ।
असार महिना सकिनै लाग्दा गुल्मीमा करिब ३० प्रतिशत क्षेत्रमा मात्र धान रोपाई भएको छ। गत वर्ष भन्दा यस वर्ष समयमै पानी नपरेकाले धान रोपाई गत वर्षको भन्दा ढिलो भएको हो।
गुल्मीमा एक महिलाको बेवारिसे शब फेला परेको छ। शुक्रबार जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ८ स्थित रुक्से बाटो नजिकै अन्दाजी ५५ वर्षीय महिलाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउन जिल्ला प्रहरी कार्यलय गुल्मीले प्रहरी टोलटोलमा अभियान सुुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीमा शुक्रबार आयोजित शान्ति, सुरक्षा, सुशासन, जनमैत्री प्रहरी, प्रशा...
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको चौडाइ गर्ने काम सुरु भएको छ। गुल्मीको रिडीबाट बागलुङको मालढुंगासम्म खोलिएको ट्रयाकलाई चौडा गर्ने काम सुरु भएको हो।