सदरमुकाम खलंगादेखि दुर्गम गाउँका बजारसम्म उपभोक्ताको दैनिक जीवनसँग जोडिएका खाद्य तथा पेय पदार्थ म्याद गुज्रिएको अवस्थामा बिक्रीका लागि राखिएको भेटिएको छ।
मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चास्थित ताल्चा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवनको खुला सेप्टिक ट्यांकीमा डुबेर ११ वर्षीय बालक गौरव भामको मृत्यु भएको छ।
जुम्लाकाे चन्दननाथ नगरपालिका–१० खल्लागाउँबाट वडा नं. ९ उमगाडतर्फ तिला नदी पार गर्ने क्रममा स्काइभेटर नदीको बीच भागमा भासिँदा त्यसमा सवार दुई जनाको सकुशल उद्धार गरिएको छ।