गाउँपालिकाले संघीय सरकारसँग सहकार्य गरी वडा नं २ भगवतीको बाहुनचौर र वडा नम्बर ६ पाखापानीमा खाद्यान्न,तरकारी र फलफूललाई लामो समयसम्म भण्डारण गर्ने गरी कोल्ड स्टोर बनाउन लागेको हो।
गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये म्याग्दीमा स्वास्थ्य कार्यालय उत्कृष्ट घोषित भएको छ। गण्डकी प्रदेश स्थापना दिनका अवसरमा हरेक जिल्लामा उत्कृष्ट कार्यालय घोषणा गरिएको हो।
कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गदैं आइतबारदेखि नियमित सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले जनाएको छ।