पछिल्लो २४ घण्टामा २ हजार ५९ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३ हजार २७९ जनाको पिसिआर गर्दा २ हजार ५९ जनामा संक्रमण देखिएको हो।
खोटाङको जन्तेढुंगा गाउँपालिकामा दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका एक महिला र एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो।
सामाजिक अभियन्ता उज्ज्वल विक्रम थापाले प्रचारमुखी आन्दोलनले समाजमा कुनै प्रभाव नपार्ने बताएका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम #2020 मा उनले समस्या पहिचान गरेर त्यसको दिर्घकालिन समाधानका लागि...