खोटाङको जन्तेढुंगा गाउँपालिकामा दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका एक महिला र एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो। माईती घर बिराटनगर पुगेर ९/१० दिनअघि घर आएकी एक महिला र काठमाडौंबाट घर आएका पुरुषलाई कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन पोखरेलले बताए।
महिला घर आएको पाँच दिनपछि बिराटनगरमा रहेका भाईलाई कोरोना पोजेटिभ भएपछि पिसिआर परीक्षणका लागि उनको असोज १५ गते स्वाब संकलन गरिएको थियो। संक्रमित महिलाका परिवारका अन्य सदस्यको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ देखिएको जनाइएको छ। संक्रमण पुष्टि भएका दुबै जनालाई होमआइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख पोखरेलले बताए। उनीहरुलाई घर आएदेखि नै होम क्वारेन्टिनमा राखिएको बताइएको छ। पुरुषको परिवारका अन्य सदस्यको भने पिसिआर परीक्षण भने गरिएको छैन। कन्ट्याक्ट ट्रेसिङका आधारमा पुरुषका परिवारको पिसिआर परीक्षण गरिने पोखरेलको भनाई छ।
संक्रमित पुरुषसँगै आएका अन्य दुई जनाको भने पहिचान भएको छैन। पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको र परीक्षणमा पठाइएको विषयमा पूर्वजानकारी नदिइएको भन्दै कतिपय स्थानीयले भने असन्तुष्टि जनाइरहेका छन्। जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या २८ पुगेको छ।